• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    {وأما بنعمة ربك فحدث} خطبة
    د. محمد حرز
  •  
    من وسائل الثبات على دين الله عز وجل (10) الزهد في ...
    محمد بن عبدالله العبدلي
  •  
    من فضائل حسن الخلق (1)
    الشيخ ندا أبو أحمد
  •  
    لطائف من مجموع فتاوى شيخ الإسلام ابن تيمية (توحيد ...
    سائد بن جمال دياربكرلي
  •  
    تحريم تحريف القرآن والزيادة فيه والنقص منه
    فواز بن علي بن عباس السليماني
  •  
    أهلية القرآن ومقوماتها
    د. أحمد الدمرداش
  •  
    ومضات نبوية: "إن لصاحب الحق مقالا"
    علي بن حسين بن أحمد فقيهي
  •  
    الورع وترك الشبهات
    د. خالد بن محمود بن عبدالعزيز الجهني
  •  
    الكساء الرباني (خطبة)
    د. محمد بن عبدالله بن إبراهيم السحيم
  •  
    جنة الخلد (10) جنتان من ذهب وجنتان من فضة
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    ‫القلب قبل السبب‬‬‬‬
    عبدالله بن إبراهيم الحضريتي
  •  
    الرد على شبهة حول آية {وما من دابة في الأرض ولا ...
    د. جاسر يزن سيف الدين
  •  
    تفسير قوله تعالى: {وإن خفتم ألا تقسطوا في اليتامى ...
    سعيد مصطفى دياب
  •  
    العتاب واللوم (خطبة)
    د. محمد بن عبدالعزيز بن إبراهيم بلوش ...
  •  
    مواقيت الحج وأنواع النسك
    الشيخ محمد بن عبدالله السبيل
  •  
    الحديث الأربعون: فضيلة حسن الخلق
    الدكتور أبو الحسن علي بن محمد المطري
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

خطبة: فاعبد الله مخلصا له الدين (باللغة النيبالية)

خطبة: فاعبد الله مخلصا له الدين (باللغة النيبالية)
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 22/6/2025 ميلادي - 25/12/1446 هجري

الزيارات: 2056

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

धर्मलाई अल्लाहकैलागि विशिष्ट गरी उनको उपासना गर्नुहोस ।

 

प्रशंसा र प्रार्थना पछि:

हे आस्थावान दाजुभाइहरू, म तपाईंहरूलाई र आफूलाई ईशभयको आज्ञा दिन्छु, किनकि अल्लाहले आफ्ना मानिसहरूलाई व्यर्थमा बनाउनु भएको छैन, र तिनीहरूलाई एक्लै छोड्नु भएको छैन, तर तिनीहरूलाई एउटा महान् उद्देश्यको लागि सृष्टि गर्नु भएको छ। जब आकाश, धर्ती र पहाडहरूको सामु यो उद्धेश्य प्रस्तुत गरियो, सबैले यसलाई लिन अस्वीकार गरे र डराए।

﴿ يَا أَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ وَقُولُوا قَوْلًا سَدِيدًا * يُصْلِحْ لَكُمْ أَعْمَالَكُمْ وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ وَمَنْ يُطِعِ اللَّهَ وَرَسُولَهُ فَقَدْ فَازَ فَوْزًا عَظِيمًا * إِنَّا عَرَضْنَا الْأَمَانَةَ عَلَى السَّمَاوَاتِ وَالْأَرْضِ وَالْجِبَالِ فَأَبَيْنَ أَنْ يَحْمِلْنَهَا وَأَشْفَقْنَ مِنْهَا وَحَمَلَهَا الْإِنْسَانُ إِنَّهُ كَانَ ظَلُومًا جَهُولًا ﴾ [الأحزاب: 70 – 72].


