• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مواقع المشرفين   مواقع المشايخ والعلماء  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    مكانة السنة المطهرة كمصدر من مصادر التفسير ...
    الشيخ أ. د. عرفة بن طنطاوي
  •  
    الأحكام الفقهية والنظامية للرقية الشرعية (PDF)
    د. عبدالعزيز بن سعد الدغيثر
  •  
    محاضرة بعنوان (أجيبوهم؟)
    الشيخ أ. د. عرفة بن طنطاوي
  •  
    خطبة: وصية نوح عليه السلام
    د. صغير بن محمد الصغير
  •  
    التصادم الفكري
    أ. د. علي بن إبراهيم النملة
  •  
    الحوادث المرورية
    الدكتور علي بن عبدالعزيز الشبل
  •  
    المولد النبوي: أصله – حقيقته (PDF)
    الشيخ أحمد بن حسن المعلِّم
  •  
    حديث: عذبت امرأة في هرة سجنتها حتى ماتت
    الشيخ عبدالقادر شيبة الحمد
  •  
    تطيب المرأة خارج بيتها
    د. عبدالعزيز بن سعد الدغيثر
  •  
    خطبة: علامات الدجال (1)
    الدكتور علي بن عبدالعزيز الشبل
  •  
    قراءات اقتصادية (86)
    د. زيد بن محمد الرماني
  •  
    كلام الرب سبحانه وتعالى (3) كلامه عز وجل مع الرسل ...
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    حديث: إذا أتى أحدَكم خادمه بطعام
    الشيخ عبدالقادر شيبة الحمد
  •  
    الوقفة الأولى: الفكر والسلطة
    أ. د. علي بن إبراهيم النملة
  •  
    إلا تنصروه فقد نصره الله .. كيف ننصر رسول الله ...
    الشيخ أ. د. عرفة بن طنطاوي
  •  
    قراءات اقتصادية (85)
    د. زيد بن محمد الرماني
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

خطبة: بر الوالدين (باللغة النيبالية)

خطبة: بر الوالدين (باللغة النيبالية)
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 1/1/2025 ميلادي - 3/7/1446 هجري

الزيارات: 4978

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

خطبة: بر الوالدين (باللغة النيبالية)

आमाबाबुको आज्ञाकारिता

 

إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمداً عبده ورسوله. ﴿ يَاأَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ حَقَّ تُقَاتِهِ وَلَا تَمُوتُنَّ إِلَّا وَأَنْتُمْ مُسْلِمُونَ ﴾ [آل عمران: 102] ﴿ يَاأَيُّهَا النَّاسُ اتَّقُوا رَبَّكُمُ الَّذِي خَلَقَكُمْ مِنْ نَفْسٍ وَاحِدَةٍ وَخَلَقَ مِنْهَا زَوْجَهَا وَبَثَّ مِنْهُمَا رِجَالًا كَثِيرًا وَنِسَاءً وَاتَّقُوا اللَّهَ الَّذِي تَسَاءَلُونَ بِهِ وَالْأَرْحَامَ إِنَّ اللَّهَ كَانَ عَلَيْكُمْ رَقِيبًا ﴾ [النساء: 1] ﴿ يَاأَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ وَقُولُوا قَوْلًا سَدِيدًا * يُصْلِحْ لَكُمْ أَعْمَالَكُمْ وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ وَمَنْ يُطِعِ اللَّهَ وَرَسُولَهُ فَقَدْ فَازَ فَوْزًا عَظِيمًا ﴾ [الأحزاب: 70، 71]

 

प्रसंशा र प्रार्थना पछि

 

सबै भन्दा राम्रो कुरा अल्लाह को किताब हो, र सबै भन्दा राम्रो विधि मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम को विधि हो, र सबैभन्दा खराब चीज इस्लाममा नयाँ चीज मिश्रित गर्नु हो, र हरेक नवीनता पथ भ्रष्टता हो।

 

हे साथीहरु उनि दुई जना‌ नै हुन जस्ले मानिसहरु मध्य तपाइलाई सबैभन्दा धेरै माया गर्नुहुन्छ। उनीहरुले नै मानिसहरू मध्य तपाईको सबैभन्दा धेरै सेवा गरेका छन। र तपाईका लागि सबैभन्दा धेरै आफ्नो जीवनको बलिदान गर्ने उनिहरु नै हरू हुन्। मानव आत्माहरूलाई त्यस व्यक्तिको प्रेम प्रकृतिक रूपमा दिइएको छ जो उनीहरूको शुभचिन्तक होस। र आमाबाबु भन्दा धेरै परोपकारी को हुन सक्छ?

