• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | الثقافة الإعلامية   التاريخ والتراجم   فكر   إدارة واقتصاد   طب وعلوم ومعلوماتية   عالم الكتب   ثقافة عامة وأرشيف   تقارير وحوارات   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    السيرة الذاتية (د. عبداللطيف بن محمد الخطيب)
    أ.د. عبداللطيف بن محمد الخطيب
  •  
    جميع أخطاء الموارد البشرية وأثرها على المؤسسة
    بدر شاشا
  •  
    هداية الراغب لشرح عمدة الطالب لابن قائد النجدي ...
    محمود ثروت أبو الفضل
  •  
    فخاخ التفاوض.. 9 أخطاء قانونية تهدد مستقبل ...
    د. عبدالعزيز بن سعد الدغيثر
  •  
    سيرة بطل الإسلام: طلحة بن عبيد الله رضي الله عنه
    د. أمير بن محمد المدري
  •  
    من مائدة الصحابة: جويرية بنت الحارث رضي الله عنها
    عبدالرحمن عبدالله الشريف
  •  
    الاستنساخ: مفهومه وطريقته وأنواعه وأحكامه (PDF)
    عبدالعزيز بن عبدالله المفلح
  •  
    الفكر والعلم
    أ. د. علي بن إبراهيم النملة
  •  
    علم لغة الجسد (Body Language)
    بدر شاشا
  •  
    الخلاصة في سيرة عمر بن عبدالعزيز
    د. محمد بن علي بن جميل المطري
  •  
    الفكر والتجديد: وقفات في النظرة إلى الفكر ...
    أ. د. علي بن إبراهيم النملة
  •  
    سلسلة تعرف على نوادر الرسائل والكتب (1) حكم الشرع ...
    ياسين نزال
  •  
    غابات الناظور والقنيطرة بالرباط والمحميات ...
    بدر شاشا
  •  
    الفكر والحجر: وقفات في النظرة إلى الفكر والمفكرين
    أ. د. علي بن إبراهيم النملة
  •  
    جبال الأطلس والريف… مخزون طبيعي تحت رحمة المناخ
    بدر شاشا
  •  
    من مشكاة النبوة في المال والاقتصاد (4)
    أ. د. باسم عامر
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

خطبة: تأملات في بشرى ثلاث تمرات - (باللغة النيبالية)

خطبة: تأملات في بشرى ثلاث تمرات - (باللغة النيبالية)
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 8/2/2026 ميلادي - 20/8/1447 هجري

الزيارات: 1204

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

خطبة: تأملات في بشرى ثلاث تمرات - (باللغة النيبالية)

तीनवटा खजुरको कारणले प्राप्त भएको शुभ समाचारमा चिन्तन मनन

 

प्रथम प्रवचन:

 

إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له. وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمداً عبده ورسوله. ﴿ يَا أَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ حَقَّ تُقَاتِهِ وَلا تَمُوتُنَّ إِلَّا وَأَنْتُمْ مُسْلِمُونَ ﴾ [آل عمران: 102]. ﴿ يَا أَيُّهَا النَّاسُ اتَّقُوا رَبَّكُمُ الَّذِي خَلَقَكُمْ مِنْ نَفْسٍ وَاحِدَةٍ وَخَلَقَ مِنْهَا زَوْجَهَا وَبَثَّ مِنْهُمَا رِجَالاً كَثِيراً وَنِسَاءً وَاتَّقُوا اللَّهَ الَّذِي تَسَاءَلُونَ بِهِ وَالْأَرْحَامَ إِنَّ اللَّهَ كَانَ عَلَيْكُمْ رَقِيباً ﴾ [النساء: 1]. ﴿ يَا أَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ وَقُولُوا قَوْلًا سَدِيدًا * يُصْلِحْ لَكُمْ أَعْمَالَكُمْ وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ وَمَنْ يُطِعِ اللَّهَ وَرَسُولَهُ فَقَدْ فَازَ فَوْزًا عَظِيمًا ﴾ [الأحزاب: 70، 71]

 

प्रशंसा र प्रार्थना पछि!