हे आस्थावानहरु हो ! अल्लाहको भय राख र ठीक कुरा गर्ने गर। अल्लाहले तिमीहरूका कर्महरू सुधार्नेछन् र तिमीहरूका पापहरूलाई क्षमा गर्नेछन् । र, जसले अल्लाह एवं उनका रसूलको आज्ञापालन गर्यो उसले ठूलो सफलता प्राप्त गर्यो। हामीले यस अमानत (नासो) लाई आकाशहरू, पृथ्वी र पर्वतहरूसमक्ष प्रस्तुत गर्यौं तर तिनीहरू यस अमानत(नासो)लाई बोक्न तयार भएनन् र त्यसबाट त्रसित भए । तर, मनुष्यले त्यस (नासो) लाई उठायो । वास्तवमा ऊ अन्यायी र अज्ञानी छ।

 

आज हामी सबैभन्दा ठूलो उपासना अर्थात् हृदयको उपासनाको बारेमा कुरा गर्नेछौं, जसलाई दिल लगाएर र शक्तिका साथ गर्नाले पुण्य बढ्दछ, समस्याहरू हट्दछन्, र यसै कारणले मुहम्मद मुस्तफा (स) को सिफारशबाट लाभान्वित हुनेछ। यो उपासना अन्य सबै उपासनाहरूसँग जोडिएको छ, यसबाट भक्तले भक्तिको मिठास महसुस गर्दछ। यसको अर्थ अल्लाहको लागि उपासनालाई शुद्ध गर्नु हो।

 

सर्वशक्तिमान अल्लाहको आदेश छ:

قال الحق سبحانه: ﴿ فَاعْبُدِ اللَّهَ مُخْلِصًا لَهُ الدِّينَ ﴾ [الزمر: 2]

अतः धर्मलाई अल्लाहकैलागि विशिष्ट गरी उनको उपासना गर।

 

यस बाहेक थप अल्लाह सर्वशक्तिमानको आदेश छ कि:

وقال عز وجل: ﴿ أَلَا لِلَّهِ الدِّينُ الْخَالِصُ ﴾ [الزمر: 3].

जानिराख धर्म विशिष्ट अल्लाह कै लागि हो।

 

अल्लाहले यो पनि आदेश दिनु हुन्छ:

وقال: ﴿ وَمَا أُمِرُوا إِلَّا لِيَعْبُدُوا اللَّهَ مُخْلِصِينَ لَهُ الدِّينَ حُنَفَاءَ ﴾ [البينة: 5].

आदेश त तिनीहरूलाई यही थियो कि आफ्नो धर्मलाई अल्लाहकोलागि शुद्ध पारेर उनको उपासना गरून्।

 

शैखैनले एउटा हदीस वर्णन गरेका छन्: "सबै कार्यहरू इच्छामा निर्भर हुन्छन् र प्रत्येक कार्यको परिणाम प्रत्येक व्यक्तिलाई उसको इच्छानुसार दिइनेछ।" इमाम बुखारीले आफ्नो सहिहलाई यही हदीसबाट सुरु गरेका छन्। अल्लाहका दूत (उहाँमाथि अल्लाहको आशीर्वाद र शान्ति रहोस्) थप भन्नुहुन्छ: "मेरो सिफारिश मार्फत निर्णयको दिनमा सबैभन्दा धेरै आशीर्वाद पाउने व्यक्ति त्यो हुनेछ जसले शुद्ध हृदयले "अल्लाह बाहेक कोही ईश्वर छैन" भन्दछ, । " यो बुखारी द्वारा वर्णन गरिएको छ।

 

इच्छा र ईश्वरको खुशीको चाहनाको बारेमा धेरै हदीसहरू वर्णन गरिएका छन्।

 

इज्ज बिन अब्दुस् सलाम भन्छन्: "हृदयको शुद्धता (इखलास) भनेको आज्ञाकारिताद्वारा अल्लाहको खुशी हासिल गर्नु हो र त्यसद्वारा अल्लाह बाहेक अरू कसैको खुशीको इच्छा नराख्नु हो ।"