 

अल्लाहले आफ्नो अधिकारसँग आमाबाबुको अधिकारलाई जोड्नु भएको छ। आफ्नो कृतज्ञताको साथ तिनीहरूप्रतिको कृतज्ञतालाई वर्णन गर्नु भएको छ। र आफ्नो उपासनाको आदेश पछि उनीहरूसँग सदव्यवहार गर्न आदेश दिनुभएको छ।

 

﴿ وَاعْبُدُوا اللَّهَ وَلَا تُشْرِكُوا بِهِ شَيْئًا وَبِالْوَالِدَيْنِ إِحْسَانًا ﴾ [النساء: 36].

र, अल्लाहकै उपासना गर कसैलाई उनको साझेदार नबनाऊ । अनि, मातापितासँग सद्व्यवहार गर ।

 

सृष्टि र आविष्कार सर्वशक्तिमान अल्लाहका वरदान हुन‌ र अल्लाहको अनुमतिले प्रशिक्षण र जन्म दिने वरदान आमाबाबुलाई प्राप्त हुन्छ।


आदरणीय जनसमुदाय! हामी ती दिनहरू सम्झँदैनौं जब हामी गर्भको अन्धकारमा थियौं। न त हामीले हाम्री आमाहरूको गर्भावस्था र सुत्केरीको अवस्थामा भोगेका कठिनाइ र कष्टहरूलाई सम्झन्छौं, तर सर्वशक्तिमान अल्लाहले हामीलाई ती दिनहरू सम्झाउनु हुनेछ।


﴿ وَوَصَّيْنَا الْإِنْسَانَ بِوَالِدَيْهِ حَمَلَتْهُ أُمُّهُ وَهْنًا عَلَى وَهْنٍ وَفِصَالُهُ فِي عَامَيْنِ أَنِ اشْكُرْ لِي وَلِوَالِدَيْكَ إِلَيَّ الْمَصِيرُ ﴾ [لقمان: 14].

हामीले मानिसलाई उसका मातापिताको हक चिन्न आदेश दिएका छौं । उसकी आमाले धेरै कमजोर अवस्थामा उसलाई गर्भमा राखिन् र दुई वर्षमा उसको दुध छुट्यो । अतः मेरो कृतज्ञ बन र आफ्ना मातापिताको पनि (आभारी) होऊ । तिमी मतर्फ नै फर्केर आउनुछ ।


