• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    واجبنا تجاه النبي (صلى الله عليه وسلم)
    د. حسام العيسوي سنيد
  •  
    مراقبة الله سبب لتزكية النفس
    الشيخ ندا أبو أحمد
  •  
    لا إسلام بغير السنة النبوية على صاحبها أفضل ...
    محمد بن عبدالله العبدلي
  •  
    خطبة: عظمة القرآن وتعظيمه
    أ. د. حسن بن محمد بن علي شبالة
  •  
    عتاب للشباب (خطبة)
    شعيب العلمي
  •  
    تحريم سب دين الله تعالى أو شيء منه
    فواز بن علي بن عباس السليماني
  •  
    الذكر... حياة القلوب ومنشور الولاية
    د. علي شومان محمد علي أبو دية
  •  
    حوار ودي..
    نورة سليمان عبدالله
  •  
    الآيات القرآنية المتعلقة بالقدمين وأبعادها
    محمد عبدالعاطي محمد عطية
  •  
    حكم الاستدلال بالقرآن الكريم بما لم يرد عن السلف ...
    د. محمد بن علي بن جميل المطري
  •  
    عبادات لا تحتاج إلى مال
    عدنان بن سلمان الدريويش
  •  
    لا تغضب... ترض الرب، وتسلم من العطب (خطبة)
    ياسر عبدالله محمد الحوري
  •  
    الرحمة بالحيوان سبب من أسباب المغفرة
    د. خالد بن محمود بن عبدالعزيز الجهني
  •  
    الامتحان الأخير.. والثبات الكبير (خطبة)
    الشيخ أحمد إبراهيم الجوني
  •  
    تفسير قوله تعالى: {ربنا إنك من تدخل النار فقد ...
    سعيد مصطفى دياب
  •  
    باب في التقى
    د. خالد النجار
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

خطبة: (تجري بهم أعمالهم) - باللغة النيبالية

خطبة: (تجري بهم أعمالهم) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 14/8/2024 ميلادي - 10/2/1446 هجري

الزيارات: 4742

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

शीर्षक:

तिनीहरूका कर्महरूले तिनीहरूलाई लिएर दौडनेछन्


प्रथम प्रवचन:

الحمد لله هدى النَّجدَين، وكلَّف الثقلين، وأشهد أن لا إله إلا الله وحده لا شريك له، أرسل رسله مبشرين ومنذرين، وأشهد أن محمدًا عبده ورسوله خاتم النبيين، والشفيع المشَفَّع يوم الدين، صلى الله عليه وعلى آله وصحبه أجمعين.


प्रशंसा र प्रार्थना पश्चात:

म तिमी र तिमीलाई अल्लाहको ताक्वा अपनाउन, आफ्नो हृदयलाई आज्ञाकारिताले भर्न, वर्जित चिजहरू त्याग्न, बारम्बार पापहरुबाट माफी माग्न र पूनः क्षमयाचना गर्न सल्लाह दिन्छु । जसले ईशभयलाई दृढतापूर्वक धारण गरेको छ त्यो सफल हुनेछ, र जसले अवज्ञा गर्दछ र आफ्नै इच्छाहरूको अनुसरण गर्दछ त्यो असफल हुनेछ ।

 

﴿ فَإِذَا جَاءَتِ الطَّامَّةُ الْكُبْرَى * يَوْمَ يَتَذَكَّرُ الْإِنْسَانُ مَا سَعَى * وَبُرِّزَتِ الْجَحِيمُ لِمَنْ يَرَى * فَأَمَّا مَنْ طَغَى * وَآثَرَ الْحَيَاةَ الدُّنْيَا * فَإِنَّ الْجَحِيمَ هِيَ الْمَأْوَى * وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَى * فَإِنَّ الْجَنَّةَ هِيَ الْمَأْوَى ﴾ [النازعات: 34 – 41]