 

हे धर्मी जनहरू! हृदयको शुद्धताका धेरै दर्जा र विभिन्न स्तरहरू छन्, अधिकांश सेवकहरू अल्लाहको इनाम प्राप्त गर्ने उद्देश्यले र उहाँको दण्डसँग डराउदै उहाँको निकटता खोज्छन्, र यो एक महान र गौरवशाली विशेषता हो। र यो भन्दा ठूलो विशेषता अल्लाहको लागि मात्र अल्लाहको निकटता प्राप्त गर्नु हो, त्यसैले तपाईंले यस्तो व्यक्ति (जसको भित्र यो विशेषता स्थायी रूपमा पाइने गर्दछ)लाई भेट्टाउनुहुनेछ कि उसले सबै प्रकारका आज्ञाहरूलाई महान ठान्छ र उसले आदेशहरू पालन गर्दछ, चाहे ती वाजिब (अनिवार्य) हुन वा मस्नुन, चाहे उसलाई प्रोत्साहित गर्ने कुनै सद्गुण होस्, वा यस सम्बन्धमा कुनै सद्गुण न होस, उस्ले ती आज्ञाहरू आज्ञा दिनुहुने पवित्र अल्लाहको आदर र सम्मानको लागि पालन गर्ने गर्दछ। त्यसरीनै उ निषेधित चीजहरूबाट टाढा रहन्छ। चाहे त्यो निषेधित कार्य हराम होस् वा मकरुह, यस सम्बन्धमा कुनै नर्कको वाचा गरिएको होस् वा नगरिएको होस्, त्यो मानिस अल्लाहको आदर र सम्मानको उद्देश्यले मात्र यी निषेधित चीजहरूबाट टाढा रहन्छ।

 

हे अल्लाहका भक्तहरू! जब श्रद्धा,हृदयको शुद्धता, र आज्ञाकारिता बलियो हुन्छ, तब अल्लाको सम्मान गर्ने र आत्मलाई कमजोर ठान्ने


भावना बढ्छ, त्यस पशचात् भक्तलाई आफ्नो कर्म स्वीकार नहुने डर हुन्छ।

 

﴿ وَالَّذِينَ يُؤْتُونَ مَا آتَوا وَّقُلُوبُهُمْ وَجِلَةٌ أَنَّهُمْ إِلَى رَبِّهِمْ رَاجِعُونَ ﴾ [المؤمنون: 60].

र ती व्यक्तिहरू जुन सम्पत्ति दिन्छन् त्यसबखत उनका हृदय आफ्ना पालनकर्तातर्फ फर्कनुपर्ने कुराले भयभित रहन्छ।

 

जब भक्तको हृदयमा शुद्धता बलियो हुन्छ, तब उसलाई कर्मको प्रदर्शन र स्वार्थ बाट टाढा हुन्छ, यस्तो अवस्थामा उसमा अल्लाहको यो आदेशको भावना जागृत हुन्छ।

﴿ وَلَكِنَّ اللَّهَ حَبَّبَ إِلَيْكُمُ الْإِيمَانَ وَزَيَّنَهُ فِي قُلُوبِكُمْ وَكَرَّهَ إِلَيْكُمُ الْكُفْرَ وَالْفُسُوقَ وَالْعِصْيَانَ أُوْلَئِكَ هُمُ الرَّاشِدُونَ ﴾ [الحجرات: 7].


तर अल्लाहले तिमीहरूकालागि आस्थालाई प्रिय तुल्याएका छन् र तिमीहरुको हृदयमा यसलाई शोभनीय बनाएका छन् । र, नास्तिकता, पाप तथा अवज्ञालाई तिमीहरूकालागि अप्रिय तुल्याएका छन् । यी मानिसहरू नै वास्तवमा सत्मार्गमा छन् ।


र अल्लाहको यस् आदेशको पनि भावना जागृत हुन्छ:

﴿ وَلَوْلَا فَضْلُ اللَّهِ عَلَيْكُمْ وَرَحْمَتُهُ مَا زَكَى مِنْكُمْ مِنْ أَحَدٍ أَبَدًا وَلَكِنَّ اللَّهَ يُزَكِّي مَنْ يَشَاءُ ﴾ [النور: 21].