आमाले तिमीलाई नौ महिना सम्म दुःख सहेर गर्भमा राख्नुभयो।


उहाँ तिम्रो हलचलमा खुसी हुनुहुन्थ्यो ।तिम्रो बढ्दो तौलले खुसी हुनुहुन्थ्यो।जब कि यो तौल उहाँको लागि भारी बोझ हुन्थ्यो। त्यसपछि तिम्रो जन्मको समय नजिक आयो। त्यस समय आमाले मृत्युलाई आफ्नो आँखा अगाडि देख्नु भएको थियो। जब तिमी संसारमा आयौ , तिम्रो चिच्याईको आँसु उहाँको खुशीको आँसुसँग मिसियो र तिम्रो दर्शनले उहाँको पीडा र घाउहरू सञ्च भए। तिमी कमजोर शिशु थियौ तर अल्लाहले तिमीलाई पाँच इन्द्रिय दिनुभयो र तिमीलाई परम दयालु मानिस अर्थात् तिमीलाई दयालु आमाको सुरक्षा (संरक्षकत्व) अन्तर्गत राख्नुभयो, जो तिम्रो आरामको लागि रातभरि उठ्नु हुन्छ। र तिम्रो दयालु बुवा जो तिम्रो हितको लागि दौडनु हुन्छ र कष्ट गर्नु हुन्छ । तिमीबाट सबै प्रकारका दु:खहरू हटाउनुहुन्छ, र कहिलेकाहीँ त्यसका लागि यात्रा पनि गर्नु हुन्छ। रोजीरोटीको खोजीमा कष्ट भोग्नु हुन्छ । तिमी माथि आफ्नो सम्पत्ति खर्च गर्नु हुन्छ। तिम्रो सुधार र प्रशिक्षण गर्नु हुन्छ ।जब तिमी उहाँहरुको अगाडि हुन्छौ त्यतिबेला उहाँहरुको हृदय सन्तुष्ट हुन्छ, र जब तिमी उहाँहरुको अगाडि हुन्छौ उहाँहरुको मुहार हासिराखेको हुन्छ। जब उहाँहरु बाहिर जान्छन् तिम्रो हृदय उहाँहरूसँग जोडिएको हुन्छ। र उहाँहरू उपस्थित हुँदा, तिमी उहाँहरुको काख र छातीमा टाँसिन्छौ, यी दुई तिम्रा आमाबुवा हुन् र यो तिम्रो बाल्यकाल हो, त्यसैले तिमी उहाँहरुको भलाई बिर्सनबाट सावधान रह, विशेष गरी जब उहाँहरू दुवै वृद्ध हुन्छन्। आफ्नो प्रभुको भनाइमा विचार गर्नुहोस्:

﴿ إِمَّا يَبْلُغَنَّ عِنْدَكَ الْكِبَرَ ﴾ [الإسراء: 23]


यदि ती दुवैमध्ये एक वा दुवै तिम्रो उपस्थितिमा बृद्धावस्थामा पुग्छन् भने

۔

शब्द عِنْدَكَले उहाँहरूलाई समर्थन, संरक्षण र हेरचाह गर्नुपर्छ भन्ने बुझाउँछ।


किनभने उहाँहरूले आफ्नो कर्तव्य पूरा गर्नु भइसकेका छन । उहाँहरुको काम सकियो, र अब तिम्रो जिम्मेवारीको पालो हो:

﴿ فَلَا تَقُلْ لَهُمَا أُفٍّ وَلَا تَنْهَرْهُمَا وَقُلْ لَهُمَا قَوْلًا كَرِيمًا ﴾ [الإسراء: 23]

उनीहरूलाई ‘उफ् !’ पनि नभन र न उनीहरूलाई हप्काऊ बरु उनीहरूसित आदरपूर्वक कुरा गर ।

 

किन कि बुढेसकालमा आमाबुवा शारीरिक र मानसिक कमजोरीको सिकार हुने भएकाले कहिलेकाहीँ उहाँहरु निरुत्साहित हुने उमेरमा पुग्नुहुन्छ। जसका कारण उहाँबाट दिक्दार लाग्ने   अवस्था श्रृजना हुन्छ त्यसबेला अल्लाहले छोराछोरीलाई यसको अनुमति दिनु भएको छैन कि उनीहरू आमाबाबुप्रति अलिकति पनि असहिष्णु र दिक्दार होउन्। बरु अल्लाहले यो आदेश दिनुभयो छ उहाँहरूसँग विनम्र र सम्मानपूर्वक कुरा गर्ने गर्न । र उनीहरूसँग त्यो मानिस जसरी बोल्ने गर जस्ले आफूलाई सानो ठान्ने गर्दछ र त्यस्तो सेवक जसरी उहाँहरुसगँ व्यवहार गर जो आफ्नो मालिक को अगाडि झुक्ने गर्दछ। उहाँहरूका लागि अल्लाहसँग कृपाको प्रार्थना गर, जसरी आमाबाबुले उनीहरूको बाल्यकालमा र आवश्यकताको समयमा उनीहरू माथि दया गर्नु भएको थियो र बाल्यकालमा उनीहरूको प्रशिक्षण गर्नु भएको थियो।

 

हे अल्लाहका भक्तहरू!