अनुवाद: कल्पना गर जब ठूलो हाहाकार हुनेछ । त्यस दिन मानिसहरू आ–आफ्ना कर्महरूलाई स्मरण गर्नेछन् । र, प्रत्येक देख्ने व्यक्तिहरूसमक्ष नरकलाई प्रकट गरिनेछ । अनि जसले उद्दण्डता देखाएको हुनेछ र सांसारिक जीवनलाई प्राथमिकता दिएको हुनेछ वास्तवमा नरक नै (त्यसको) बासस्थान हुनेछ । र जो आफ्ना पालनकर्तासामु उपस्थित हुन डराएको हुनेछ, र आफ्नो मनलाई कुअभिलाषाबाट बचाएको हुनेछ स्वर्ग नै (उसको) बासस्थान हुनेछ ।

 

परम दयालुका सेवकहरू! अल्लाह सर्वशक्तिमानले सम्पूर्ण मानवजातिलाई सृष्टि गर्नुभयो र तिनीहरूलाई अनगिन्ती वरदान प्रदान गर्नुभयो । यो उहाँकै अनुग्रह र भलाइ हो कि उहाँले मानवजातिलाई उहाँको उपासना गर्न आदेश दिनुभयो र उनीहरूको आज्ञाकारिताको लागि ठूलो इनामको प्रतिज्ञा गर्नुभयो । यो एक कृपा हो जुन उहाँले तिनीहरूलाई सजाय बारे सचेत गराई चेतावनी दिनुभयो ताकि तिनीहरू बर्बादी र विनाशको बाटोबाट टाढा रहुन । उहाँको कृपाहरू मध्ये एक यो हो कि उहाँको दया उहाँको क्रोध भन्दा अगाडि छ । त्यसैले जसले उहाँसँग क्षमायाचना गर्दछ, उसलाई क्षमा गर्नुहुन्छ र जसले उहाँसँग मार्गदर्शन माग्छ, उहाँले उसलाई मार्गदर्शन प्रदान गर्नुहुन्छ । अल्लाहले आफ्ना पैगम्बर/ सन्देशवाहकहरूलाई शुभ-सूचना दिने र चेतावनी दिने सचेतकको रूपमा पठाउनुभयो । उनीहरुले असल र नराम्रो कुरा मानिससामु स्पष्ट पारे खबर दिए कि तिनीहरूको हिसाब किताबमा हुनेछ र तिनीहरूले आफ्नो कर्मको प्रतिफल पाउनेछन्, त्यसैले यो संसार कर्म गर्ने ठाउँ हो, यहाँ कुनै हिसाब र किताब छैन र आखिरत अर्थात परलोक हिसाब गर्ने ठाउँ हुनेछ र त्यहाँ कर्मको लागि कुनै मौका रहने छैन । अल्लाहले हदिस-ए-कुदसीमा भन्नुभयो, "मेरो भक्त! यी तिम्रा कर्महरू हुन् जुन म तिम्रा लागि गणना गरिरहन्छु । त्यसपछि म तिमीलाई यी कर्महरूको पूर्ण प्रतिफल दिनेछु। त्यसैले जसले राम्रो इनाम पाउँछ उसले अल्लाहप्रति कृतज्ञ हुनुपर्छ कि उसको कमाई खेर गएको छैन र जसले नराम्रो प्रतिफल पाउँछ उसले यसलाई आफ्नो लागि [आँफुबाटै आर्जित] नराम्रो ठान्नुपर्छ । (मुस्लिम)


अल्लाहका भक्तहरू! अल्लाहले केवल तपाईंको कर्म र कार्यहरू मात्र हेर्नुहुन्छ, जसरी हदीसमा उल्लेख गरिएको छ: "अल्लाहले तिमीहरुको रूप र धनलाई हेर्नुहुदैन, तर उहाँले तिमीहरुको हृदय र कर्म हेर्नुहुन्छ ।" (मुस्लिम)


इमान अर्थात आस्थाको फाइदा भनेको मानिसले असल कर्म गर्नु हो । पवित्र कुरआनमा दर्जनौं स्थानमा अल्लाहले आफूमाथि आस्था राख्ने र असल कामहरू गर्ने सँग-सँगै उल्लेख गरेका छन् । त्यसैगरी, पाप र अपराधहरू यस संसारमा दण्डको कारण हुन्, र मृत्युपश्चात र पुनरुत्थानको दिनमा सजायको कारण हुन् ।त्यसैले हामी हरेक प्रार्थनामा मृत्युपश्चातको दण्ड र नरकको सजायबाट अल्लाहको शरण खोज्छौं !