र, यदि तिमीहरूमाथि अल्लाहको कृपा तथा दया नभएको भए तिमीहरूमध्ये कोही पनि कहिल्यै शुद्ध हुन सक्ने थिएनौं । तर, अल्लाह जसलाई चाहन्छन्, शुद्धता प्रदान गर्छन् ।

 

र सर्वशक्तिमान अल्लाहले हामीलाई इशभय राख्ने र तहज्जुद को प्रार्थना गर्ने व्यक्तिहरूबारे जानकारी दिनुभयो छ जो रातमा थोरै सुत्ने गर्दछन्, तिनीहरू बिहान माफी माग्ने गर्दछन्, र अनिवार्य प्रार्थना पछि हामीले क्षमायाचना गर्नु पर्ने कुरा कानुनी रूपमा रहेको ठहर गरिएको छ । र हजको महानताको बावजुद, तीर्थयात्रीहरूलाई पनि माफी माग्न आदेश दिइएको छ:

﴿ ثُمَّ أَفِيضُواْ مِنْ حَيْثُ أَفَاضَ النَّاسُ وَاسْتَغْفِرُواْ اللّهَ إِنَّ اللّهَ غَفُورٌ رَّحِيمٌ ﴾ [البقرة: 199].


र, त्यसपछि अरू मानिसहरू प्रस्थान गरेकै ठाउँबाट तिमीहरू पनि प्रस्थान गर अनि अल्लाहसँग क्षमायाचना गर । निस्सन्देह अल्लाह अत्यन्तै क्षमाशील एवं परम दयालु छन् ।

 

हे अल्लाहका भक्तहरू, शुद्धताका धेरै फाइदाहरू छन्, शुद्धताका कारणले स्वर्गमा प्रवेश र नर्कबाट मुक्ति प्राप्त हुन्छ, शुद्धताको आधारमा समस्याको अन्त्य हुन्छ र प्रार्थना स्वीकार गरिन्छ, ती तीन व्यक्तिहरुको घटना हामीबाट लुकेको छैन, जसको सामु चट्टान बाधा भटेको थियो, त्यस बेला सबैले भनेका थिए: हे अल्लाह! यदि मैले त्यो काम तिमीलाई खुशी पार्नको लागि गरेको हो भने, हामीबाट कष्ट हटाउनुहोस्, अल्लाहले तिनीहरूबाट कष्टलाई हटाए। शुद्धताले ज्ञान बढाउँछ:

﴿ وَاتَّقُواْ اللّهَ وَيُعَلِّمُكُمُ اللّهُ ﴾ [البقرة: 282].

र,अल्लाहको भय राख। अल्लाहले नै तिमीहरूलाई यी कुराहरु सिकाउँदछन्।


हृदयको शुद्धताले बिगाड र दुष्कार्य बाट जोगाउँछ:

﴿ كَذَلِكَ لِنَصْرِفَ عَنْهُ السُّوءَ وَالْفَحْشَاء إِنَّهُ مِنْ عِبَادِنَا الْمُخْلَصِينَ ﴾ [يوسف: 24].