जसले ठूलो पुण्य कमाउन चाहन्छ, उसले यो याद राख्नु पर्छ कि आमा स्वर्गको फराकिलो ढोका हो। यसमा कमी र बेवास्ता त्यसैले गर्छ जस्ले आफूलाई पुन्यबाट वञ्चित गर्छ र उस्ले आफ्नोलागि थोरै भन्दा थोरै भलाई प्राप्त गर्छ।मुआविया बिन जाहिमह सुलमी (रअ) अल्लाहका संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम)कहाँ तीन पटक आउनु भयो र जिहादको अनुमति माग्नु भयो। हरेक पटक पैगम्बर (स)ले ऊहाँसगँ यहि प्रश्न गर्नु भयो अफसोस! के तिम्री आमा जिउँदै हुनुहुन्छ ? उहाँले जवाफ दिनुभयो: हुनुहुन्छ अल्लाहका संदेशवाहक मोहम्मद सल्लल्लाहु अलैहि व सल्लम ले भन्नुभयो :! उहाँको खुट्टाको छेउमा बस, त्यहाँ नै स्वर्ग छ।" यो हदीस इमाम इब्न माजा द्वारा वर्णन गरिएको छ र अल्लामा अल-अल्बानीले यसलाई सहिह घोषित गरेका छन्। इमाम अहमदको एक वर्णनमा छ कि "उहाँको नजिक बस्नुहोस् किनभने स्वर्ग उहाँको खुट्टा नजिकै छ। एक जना विद्वानले आमाको खुट्टाको चुम्बन अनुमति छ भन्ने प्रमाणित गर्नु भएको ।त्यसैले उहाँले हरेक दिन आमाको खुट्टामा चुम्बन गर्नुहुन्थ्यो। र एक दिन उनी आफ्ना दाजुभाइहरू को अगाडि ढिलो आउनुभयो, भाइहरूले प्रश्न गरे र उहाँले उत्तर दिनु भयो: " कि म‌‌ स्वर्ग को बगैंचामा घुम्दै थिए ।किनकी आमाको खुट्टा मुनि स्वर्ग छ भन्ने हामीले थाहा पाएका छौ।" जो कोहिले आफ्नो रोजीरोटी र उमेरमा फलिफाप चाहन्छ उसले आफ्नो आमाबुवासँग राम्रो व्यवहार गर्नुपर्दछ। सहि बुखारीमा छ कि जस्ले चाहन्छ कि उसको रोजीरोटी फलिफलाप होस् र उसको उमेर बढोस, उसले नातेदारहरू सित राम्रो व्यवहार गरोस्।


आमाबाबु तपाईको सबै भन्दा नजिकका नातेदार हुन्।


अल्लाहले मलाई र तपाईलाई कुरानको शुभ-लाभ ले लाभान्वित गरून् ।

 

दोस्रो प्रवचन:

अलहमदुलिल्लाह...

प्रशंसा र प्राथना पछि!

 

हे साथीहरू: संभवतः यहाँ म आफैंलाई र तपाईलाई राम्रो व्यवहारको केहि रूपहरू सम्झाउन सक्छु, तपाईलाई जे उपयुक्त लाग्छ त्यसलाई अपनाउनुहोस्, आमाबाबु स्वर्गको फराकिलो ढोका हुन्। उनीहरूप्रति राम्रो व्यवहार प्रकट गर्ने एउटा माध्यम यो पनि हो कि : आमाबाबुले भन्नु अघि सेवा गर्नु, र उनीहरूको आवश्यकताहरू पूरा गर्न सकेसम्म छिटो गर्नु।यसको अर्को माध्यम भनेको आफन्तहरूसँगको सम्बन्ध सुधार गर्नु र उनीहरुसँगको सम्बन्धलाई बलियो बनाउनु हो। यसले गर्दा उनीहरुलाई हृदयको सुख र सन्तुष्टी प्राप्त हुनेछ ।

 