विश्वासी भाइहरू! यस्तो विषयको चर्चा गरौं जसबाट थाहा हुन्छ कि परलोकको जिन्दगीको विभिन्न चरण र दृश्यहरूमा हाम्रो कार्यहरूले प्रत्यक्ष भूमिका रहेको प्रस्ट हुन्छ । हामी अल्लाहसँग प्रार्थना गर्दछौं कि यो विषय वक्ता र श्रोता दुवैको लागि उपयोगी होस् । आशा छ कि हामी असल कर्महरू द्वारा हामी एकअर्काको नजिक हुन सक्छौं र पाप र अपराधहरूबाट आफूलाई टाढा राख्न सक्छौं ।


इस्लामी दाजुभाइहरु ! चिहान परलोकको पहिलो गन्तव्य हो । जब मानिसको मृत्यु हुन्छ तब उसको पछाडि उसको परिवार, धन, सम्पत्ति र कर्म हुन्छ तर सबैथोक यहि लोकमा [यस संसारमा] रहन्छ र चिहानमा केवल उसको कर्म मात्र उसको साथ हुन्छ । हदीस हेर्नुहोस्: "उसको समक्ष (चिहानमा), सुन्दर र सुगन्धित लुगा लगाएको एक अत्यन्त सुन्दर व्यक्ति आएर यसो भन्नेछ, “तपाईलाई खुशीको खबरको शुभ समाचार । यो त्यो दिन हो जसको तपाइँलाई प्रतिज्ञा गरिएको थियो । त्यस व्यक्तिले जिज्ञासा व्यक्त गर्दै भन्नेछ, ”तिमी को हौ? तिम्रो अनुहार त राम्रोको उपहार लिएर आउनेको अनुहार हो जस्तो छ त!” उसले भन्नेछ, “म तिम्रो राम्रो कर्म हुँ” । यो हदीसलाई इमाम अहमद र अबु दाउद र नसई ले वर्णन गरेका छन् र अल्बानीले यसलाई सहिह भनेका छन् । यस हदीसमा यो पनि छ: " त्यस व्यक्तिकहाँ (कब्रमा) एक कुरूप र दुर्गन्धित मानिस आउनेछ र उसले उसलाई भन्नेछ:, “तिम्रो लागि एक अप्रिय र कठोर सजायको वाचा छ । यो त्यो दिन हो जसको तिमीलाई प्रतिज्ञा गरिएको थियो । उसले भन्नेछ: तिमी को हौ? तिम्रो अनुहार त दुष्टता र प्रकोप लिएर आउनेको अनुहार हो जस्तो छ त!” उसले भन्नेछ: म तिम्रो दुष्कर्म हुँ।"

 

परम दयालुका सेवकहरू! जब पुनरुत्थानको दिन स्थापित हुन्छ, तपाईंले धेरै दृश्यहरू र अवसरहरू सामना गर्नुहुनेछ जुन (गहिरो रूपमा) तपाईंको कार्यहरूसँग जोडिएको र सम्बन्धित हुनेछ:

﴿ يَصْدُرُ النَّاسُ أَشْتَاتًا لِيُرَوْا أَعْمَالَهُمْ * فَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ * وَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَهُ ﴾ [الزلزلة: 6 – 8]

अनुवाद: मानिसहरू त्यस दिन एक्ला एक्लै आउनेछन् ताकि तिनीहरूलाई तिनीहरुका कर्म देखाइयोस् । अनि, जसले कणभर पनि सत्कर्म गरेको हुन्छ उसले त्यसलाई देख्नेछ ।