यस्तै भयो ताकि हामी उनीद्वारा कुकर्म तथा अश्लीलता निवारण गरौं । वास्तवमा उनी हाम्रा छानिएका भक्तहरूमध्येका थिए ।

 

हृदयको शुद्धताको कारण, सेवकलाई अनुमतियोग्य चीजहरूबाट पनि इनाम दिइन्छ, मुआज बिन जबल (रदि अल्लाहु अन्हु) भन्छन्: "जसरी म जगदा अल्लाहबाट इनामको आशा गर्दछु त्यसरीनै निद्रामा पनि उसै बाट इनामको आशा गर्दछु।"

 

हृदयको शुद्धताको कारणले सेवक निर्णयको दिन छायाँमुनि रहनेछ।हृदयको शुद्धताको मजबुतीले गर्दा स्पष्ट रूपमा समान कर्मको प्रतिफल फरक–फरक हुने गर्दछ र त्यसको प्रतिफल बढ्दछ। शुद्धताले ज्ञान र कर्ममा लाभ मिल्छ, शुद्धताको कारणले भक्तले उपासना र भक्तिको स्वाद पाउँछ र शुद्धताको कारणले देखावटी र पाखण्डको अन्त्य हुन्छ।

 

हे अल्लाह! हामीलाई माफ गर्नुहोस्, हामीलाई क्षमा दिनुहोस्, हे दुबै जगतका पालनकर्ता! हामीलाई मार्गदर्शनको साथ सफलता दिनुहोस् र हामीलाई तपाईंको निस्वार्थ भाववाला भक्त बनाउनुहोस्।

 

दोस्रो प्रवचन


الحمد لله ﴿ لاَ يَخْفَىَ عَلَيْهِ شَيْءٌ فِي الأَرْضِ وَلاَ فِي السَّمَاء ﴾ [آل عمران: 5]، وأشهد ألا إله إلا الله وحده لا شريك له، ذو الجلال والإكرام والعظمة والكبرياء، وأشهد أن محمداً عبده ورسوله خاتم الرسل والأنبياء صلى الله عليه ما هلّ قطْرٌ وأسفر ضياء.


प्रशंसा र प्रार्थना पछि:

हृदयको शुद्धता जीवनको लागि एउटा व्यापक क्षेत्र हो, जसमा जीवनका सबै अंशहरू समावेश छन्।

 

﴿ قُلْ إِنَّ صَلاَتِي وَنُسُكِي وَمَحْيَايَ وَمَمَاتِي لِلّهِ رَبِّ الْعَالَمِينَ ﴾ [الأنعام 162].


भनिदेऊ– मेरो प्रार्थना, मेरो समस्त भक्तिहरू, मेरो जीवन तथा मेरो मरण सबै केवल अल्लाह सम्पूर्ण संसारका पालनकर्ताकै लागि हुन् ।

 

हृदयको शुद्धताले समाजमा मुस्लिमको गतिविधिलाई बढाउँछ, किनकि उसले अरू कसैलाई थाहा नभए पनि ईश्वरको खुशीको लागि मात्र सत्कर्म गर्ने गर्दछ।

 

हृदयको शुद्धताले मुस्लिमलाई कार्य गर्न र यसमा दृढ रहन बल र ऊर्जा दिन्छ, किनकि यसको निगरानी अरु कसैले हैन बल्कि उसको पालनकर्ताले गर्नुहुन्छ, र उसले सबै सुन्ने, सबै देख्ने र सबै जान्ने प्रभुबाट आफ्नो कार्यको इनामको आशा गर्दछ।

 

हृदयको शुद्धता लागू गर्नमा भक्तको विभिन्न स्तरहरु हुन्छन्, र हृदयको शुद्धताको कार्यान्वयनमा यो भिन्नताको कारण हृदयको शुद्धता भएको व्यक्तिहरूको स्तरमा भिन्नता हुनु हो। त्यसैले भनिन्छ नियत भनेको विद्वानहरूको व्यापार हो। उदाहरणका लागि, जसले विवाह निमन्त्रणा स्वीकार गर्दछ, उसको लागि सम्भव छ कि इस्लामी निमन्त्रणा स्वीकार गर्ने र निमन्त्रणा गर्नेहरूलाई खुसी बनाउने, मानिसहरूसँग हात मिलाउने र अभिवादन गर्ने र यदि विवाह आफन्तको छ भने उस सित अफन्तत्व निभाउने पुरस्कार र इनामको नियत गर्न उस्ले सक्छ। यसरी एउटै कार्यमा चार नियत समावेश गर्न सक्छ।