यसको एउटा अर्को माध्यम यो पनि हो कि तपाई आफ्ना नातेदारहरु सित राम्रो व्यहवार गर्नु। यी नातेदारहरुमा आमाका आफन्तहरू पनि पर्दछन जस्तै: उनका मामा सानी आमा काका र फुपूहरू। राम्रो व्यवहार प्रकट गर्ने एउटा माध्यम यो पनि हो कि आमाबाबुको लागि क्षमा, दया, मार्गदर्शन, स्थिरता, स्वास्थ्य र कल्याणको लागि प्रार्थना गर्नु र तिनीहरूका सन्तानहरूको धार्मिकताको लागि प्राथना गर्नु। यदि तिनीहरूका छोराछोरी विवाहित छन् भने, तिनीहरूको पति र पत्नी बीचमा प्रेमको प्रार्थना गर्नु । र यदि तिनीहरू मध्ये दुवै वा एकको मृत्यु भई सकेको छ भने तिनीहरूको लागी दया र क्षमाको प्रशस्त प्रार्थना गर्नु हो। मृत्यु प्राप्त गरेको मान्छे को लागि एउटा राम्रो व्यवहार भनेको यो पनि हो कि दुवैको तर्फबाट विशेष दान दिनु , वा दुवैलाई आफ्नो दानमा भागीदारी बनाउनु र थोरै रकम मात्रै भए पनि वक्फको काममा भाग लिन उत्सुक हुनु। यदि ईश्वरले चाहनु भयो भने तपाईलाई आमाबाबुको आज्ञाकारिता र दान दुवैको इनाम प्राप्त हुनेछ,र यो दानले तपाईको हृदयलाई शुद्ध पार्नेछ।

 

राम्रो व्यवहार अर्को माध्यम आमाबाबुलाई नजिकैको ठाउँमा घुम्न लैजानु हो जहाँ जीवनमा फुर्ती ल्याउने केही परिवर्तनहरू हुन्छन्।

 

राम्रो व्यवहारको एउटा अर्को माध्यम भनेको उनीहरूलाई खाजा वा चियापानको निमन्त्रणा दिनु हो। हजुरआमा वा हजुरबुवालाई उनका छोराछोरी वा नाति नातिनासँग भेला गर्नुहोस। यी व्यक्तिहरूले भेलालाई आफ्ना केही याद र सम्झनाहरूले भर्नेछन्। राम्रो व्यवहारको अर्को एउटा माध्यम भनेको उहाँहरुको लागि खुलेर प्रार्थना गरेर, उहाँहरूको प्रशंसा गरेर र उहाँहरूलाई राम्रो कुराहरू गरेर उहाँहरूको भावनाको सम्मान गर्नु हो। उहाँहरूलाई यो महसुस गराउनु हो कि जीवनमा ईश्वरको कृपा पछि तपाईंको सफलता उहाँहरूको पालनपोषण र उहाँहरूको राम्रो प्रयासको परिणाम हो। तपाईं प्रमाणपत्र, पदोन्नति वा तपाईंको चरित्र र नैतिकताको लागि माया र सम्मान प्राप्त गर्दा उहाँहरूलाई यो महसुस गराउनुहोस्।

 

यसको एउटा माध्यम भनेको उहाँहरुको निधारमा वा हातमा चुम्बन गर्नु हो र आफ्ना बालबालिकालाई उहाँहरुसँग यस्तै गर्ने बानी बसाल्नु ह । यदि मानिसले कसै वृद्ध अथवा विद्वानको हाथमा चुम्बन गर्न चाहन्छ भने त्यो भन्दा राम्रो यो हो कि उसले आमाबुवा को हाथ चुमोस्। कुरआन मा लेखिएको छ:

﴿ وَاخْفِضْ لَهُمَا جَنَاحَ الذُّلِّ مِنَ الرَّحْمَةِ ﴾ [الإسراء: 24]

अनि, दयाकासाथ विनम्रताका हात उनीहरूसमक्ष फैलाएर बस।

 

आमाबाबुको कुरा ध्यानपूर्वक सुन्नु र त्यसमा कान थाप्नु पनि राम्रो व्यवहारको एक माध्यम हो। त्यो उपकरणहरूको कारणले जस्ले केही मुस्लिमहरुको लागी दुष्कर्मको ढोका खोल्दै छ त्यसले गर्दा तपाईं उनीहरूलाई बेवास्ता नगर्नु होस् । यदि तपाईं उनीहरूको शहरमा हुनुहुन्छ भने, तिनीहरूलाई भेटेर तिनीहरूसँग कुरा गर्नुहोस्, र यदि तिनीहरू तपाईंको शहर बाहिर छन् भने, तिनीहरूसँग फोनमा कुरा गर्नुहोस्। राम्रो व्यवहारको एउटा अर्को रुप यो पनि हो कि तपाई उहाँहरुकोलागि उपहार प्रदान गर्नुहोस र यदि उहाँहरु धनि हुनुहुन्न भने उहाँहरूको लागि मासिक नगद उपहार स्वरुप प्रदान गर्नु हुस।राम्रो व्यवहारको एउटा अर्को माध्यम भनेको आफ्नो सबै छोराछरीहरूलाई वा केही छोराछरीहरूलाई अभिवादन गर्न र उहाँहरूको अगाडि बस्नको लागि आफूसँगै लैजानु होस।