अल्लाहका दासहरू! कयामत अर्थात पुनरुत्थानको दिनका दृश्यहरू जसको हाम्रो कर्मसँग (ठूलो) सम्बन्ध हुनेछ, तीमध्ये यो पनि हो कि : सूर्य नजिक आउनेछ र मानिसहरू आ-आफ्नो कर्म अनुसार पसिनामा भिजेका हुनेछन् । हदीसमा उल्लेख गरिएको छ कि पुनरुत्थानको दिन, सूर्य प्राणीहरूको धेरै नजिक आउनेछ यति निकट कि केवल एक माईल को दूरी मात्र । सलिम बिन आमिरले भने: अल्लाहको कसम! मलाई थाहा छैन कि माइलको अर्थ दूरी हो कि यसको अर्थ त्यो सलाई जसबाट आँखामा सुर्मा लगाइन्छ । अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो: "मानिसहरू आ-आफ्ना कर्म अनुसार पसिनामा डुबेका हुनेछन्, तिनीहरूमध्ये कोही आफ्नो गोडाको गोलिगाँठो सम्म, कोही आफ्नो घुँडा सम्म हुनेछन्, कोही आफ्नो कम्मर सम्म हुनेछन्, र तिनीहरू मध्ये कोही पसिनामा पूर्ण डुबेका हुनेछन । मिक्दाद (रजी.) ले भन्नुभयो, “(यो भनिरहँदा) अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो हातले आफ्नो मुखतर्फ इशारा गर्नुभयो ।" (मुस्लिम)


अल्लाहका केही सेवकहरू यस्ता पनि हुनेछन् जो अल्लाहको छायाँमा हुनेछन्, अल्लाहले मलाई र तपाइँलाई लाई ती भाग्यशालीहरूमा समावेश गरून् ।


हाम्रा कर्महरूसँग जोडिएको न्यायको दिनको दृश्यहरूमा: महाप्रलयको मैदानमा अन्धकारको दृश्य पनि हुनेछ, जब प्रत्येक व्यक्तिलाई लाई उसको कर्म अनुसार उज्यालो दिइनेछ । अल्लाह तआला भन्नुहुन्छ:

﴿ يَوْمَ تَرَى الْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ يَسْعَى نُورُهُمْ بَيْنَ أَيْدِيهِمْ وَبِأَيْمَانِهِمْ ﴾ [الحديد: 12]

अनुवाद: महाप्रलयको दिन तिमीले मोमिन पुरुषहरू तथा मोमिन महिलाहरूलाई देख्नेछौ उनका अगाडि र उनका दायाँतर्फ प्रकाश दौडिरहेकोछ ।


इब्न मसुद (रजि) ले भन्नुभयो: मानिसहरूलाई तिनीहरूको कर्म अनुसार उज्यालो दिइनेछ, त्यसैले केही मानिसहरूको प्रकाश खजूरको रूखको जस्तै हुनेछ, र केही मानिसहरूको प्रकाश उभिएको मानिसको जस्तै हुनेछ, र तिनीहरूमध्ये सबैभन्दा थोरै प्रकाश जसले पाउनेछ, उसको ज्योति खुट्टाको बूढी औंला बराबर हुनेछ जुन कहिले कहिले निभ्ने बल्ने भई रहन्छ ।


परम दयालुका सेवकहरू! सिरात (पुल) पुनरुत्थानको दिनको) कर्मसँगको सम्बन्धित दृश्य हुनेछ, त्यसैले त्यहाँबाट गुज्रनेको गति कर्म अनुसार हुनेछ । मुस्लिम द्वारा वर्णित हदीसमा यो आएको छ कि : "इमान्दारिता र नम्र व्यवहारलाई पठाइनेछ र तिनीहरू सिरात पुलको दायाँ र बायाँ दुवैतिर उभिनेछन् । तिमीहरूमध्ये पहिलो व्यक्ति बिजुलीको गतिमा सिरातको पुल पार गर्नेछ । मैले सोधे: [मेरा मातापिताको आहूति तपाईप्रति] , बिजुली जस्तै के चीज गुज्रन्छ ? उहाँले (ﷺ) भन्नुभयो: "के तिमीले बिजुलीलाई कहिल्यै हेरेका छैनौ, यो कसरी आँखाको झिम्काइ बराबरको क्षणमा आई फर्कन्छ?" त्यसपछि त्यस पुलबाट गुज्रनेहरु हावा [वेग] को गतिमा (छिटो), त्यसपछि गुज्रनेहरु चरा उड्ने गतिमा र त्यसपछि गुज्रनेहरु मानिसको दौडने सरह तिनीहरुका कर्मले तिनलाई लिएर दौडनेछन्” ।