सबै भन्दा राम्रो कुरा अल्लाह को किताब हो, र सबै भन्दा राम्रो मार्गदर्शन मुहम्मद को मार्गदर्शन हो, र सबै भन्दा खराब कुरा (कानून) इस्लाम मा नवीनता हो र हरेक नवीनता पथ भ्रष्टता हो।

 

हे परम दयालु अल्लाहका भक्तहरू! स्वर्गको प्राप्ति र नरकबाट मुक्ति सबै भन्दा महान् लक्ष्य र आशीर्वाद हो:

﴿ فَمَن زُحْزِحَ عَنِ النَّارِ وَأُدْخِلَ الْجَنَّةَ فَقَدْ فَازَ ﴾ [آل عمران: 185]

अनुवाद: अनि जसलाई नरकबाट बचाइयो र स्वर्गमा प्रवेश गराइयो त्यो निश्चिय नै सफल भयो।

 

तपाईको अगाडि एउटा घटना उल्लेख गरिन्छ जसलाई उम्मुल-मुअमिनीन हजरत आयशा रदिअल्लाहु अनहाले वर्णन गर्नुभएको छ: यस घटनामा तीनवटा खजुरको कारणले महिलाको लागि स्वर्ग अनिवार्य हुन्छ। तपाईको अगाडि त्यो हदीस उल्लेख गरिन्छ:

इमाम मुस्लिमले आफ्नो सहिहमा हजरत आइशाबाट वर्णन गरेका छन् कि उनले भनिन्: एक गरिब महिला आफ्ना दुई छोरी लिएर मकहाँ आइन्, मैले तिनलाई तीनवटा खजूर दिएँ (मेरो घर मा खानेकुरा को रूपमा केवल यतिनै थियो।) तिनले दुई छोरीहरूलाई एउटा एउटा खजूर दिइन्।वबाँकी बचेको एउटा खजूर खानको लागी आफ्नो मुखमा हाल्न लागिन्। त्यसै बेला उनका दुई छोरीले त्यो पनि खान मागिन्, उनले खान चाहेको खजूरलाई पनि दुई भागमा बाँडेर दुई छोरीलाई दिइन् । मलाई उनको काम अत्यन्तै मन पर्यो। मैले अल्लाहका संदेशवाहक(स)लाई भने, र उहाँले भन्नुभयो: "अल्लाहले यस (कर्म) को कारणले उसको लागि स्वर्ग पक्का गर्नुभएको छ वा (भन्नु भयो:) उहाँले यस कारणले उसलाई आगोबाट मुक्त गर्नुभएको छ।"

 

अल्लाहु अकबर! कति छोटो हदीस! र कति पाठ र सुझावका कुराहरु छन् यसमा!

 

आउनुहोस् पाठ र सुझावका यी केही बुँदाहरूमा विचार गरौं:

सबैभन्दा पहिले, यो घटनाले अल्लाहको दया र उदारताको महानतालाई प्रकट गर्दछ, यसरी कि अल्लाहले एउटी महिलालाई तीनवटा खजूरको कारणले स्वर्ग अनिवार्य बनाउनुभयो र उनलाई नर्कबाट बच्ने अनुमति दिनुभयो।निस्सन्देह, उहाँ पवित्र, उदार,गुणग्राही, दयालु र कृपालु हुनुहुन्छ।

 

यस घटनाको एउटा उज्यालो पक्ष यो हो कि यसमा गरिबहरूका लागि सान्त्वना छ। पृथ्वीको सर्वोत्तम व्यक्तिको घर जसमा एउटा समय यस्तो पनि हुने गर्थ्यो कि जब घरमा सबै प्रकारका खानपानका सामग्री पूर्ण रूपमा खाली हुन्थ्यो वा लगभग खाली हुन्थ्यो। अल्लाह नै मद्दत गर्नेवाला हुनुहुन्छ! तपाईलाई के लाग्छ? के आज हाम्रो समाजमा आफूलाई गरीब र निमुखा ठान्ने यस्ता व्यक्तिहरू छैनन् जोसँग आवश्यकता भन्दा बढी खानपानका सामग्री हुन्छन्? अँझ कहिले काही त धेरै भएर फ्याँकछन पनि? अल्लाहले हामीलाई क्षमा गरून् र हामीलाई उहाँको कृतज्ञता प्रकट गर्ने अवसर प्रदान गरून्।