 

हे साथीहरू! हृदयको शुद्धता विकास गर्ने धेरै तरिकाहरू छन्: अल्लाहको सम्मान गर्नु, उहाँसमक्ष हृदयको शुद्धताको साथ प्रार्थना गर्नु, व्यक्तिको व्यक्तिगत जीवन र सामाजिक जीवन एउटै हो, र यदि उसको कार्य पर्दा पछाडि राम्रो छ भने, यो अझ राम्रो कार्य हो।

 

हे आस्थावान दाजुभाइहरू! सत्कर्महरू दुई प्रकारका हुन्छन्: पहिलो प्रकार: प्रार्थना, उपवास जस्ता अरूलाई फाइदा नपुग्ने अनिवार्य कर्महरू हुन। यी कार्यहरू हुन् जसमा नियत गर्नु आवश्यक छ, यदि गर्नेको नियत अनिवार्य आज्ञा पालन गर्नु हो भने पनि उसलाई पुरस्कृत गरिनेछ।

 

दोस्रो प्रकार: अरूलाई फाइदा हुने संक्रामक कार्यहरू, जस्तै: पीडादायी चीज हटाउने। हदीस "इन्मा-उल-अमाल बाल्नियत" हो भन्ने कुराको लागि अन्य तर्कहरू छन्, केही विद्वानहरूले भने कि उसलाई अन्य मानिसहरूको फाइदा उठाएर पुरस्कृत गरिनेछ। , यद्यपि उसले यो गर्दा यो मनसाय थिएन। हो, त्यसैले पवित्र पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो कि जसले बीउ छर्छ वा बिरुवा रोप्छ र त्यसपछि जनावरले खान्छ वा चोरी हुन्छ। , उसलाई यसको लागि पुरस्कृत गरिनेछ। यस सम्बन्धमा विद्वानहरूको मतभेद छ, कोही भन्छन् कि यदि उसले इरादा गर्छ भने मात्र उसलाई पुरस्कृत गरिनेछ, किनकि हदीसमा उल्लेखित छ "इन्न मल-आमालु बिन्नियात" सबै कार्यहरू इच्छामा निर्भर हुन्छन्। र यसको लागि अन्य तर्कहरू पनि छन्। केही विद्वानहरूको भनाई छ कि उसले यो गर्दा उसको सो इच्छा नभए पनि उसलाई अरू मानिसहरूले फाइदा उठाउनुको कारणले इनाम दिइनेछ। त्यसैले पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नु भएको छ कि जसले बीउ छर्छ वा उसले बिरुवा रोप्छ र त्यसपछि यदि जनावरले खान्छ वा त्यसबाट चोरी हुन्छ भने उसलाई त्यसको लागि इनाम दिइनेछ।

 

यसको दोस्रो तर्क अल्लाहको यो भनाइ हो:

﴿ لَا خَيْرَ فِي كَثِيرٍ مِنْ نَجْوَاهُمْ إِلَّا مَنْ أَمَرَ بِصَدَقَةٍ أَوْ مَعْرُوفٍ أَوْ إِصْلَاحٍ بَيْنَ النَّاسِ ﴾ [النساء: 114].


तिनीहरूका अधिकांश गोप्य सरसल्लाहहरुमा कुनै भलाइ हुँदैन । बरु, जसले दान गर्न, भलाईको कार्य गर्न वा मानिसहरूबीच सुधारका काम गर्न प्रोत्साहित गर्छ उसको गोप्य परामर्श भलाईको कार्य हो ।


र यदि कुनै व्यक्तिले यसलाई सुधारको लागि मात्र गर्छ भने पनि त्यसबाट भलाई हुन्छ, अल्लाहले थप भन्नुहुन्छ:

﴿ وَمَن يَفْعَلْ ذَلِكَ ابْتَغَاء مَرْضَاتِ اللّهِ فَسَوْفَ نُؤْتِيهِ أَجْراً عَظِيماً ﴾ [النساء: 114].