यो पनि राम्रो व्यवहार हो कि उहाँहरूलाई आफ्नो बारेमा भन्नुहोस् र आफ्ना केही कामहरूको विषयमा सल्लाह लिनुहोस्। उहाँहरूलाई जुन विषयको बारेमा कुरा गर्न मनपर्छ त्यहि विषयमा कुरा गर्नुहोस्।, प्रायःउनीहरूलाई विगतका कुराहरूको बारेमा कुरा गर्न मन पर्छ।राम्रो व्यवहारको एउटा अर्को माध्यम भनेको गुनासो गर्न बाट टाढा रहनु हो किनभने तपाईंको दुःख तपाईंको आमाबाबुको काँधमा भारी बोझ हुनए गर्दछ।

 

राम्रो व्यवहारको एउटा अर्को माध्यम भनेको आफ्नो आमाबाबुका साथीहरूसँग सकेसम् र सम्भव भएसम्म आदरपूर्वक व्यवहार गर्नु हो र आफ्नो बुबाको साथीको परिवारसँग राम्रो व्यवहार गर्नु उहाँसगँ नै राम्रो व्यवहार गरे सरह हो।

 

सय्यीदुना अब्दुल्लाह बिन उमर (र.) मक्का जाँदा एउटा गधा आफ्नो साथमा राख्नु हुन्थ्यो। ऊँट चढेर थकित हुँदा त्यसमा चढ्ने गर्नुहुन्थ्यो। एक दिन एउटा गाउँले उहाँको छेउबाट गयो, सय्यीदुना अब्दुल्लाह रहि अल्लाह अन्हु ले भन्नुभयो के तिमी फलाना को छोरा हौ? उसले भन्यो: हो, सैय्यदुना अब्दुल्लाहले उसलाई सवारीको लागी गधा दिनु भयो र टाउकोमा बाँध्नको लागि पगडी पनि दिनुभयो। सय्यीदुना अब्दुल्लाह (रजि) का केही साथीहरू त्यो देखेर छक्क परे र त्यस मनोवृत्तिलाई बढाइचढाइ गरेको भने। त्यसैले उनले भने कि उनका बुबा उमर इब्न अल-खत्ताबका साथी थिए र मैले अल्लाह का पैगम्बर सल्लल्लाहु अलैहि वसल्लम लाई यसो भन्नु भएको सुनेको छु: "महान् सद्गुणहरू मध्ये एउटा यो हो कि व्यक्तिले आफ्नो बुबाको निधन पश्चात उहाँका साथीहरुको परिवारसगँ राम्रो व्यवहार गरो ।" (यो हदीस इमाम मुस्लिम द्वारा वर्णन गरिएको छ)।


के तपाईं बुबाको साथीको हैसियतको अनुमान लगाउन हुन सक्नुहुन्छ? बुबालाई आफ्ना साथीहरूसँग भेटघाट गराउनु र उहाँहरूको भेटघाटको लागि मार्ग प्रशस्त गर्नु पनि राम्रो व्यवहार हो।

 

यदि तपाइँका आमाबाबुको निधन भइ सकेको छ भने, अल्लाहले तपाइँलाई राम्रो सान्त्वना प्रदान गरुन र तपाइँलाई स्वर्गको उच्च स्थानमा उनीहरूसँग भेला गरून्, एक कविले भनेका छन्।

بكيتُ لفقْدِ الوالدينِ ومنْ يعشْ
لفقدهما تصغُرْ لديه المصائبُ

अनुवाद: आमाबुवाको मृत्युमा म धेरै रोएँ, जो व्यक्ति आमाबुवाको मृत्युपछि पनि बाँचिरहन्छ, उसको अगाडि सारा दु:खहरू स्याना हुन्छन्।