 

यसमा एउटा महत्त्वपूर्ण कुरा यो छ कि यस घटनामा हजरत आइशाको उदारता र भिखारी र उसका दुई बच्चाहरूका लागि उनको निस्वार्थ बलिदान प्रतिबिम्बित हुन्छ। र निस्वार्थता र बलिदान उदारता को उच्चतम स्तर हो। अल्लाह तआलाले अन्सारका साथीहरूको प्रशंसा गर्दै भन्नुहुन्छ:

﴿ وَيُؤْثِرُونَ عَلَى أَنفُسِهِمْ وَلَوْ كَانَ بِهِمْ خَصَاصَةٌ وَمَن يُوقَ شُحَّ نَفْسِهِ فَأُوْلَئِكَ هُمُ الْمُفْلِحُونَ ﴾ [الحشر9]

आफु अभाव ग्रस्त भएतापनि, स्वयंमाथि उनीहरूलाई प्राथमिकता दिन्छन् । वास्तविकता के छ भने जुन व्यक्तिहरू आफ्नो हृदयको कृपणताबाट मुक्त गरिएका छन् उनीहरू नै सफल छन्।

 

एउटा महत्त्वपूर्ण कुरा यो पनि हो कि यस घटनाले ती महिलाको निष्पक्षता र न्याय र उनको निस्वार्थता र त्यागलाई दर्शाउँछ। त्यो यसरी कि उनले प्रत्येक छोरीलाई एउटा एउटा खजुर दिए र आफ्नो लागि एउटा खजुर राखिन्। यद्यपि यो थाहा भएकै कुरा हो कि वयस्कहरूलाई धेरै खाना चाहिन्छ। तर यो हदीसमा छ कि ती महिलाले आफू र आफ्नी छोरीहरुलको बीचमा खजुरहरुलाई समान रूपमा बाँडिन।

 

त्यसपछि जब दुई छोरीहरूले उनको हिस्सा पनि मागिन। उनले आफ्नो खजूरलाई पनि दुई टुक्रामा विभाजित गरिन् र तिनीहरूको बीचमा बाँडिन।

 

यस कथाको पाठको पक्ष यो हो कि आमामा अधिक दया र कृपा हुन्छ। अल्लाहले उनी संग राम्रो व्यवहार गर्नुलाई अनिवार्य बनाएर उनको महानतालाई झनै महान बनाउनुभएको छ: " (राम्रो व्यहवार को प्रथम हकदार) तपाइँकी आमा, त्यसपछि तपाइँकी आमा, त्यसपछि तपाइँकी आमा त्यसपछि तपाइँको बुबा।"

 

﴿ وَإِن جَاهَدَاكَ عَلى أَن تُشْرِكَ بِي مَا لَيْسَ لَكَ بِهِ عِلْمٌ فَلَا تُطِعْهُمَا وَصَاحِبْهُمَا فِي الدُّنْيَا مَعْرُوفاً ﴾ [لقمان: 15]

यदि तिनीहरू तिमीमाथि दबाब दिन्छन् कि त्यसलाई मेरो साझेदार ठहर्याऊ जुन उपास्य भएको तिमीलाई ज्ञान छैन भने तिनीहरूको आज्ञापालन नगर । संसारमा दुवैसँग राम्रो व्यवहार गर।

 

हे अल्लाहको भक्तहरू! आमाबाबुको लागि कुरानका दुई वटा प्रार्थनाहरू गरी राख्ने गर्नुहोस्:

﴿ رَبِّ اغْفِرْ لِي وَلِوَالِدَيَّ ﴾ [نوح: 28]

अनुवाद: हे मेरा पालनकर्ता! मलाई र मेरा आमाबाबुलाई क्षमा गर्नुहोस्।

 

﴿ رَّبِّ ارْحَمْهُمَا كَمَا رَبَّيَانِي صَغِيراً ﴾ [الإسراء: 24].