अल्लाहले मलाई र तपाईलाई किताब र सुन्नतबाट लाभान्वित गरून्, तिनीहरूमा मार्गदर्शन र बुद्धिका जुन अनमोल मोतिहरु छन्, तिनीहरूलाई हाम्रालागि उपयोगी बनाउन्, अल्लाहसमक्ष क्षमायाचना गर्नुहोस, निस्सन्देह उहाँ सबैभन्दा क्षमाशील हुनुहुन्छ ।

 

दोस्रो प्रवचन:

الحمد لله القائل: ﴿ فَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ * وَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَهُ ﴾ [الزلزلة: 7، 8]، وصلى الله وسلم على نبيه وعبده وعلى آله وصحبه.


प्रशंसा र प्रार्थना पछि:

हाम्रो जीवनका दिन र रातहरू बीउ छर्नका दिनहरू हुन्, कटनी गर्ने समय परलोकमा हुनेछ र त्यो दिन अत्यन्त महत्वपूर्ण दिन हुनेछ! त्यस दिन केही मानिसहरू डर र आतंकबाट सुरक्षित हुनेछन्, स्वर्गदूतहरूले उनीहरूलाई हातमा लिनेछन्, त्यस दिन केही मानिसहरू त्रासले घुँडा टेक्नेछन्, त्यो निकै दिन ठूलो हुनेछ ।


अनुवाद: र तिमीले हरेक समुदायलाई घुंडा टेकेर बसेको अवस्थामा देख्नेछौ । हरेक समुदायलाई उसको कर्मपत्रतिर बोलाइनेछ ( र भनिनेछ कि ) आज तिमीहरूलाई तिमीहरूको कर्मको बदला दिइनेछ ।


"जसको कर्मले उसलाई (राम्रो प्राप्तिमा) पछाडी पारिदिन्छ उसको वंशले उसलाई अघि बढाउन सक्दैन।"


हाम्रो कर्मसँग सम्बन्धित न्यायको दिनको दृश्यहरू मध्ये, यो दृश्य पनि हुनेछ कि नरकको दुबै छेउमा काँडाहरू हुनेछन् जसले मानिसहरूलाई तिनीहरूको खराब कर्म अनुसार तान्नेछन् । हदीसमा उल्लेखित छ, “ नर्कमा सा’दानको काँडाझैं तिखा काँडाहरु हुनेछन । के तिमीहरुले सा’दान को काँडा देखेका छौ? सहाबाले भने, “हजुर देखेका छौँ “, उहाँले भन्नुभयो, “ती काँडाहरु सा’दानको काँडाहरू जस्तै हुनेछन्, तर तिनीहरूको लम्बाई अल्लाह बाहेक अरू कसैलाई थाहा छैन, मानिसहरुको (नराम्रो) कर्म अनुसार तिनीहरूलाई तानिनेछ । केही मानिसहरू आफ्ना दुस्कर्मका कारण नष्ट हुनेछन् भने कोही घाइते भएर बच्नेछन् ।" (बुखारी र मुस्लिम द्वारा लगभग समान शब्दहरु संग वर्णित)।

 

कर्मसँग सम्बन्धित पुनरुत्थानको दिनको दृश्य: त्यहाँ हिसाब र किताबको दृश्य पनि हुनेछ । हदीसमा छ: "तिमीहरूले आफ्नो प्रभुलाई भेट्नेछौ र उहाँले तिमीहरुको कर्मको बारेमा प्रश्न गर्नुहुनेछ" । (बुखारी र मुस्लिम)


कुरानमा लेखिएको छ:

﴿ وَلَتُسْأَلُنَّ عَمَّا كُنْتُمْ تَعْمَلُونَ ﴾ [النحل: 93]

अनुवाद: र, जेजति काम तिमीहरू गरिरहेका छौ त्यसबारे निश्चय नै तिमीहरूलाई सोधपुछ गरिनेछ ।