र जसले त्यो अल्लाहको प्रसन्नता प्राप्तिको लागि गर्नेछ हामीले उसलाई ठूलो प्रतिदान प्रदान गर्नेछौं।

 

यो त्यस भलाई मा थप एउटा कुरा हो जुन अल्लाहले आयतको सुरुमा उल्लेख गर्नु भएको छ, र यसमा कुनै शंका छैन कि नियतका साथ काम गर्नुको इनाम सबैभन्दा ठूलो छ।


हामी इब्ने मुबारक (ईश्वरले उहाँमाथि कृपा गरून्) को यो भनाइबाट प्रवचन समाप्त गर्छौं, : "कहिलेकाँही नियतले सानो कार्यलाई ठूलो बनाउँदछ, र कहिलेकाँही नियतले ठूलो कार्यलाई सानो बनाउँदछ"।


सल्लल्लाहू अलैही व सल्लम


हे अल्लाह, हाम्रा सबै विगत र भविष्यका पापहरू क्षमा गर्नुहोस्!

 

https://www.alukah.net/sharia/0/142990/





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • فاعبد الله مخلصا له الدين (خطبة)
  • فاعبد الله مخلصا له الدين (خطبة) (باللغة الأردية)
  • فاعبد الله مخلصا له الدين (خطبة) (باللغة الهندية)
  • خطبة: فاعبد الله مخلصا له الدين (باللغة البنغالية)
  • الله البصير (خطبة) - باللغة النيبالية
  • الله الخالق الخلاق (خطبة) – باللغة النيبالية
  • خطبة: تأملات في بشرى ثلاث تمرات - (باللغة النيبالية)

مختارات من الشبكة

  • رحمة الله ويسر الدين في الصيام (خطبة)(مقالة - آفاق الشريعة)
  • إطلالة على مشارف السبع المثاني (4) {مالك يوم الدين} (خطبة)(مقالة - آفاق الشريعة)
  • إن الدين عند الله الإسلام (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة: نعمة تترتب عليها قوامة الدين والدنيا(مقالة - آفاق الشريعة)
  • ماذا قدموا لخدمة الدين؟ وماذا قدمنا نحن؟ (خطبة)(مقالة - آفاق الشريعة)
  • الثبات على الدين: أهميته، وأسبابه، وموانعه في الكتاب والسنة (خطبة)(مقالة - موقع الشيخ عبدالرحمن بن سعد الشثري)
  • الدين النصيحة (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة: {أفمن زين له سوء عمله...}(مقالة - آفاق الشريعة)
  • خطبة: تعظيم الأشهر الحرم(مقالة - آفاق الشريعة)
  • ما لا يسع المسلم جهله عن فلسطين والمسجد الأقصى (خطبة)(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • اختتام الدورة الثالثة عشرة لمسابقة التربية الإسلامية في فيليكو تشاينو
  • مسجد "توجاي" يرى النور بعد اكتمال أعمال بنائه في يوتازين
  • وضع حجر أساس مسجد جديد في غاليتشيتشي
  • تعديلات جديدة تمهد للموافقة على بناء مركز إسلامي في ستوفيل
  • ندوة شاملة لإعداد حجاج ألبانيا تجمع بين التنظيم والتأهيل
  • اختتام الدورة السابعة عشرة من "مدرسة اليوم الواحد" لتعليم أصول الإسلام في تتارستان
  • الذكاء الاصطناعي وتعليم اللغة العربية محور نقاش أكاديمي في قازان
  • استعدادا لموسم الحج... محاضرات تأهيلية للحجاج في موسكو

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 19/11/1447هـ - الساعة: 15:12
أضف محرك بحث الألوكة إلى متصفح الويب