अनुवाद: हे मेरा पालनकर्ता! उनीहरूमाथि दया गर्नुहोस् जसरी उनीहरूले मलाई बाल्यकालमा हुर्काए।

 

यसमा पाठको एउटा पक्ष यो पनि हो कि मुस्लिमले कुनै पनि असल कामलाई तुच्छ ठान्नु हुँदैन, यो कुरानमा उल्लेख गरिएको छ:

﴿ فَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْراً يَرَهُ ﴾ [الزلزلة:7 ]

अनुवाद: अनि, जसले कणभर पनि सत्कर्म गरेको हुन्छ उसले त्यसलाई देख्नेछ ।

 

कहिलेकाहीँ तपाईंको साधारण कर्मले संसार र परलोकको सुख प्राप्त हुन्छ। के कुकुरलाई पानी खुवाउँदा व्यभिचारी महिलालाई क्षमा प्राप्त भएको थिएन ? त्यसैगरी मान्छे हिँड्ने बाटोबाट काँडा हटाउँदा क्षमा प्राप्त भएको थिएन?

 

त्यसकारण हदीसमा भनिएको छ: "पुण्यको कुनै पनि कुरालाई तुच्छ नठान्नुहोस्। चाहे तपाईं आफ्नो (मुस्लिम) दाजुभाइ सँग हँसिलो मुहारका साथ भेटघाट गर्नुहोस।" यो हदीस इमाम मुस्लिम द्वारा वर्णन गरिएको छ।

 

एउटा फाइदा यो पनि हो कि दान र परोपकारको मार्गमा हजरत आइशाको ठूलो चाहनाको जानकारी हुन्छ।

 

यदि तपाईंले कुरानका आयतहरू र पैगम्बरका हदीसहरुमा विचार गर्नुभयो भने, तपाईंले देख्नुहुनेछ कि इस्लामले यस उपासनालाई कति प्रोत्साहित गरेको छ?

 

एउटा महत्त्वपूर्ण कुरा यो पनि हो कि हृदयको शुद्धताको प्रभाव दिर्घकालिन हुन्छ। इब्ने मुबारक भन्छन्, "कहिलेकाँही नियतले सानो कार्यलाई ठूलो र ठूलो कार्यलाई सानो बनाउँछ"।

 

यसको एउटा फाइदा यो पनि हो कि यसले ज्ञानको प्रचारको सद्गुण दर्शाउँछ। त्यो यसरी की चौध सय वर्षभन्दा बढी समयपछि हामी यो हदीस पढिरहेका छौं।

 

अल्लाह को चाहना भयो भने, जसले यो हदीस वर्णन गरेको हो उसले यसको पुण्य प्राप्त गरी राख्ने छ। चिहानमा गाडिए पनि उसको इनाम बढ्दै गइरहेको होला।

 

एउटा महत्त्वपूर्ण कुरा यो पनि हो कि सुख र मनको शान्ति धन र आरामसँग सम्बन्धित छैन।

 

अल्लाहले मलाई र तपाईलाई कुरान र हदीस र तिनीहरूमा भएका मार्गदर्शन र बुद्धिबाट लाभ प्रदान गरुन।पश्चात्ताप गर्नुहोस् र अल्लाहसँग माफी माग्नुहोस्। निस्सन्देह उहाँ धेरै क्षमाशील हुनुहुन्छ।

 

दोस्रो प्रवचन:

الحمد لله الحميد الشكور، الحليم الصبور، وصلى الله وسلم على الشفيع يوم النشور.