 

तपाईं तिनीहरूको चिहानमा जानुहोस् र तिनीहरूका लागि अल्लाहसँग प्रार्थना गर्नुहोस्। हामी विश्वास गर्छौं कि तिनीहरू यससँग परिचित हुनेछन् र तपाईंको प्रार्थनाले तिनीहरूलाई फाइदा पनि पुग्नेछ। अल्लाहका संदेशवाहक (सल्लल्लाहु अलैहि व सल्लम) को आमा को मृत्यु इस्लाममा भएको थिएन। हजरत अबू हुरैरह (रअ) ले भन्नुहुन्छ: पैगम्बर (स.) आफ्नी आमाको चिहानमा जानुभयो, र उहाँ आफैं पनि रुनुभयो र आफ्नो वरपरका मानिसहरूलाई पनि रुवाउनुभयो। अल्लाहका संदेशवाहक (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो: "मैले मेरी आमाको लागि क्षमा माग्न मेरो प्रभुसँग अनुमति मागेँ, तर मैले अनुमति पाएन, त्यसपछि मैले चिहान हेर्ने अनुमति मागेँ। मैले अनुमति पाएँ त्यसैले तिमीहरू पनि चिहान तिर जाने गर किनभने यसले तिमीहरूलाई मृत्युको सम्झना दिलाउँछ।" (यो हदीस इमाम मुस्लिम द्वारा वर्णन गरिएको छ।)

 

हे साथीहरु! आमाबुवाको अनाज्ञाकारिताबाट बच्नु पर्छ किनकी आमाबुवाको अवज्ञा गर्नु महापाप हो। अतः अब्दुल्लाह बिन अम्र बिन अल-आस (र) बाट वर्णन गरिएको छ, उहाँले भन्नुभयो: एक गाउँले पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम)कहाँ आयो र प्रश्न गर्यो: हे ईशदूत ! ठूल्ठूला पापहरू के हुन्? उहाँले उत्तर दिनुभयो:

"अल्लाहसँग साझेदारहरू जोड्नु।" उसले सोध्यो त्यसपछि कुन? उँहाले भन्नु भयो: "आमाबाबुलाई सताउने"। उसले सोध्यो: त्यस पछी कुन ? उहाँले भन्नु भयो: "गमुस "(झुटो कसम खानु)। अब्दुल्लाह बिन अम्र ले भन्नुभयो: मैले भने: हे अल्लाहको रसूल! "गमुस" कस्तो कसम हो? पैगम्बर ले भन्नुभयो: "मुस्लिमको सम्पत्ति लिनको लागि जानाजानी झूटो कसम खानु।" (यो हदीस इमाम बुखारी द्वारा वर्णन गरिएको छ।)

 

हे अल्लाहका भक्तहरू! हामीले आमाबाबुको अवज्ञा र सांसारिक जीवन नष्ट गर्ने चीजहरू बाट जोगिनै पर्छ।


दाजुभाइ तथा दिदीबहिनीसँग विवाद र अनावश्यक झगडाबाट बच्नुहोला । विशेष गरी आफ्ना आमाबुवाको उपस्थितिमा। हे मेरा नौजवान दाजुभाइहरू! आफ्ना आमाबाबुले तपाईंलाई प्रार्थना र पढ्नको लागि उठाउँदा उनीहरूमाथी बोझ नबन्नु होस्। बरु यो राम्रो हो कि तपाईं आफैं उठ्नुहोस् र सम्भव भएमा आफ्ना दाजुभाइहरूलाई नी उठाउनु होस्। हे नौजवान भाइहरु! आमाबाबुसँग कुनै अप्ठ्यारो कुराको प्रस्ताव न राख्नुहोस् र यदि तपाईंले उहाँहरूसँग केहि माग्नु परे ढिपी नगरी विनम्र र अनुरोध गर्नुहोस्। किनभने खर्चहरू धेरै छन् र कहिलेकाहीँ तपाईंहरु उनीहरूका अन्य जिम्मेवारीहरूको बारे अवविज्ञ हुनुहुन्छ।