परम दयालुका सेवकहरू! मृत्युपश्चात र परलोकमा हाम्रा कर्महरू हामीसँग हुनेछन्, जब सूर्य नजिक आउँछ, तब मानिसहरू कर्म अनुसारनै पसिनाले भिजेका हुन्छन् । (पुल) सिरात पार गर्ने गति पनि कर्म अनुसार हुनेछ । काँडाहरू ( पुल वरिपरि काँडाहरूले पनि मानिसहरूलाई तिनीहरूको कर्म अनुसारनै तान्नेछन् । र अल्लाहले आफ्ना सेवकहरूलाई तिनीहरूका कर्महरूको बारेमा सोध्नेछन् ।


यो अल्लाहको कृपाको कारण हो कि एक व्यक्ति स्वर्गमा प्रवेश गर्न सक्षम हुनेछ, जसरी सहिह हदीसमा उल्लेख गरिएको छ। तर (यो याद राख्नुपर्छ कि) सत्कर्म अल्लाहको कृपा प्राप्त गर्ने माध्यम र स्वर्गमा उचाईको माध्यम हो ।


अन्तमा: कर्ममा हृदयको क्रिया, जिब्रोको क्रिया (वाच) र कर्म (अंगको) समावेश हुन्छ भन्ने कुरा तपाईको ज्ञानबाट लुकेको छैन ।


हामी अल्लाहसँग प्रार्थना गर्छौं कि हामीलाई राम्रो कामहरू प्रदान गर्नुहोस् र हामीलाई खराब कामहरूबाट बचाउनुहोस् ।


नबी मुहम्मद माथी दरूद पढ्दै गर्नुहोस


(सल्लल्लाहु अलैहि वसल्लम)

 

अनुवादक:

मोहम्मद युसुफ

 

https://www.alukah.net/sharia/0/142990/

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • خطبة: (تجري بهم أعمالهم)
  • خطبة: (تجري بهم أعمالهم) (باللغة الهندية)
  • خطبة: (تجري بهم أعمالهم) باللغة الإندونيسية
  • خطبة: احتساب الثواب والتقرب لله عز وجل (باللغة الإندونيسية)

مختارات من الشبكة

  • ونكتب ما قدموا وآثارهم (خطبة) - باللغة البنغالية(مقالة - آفاق الشريعة)
  • قسوة القلب (خطبة) (باللغة البنغالية)(مقالة - آفاق الشريعة)
  • فكأنما وتر أهله وماله (خطبة) - باللغة البنغالية(مقالة - آفاق الشريعة)
  • عظمة وكرم (خطبة) - باللغة البنغالية(مقالة - آفاق الشريعة)
  • ونكتب ما قدموا وآثارهم (خطبة) - باللغة الإندونيسية(مقالة - آفاق الشريعة)
  • خطبة: لتسألن عن هذا النعيم يوم القيامة (نعم المآكل) - باللغة الإندونيسية(مقالة - آفاق الشريعة)
  • قسوة القلب (خطبة) (باللغة الإندونيسية)(مقالة - آفاق الشريعة)
  • فكأنما وتر أهله وماله (خطبة) - باللغة الإندونيسية(مقالة - آفاق الشريعة)
  • عظمة وكرم (خطبة) - باللغة الإندونيسية(مقالة - آفاق الشريعة)
  • خطبة: تأملات في بشرى ثلاث تمرات - (باللغة البنغالية)(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • ندوة نسائية في كاكانج تناقش بناء الأسرة على هدي القرآن والسنة
  • معلمو التربية الإسلامية في بانيا لوكا يبحثون توظيف الذكاء الاصطناعي في التعليم
  • برنامجان للتعليم الإسلامي والقرآن الكريم بعاصمة موزمبيق
  • أطفال قرية ميدوفيتس يختمون القرآن الكريم للمرة الأولى
  • ندوة أكاديمية عن أساسيات الدعم الديني والنفسي في عمل الأئمة
  • مسابقة أدبية بعنوان "الرسول يلهمنا" في مدينة زينيتسا
  • قرية روبينيتشي تتزين بمسجدها المرمم بعد 3 سنوات من البناء
  • صلاة الاستسقاء تجمع مساجد بريطانيا لمواجهة الجفاف

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1448هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 14/3/1448هـ - الساعة: 13:23
أضف محرك بحث الألوكة إلى متصفح الويب