प्रसंशा र प्रार्थना पछि;

हे परम दयालु अल्लाहका भक्तहरू! अघिल्लो छोटो कथाको पाठको एउटा पक्ष यो पनि हो कि अल्लाहद्वारा निर्देशित कार्यहरूमा नै भलाइ लुकेको हुन्छ, यद्यपि यो तपाईलाई नदेखिन सक्छ।

 

विचार गर्नुहोस् यस महिलाको आवश्यकता र गरिबी कसरी यस घटनाको उपलब्धि र स्वर्गमा उसको प्रवेशको कारण बन्यो । कुरान मा उल्लेख छ:

﴿ فَعَسَى أَن تَكْرَهُواْ شَيْئاً وَيَجْعَلَ اللّهُ فِيهِ خَيْراً كَثِيراً ﴾ [النساء: 19]

हुन सक्छ अल्लाहले तिमीहरूलाई मन नपरेको चिजमा प्रशस्त भलाइ सृजना गरिदिऊन् ।

 

यसको एउटा महत्त्वपूर्ण पक्ष यो हो कि यसले सानोको लागि दया र उसको भोकको मूल्याङ्कन गर्नुको महत्त्व दर्शाउँछ र साथै बाल्यकालको निर्दोषतालाई बुझाउँदछ।

 

यस कथाको लाभदायक पक्ष यो पनि हो कि कहिलेकाहीँ यस्ता राम्रो कर्म गरेर स्वर्ग प्राप्त हुन्छ। जसको लागि कुनै तर्क पेश गरिएको हुँदैन। जस्तै यी महिलालाई यो कर्म गरेपछि यो अनुग्रह प्राप्त भयो।

 

हजरत आयशा (र) ले भन्नु हुन्छ: "मलाई उनको यो कार्य मन पर्यो। मैले अल्लाहको संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) लाई भनें, र उहाँले भन्नुभयो: "अल्लाहले यस (कर्म) को कारणले उहाँको लागि स्वर्ग तयार गरेको छ। वा उहाँले भन्नुभयो: यस कारणले उसलाई आगोबाट मुक्त गरिएको छ।

 

यसको एउटा फाइदा यो हो कि दान सानै भए पनि त्यसको ठूलो महत्व छ।हदीसमा उल्लेख छ: "माग्नेलाई केहि दिएर फिर्ता गर्नुहोस, चाहे त्यो जलेको खुर नै किन नहोस ।" यो हदीसलाई अल्लामा अल्बानी द्वारा सहिह घोषित घोषित गरिएको छ।

 

यस हदीसलाई सहिहैनमा वर्णन गरिएको छ: "नर्कको आगोबाट बच्नुहोस् चाहे त्यो खजूरको टुक्रा दिएर नै होस् (अवश्य दान दिएर नरकबाट बच्ने प्रयास गरी राख्नु होस्)।

 

इमाम बुखारी र इमाम मुस्लिमले हजरत आइशाबाट वर्णन गरेका छन कि आइशा(र)ले भन्नु भयो कि: एउटी महिला जो सित दुई छोरीहरू थिइन् मकहाँ माग्न आइन्। म कहाँ उनले एउटा खजुर बाहेक केही पाइनन्। मैले उनलाई त्यो खजुर दिएँ र उनले त्यो आफ्ना दुई छोरीहरूलाई बाँडिन्। त्यस पछि उनी उठेर गइन्। त्यस पश्चात, पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) आउनुभयो र मैले उहाँलाई यो कुरा बयान गरें, र उहाँले भन्नुभयो, "जसले यस्ती छोरीहरूलाई हुर्काउँछ र उनीहरूसँग राम्रो व्यवहार गर्छ, ती छोरीहरु उसको लागि नरकबाट बचाउने पर्दा बन्नेछिन्। ।"

 

हदीसमा छोरीहरूको अधिकारलाई जोड दिएर वर्णन गरिएको छ किनभने तिनीहरूका कमजोर पक्षहरू बढी हुनछन्। र हदीसमा उनीहरूको प्रशिक्षणलाई प्रोत्साहित गरिएको छ। जहाँसम्म हदीसमा उल्लेखित " इबतिला "(परीक्षा)को व्याख्याको सवाल छ। विद्वानहरूले यसको कारण उनीहरूका आवश्यकताहरू पूरा गर्न गाह्रो हुने बताएका छन्।

 