यदि तपाईं यात्रा गर्ने योजना बनाउनुहुन्छ भने, उहाँहरूको सल्लाह लिनुहोस्। र यदि उहाँहरूले तपाईंलाई उहाँहरूसँगै बस भन्ने चाहनुहुन्छ भने उहाँहरूसँगै बस्नुहोस् र यात्रा नगर्नुहोस्।आमाबाबुको इच्छालाई अस्वीकार नगर्नुहोस्। यदि तपाइँ यी इच्छाहरूमा कुनै गल्ती देख्नुहुन्छ भने, यसलाई नरम भएर सम्झाउनु होस्। तपाईलाई के लाग्छ जे तपाईले सोच्नुहुन्छ त्यो तपाईको एउटा दृष्टिकोण हो ।र तपाइँको आमाबाबुको विचार पनि एउटा अर्को दृष्टिकोण हो।आफ्नो लागि आफ्नो आमाबाबुलाई पीडा दिनबाट बच्नुहोस्।

 

अन्तमा: हामीले सम्भव भएसम्म आमाबाबुको आज्ञा पालन गर्ने विभिन्न तरिकाहरूमा उत्सुक हुनुपर्छ र सबै प्रकारको अवज्ञाबाट बच्नुपर्दछ।

 

صلى الله عليه وسلم

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • خطبة: أحاديث عن شر الخبيث (1) (باللغة النيبالية)
  • احذر مظالم الخلق (خطبة) (باللغة النيبالية)
  • أسباب التوفيق للعمل الصالح والتقوى (خطبة) (باللغة النيبالية)
  • الاعتراف يهدم الاقتراف (خطبة) (باللغة النيبالية)
  • الله الرفيق (خطبة) (باللغة النيبالية)
  • الله الغفور الغفار (خطبة) (باللغة النيبالية)
  • خطبة: صفة الصلاة (1) أخطاء محرمة (باللغة النيبالية)
  • خطبة: صفة الصلاة (2) سنن قولية (باللغة النيبالية)
  • خطبة: اللهم يا مقلب القلوب ثبت قلبي على دينك (باللغة النيبالية)
  • عداوة الشيطان في القرآن (خطبة) - باللغة النيبالية
  • خطبة: غزوة تبوك (باللغة النيبالية)

مختارات من الشبكة

  • الدعاء للوالدين (خطبة)(مقالة - آفاق الشريعة)
  • الوالدان القدوة (خطبة)(مقالة - آفاق الشريعة)
  • الإحسان للوالدين: فضائل وغنائم (خطبة)(مقالة - آفاق الشريعة)
  • البر بالوالدين وصية ربانية لا تتغير عبر الزمان (خطبة)(مقالة - آفاق الشريعة)
  • البر بالوالدين: وصية ربانية لا تتغير عبر الزمان (خطبة)(مقالة - آفاق الشريعة)
  • البر بالوالدين دين ودين (خطبة)(مقالة - آفاق الشريعة)
  • الوصية بالوالدين (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة: العناية بالوالدين وبرهما(مقالة - آفاق الشريعة)
  • وبالوالدين إحسانا (خطبة)(مقالة - آفاق الشريعة)
  • بر الوالدين عبادة تحفظ العمر وترفع القدر وتفتح أبواب السماء (خطبة)(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • رغم صعوبات النقل مساعدات إسلامية مستمرة لمتضرري فيضانات نيبال
  • دورتان للفتيات والفتيان حول الزواج والحياة الأسرية في قازان
  • تتويج متميزين في المسابقة الوطنية للمعارف الأساسية للإسلام ببلغاريا
  • بعد 13 عاما حلم أسرة يتحول إلى أول مسجد في سوتوفو
  • مسجد الأنجام يضيف صرحا إسلاميا جديدا إلى زيلينودولسك
  • شباب المسلمين في ملبورن على موعد مع مؤتمر «تحديات، مسؤوليات، تأثير»
  • بعد 129 عاما مسجد رجب التاريخي يتجدد في تتارستان
  • آلاف الأطفال يتنافسون في القرآن والمعرفة الإسلامية في أقاليم بلغاريا

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1448هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 27/3/1448هـ - الساعة: 15:54
أضف محرك بحث الألوكة إلى متصفح الويب