जबकि केही विद्वानहरूले भनेका छन् कि सम्भव छ यहाँ इबतिला भनेको परीक्षा हुन सक्छ। अर्थात् जोकोहि छोरीहरूलाई हुर्काउनमा कुनै किसिमको परीक्षाको सामना गर्छ भने वा त उसले उनीहरूसँग राम्रो व्यवहार गर्नेछ वा नराम्रो व्यवहार गर्ने सम्भावना छ।

 

म अस्वीकार गरिएको शैतानबाट अल्लाहको शरण चाहन्छु:

﴿ فَاتَّقُوا اللَّهَ مَا اسْتَطَعْتُمْ وَاسْمَعُوا وَأَطِيعُوا وَأَنفِقُوا خَيْراً لِّأَنفُسِكُمْ وَمَن يُوقَ شُحَّ نَفْسِهِ فَأُوْلَئِكَ هُمُ الْمُفْلِحُونَ ﴾ [التغابن: 16]

अनुवाद: अतः यथासम्भव अल्लाहको भयराख, र सुन्दै तथा मान्दै जाऊ । अनि आफ्नै लागि धन–सम्पत्ति खर्च गर्ने गर । र, जो आफ्नो मनको कृपणताबाट जोगाइए उनीहरू नै सफल हुनेहरू हुन् ।

 

صلى الله عليه وسلم

लेखक:

प्रख्यात शेख हुसाम बिन अब्दुल अजीज अल-जिब्रीन

अनुवादक:

मुहम्मद सुलैमान बिन रमजान अली

 

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • خطبة: صلاة بأعظم إمامين (باللغة النيبالية)
  • خطبة: غزوة تبوك (باللغة النيبالية)
  • خطبة: فاعبد الله مخلصا له الدين (باللغة النيبالية)
  • خطبة: لا تغتابوا المسلمين (باللغة النيبالية)
  • خطبة: احتساب الثواب والتقرب لله عز وجل (باللغة النيبالية)
  • خطبة: استشعار التعبد وحضور القلب (باللغة النيبالية)

مختارات من الشبكة

  • ونكتب ما قدموا وآثارهم (خطبة) - باللغة البنغالية(مقالة - آفاق الشريعة)
  • قسوة القلب (خطبة) (باللغة البنغالية)(مقالة - آفاق الشريعة)
  • فكأنما وتر أهله وماله (خطبة) - باللغة البنغالية(مقالة - آفاق الشريعة)
  • عظمة وكرم (خطبة) - باللغة البنغالية(مقالة - آفاق الشريعة)
  • ونكتب ما قدموا وآثارهم (خطبة) - باللغة الإندونيسية(مقالة - آفاق الشريعة)
  • خطبة: لتسألن عن هذا النعيم يوم القيامة (نعم المآكل) - باللغة الإندونيسية(مقالة - آفاق الشريعة)
  • قسوة القلب (خطبة) (باللغة الإندونيسية)(مقالة - آفاق الشريعة)
  • فكأنما وتر أهله وماله (خطبة) - باللغة الإندونيسية(مقالة - آفاق الشريعة)
  • عظمة وكرم (خطبة) - باللغة الإندونيسية(مقالة - آفاق الشريعة)
  • الله البصير (خطبة) - باللغة البنغالية(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • مسجد جديد متكامل الخدمات بعد عام من أعمال البناء في نوفوشيشمينسكي
  • "الذكاء الاصطناعي في يد المسلم" عنوان فعالية علمية في تتارستان
  • مسجد في بلاكبيرن يطلق ثلاجة غذائية لدعم الأسر المحتاجة
  • مسجد جديد في قراتشاي – تشيركيسيا
  • إحياء الذكرى الـ450 لتأسيس مسجد شوجدين في روغاتيكا
  • دراسة علمية حول تناول الإسلام والمسلمين في الدوريات العلمية الكرواتية
  • دورة متقدمة في الذكاء الاصطناعي والمواطنة الرقمية للطلاب المسلمين في البوسنة
  • بدء تشييد مسجد جديد بمدينة ياكورودا جنوب غرب بلغاريا

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 14/12/1447هـ - الساعة: 12:49
أضف محرك بحث الألوكة إلى متصفح الويب