• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    يسر الشريعة وشمولية الأجر (خطبة)
    الشيخ أحمد إبراهيم الجوني
  •  
    الحقد الرافضي ونصر الله لأوليائه (خطبة)
    الشيخ عبدالله بن محمد البصري
  •  
    إشاعة الفاحشة
    نورة سليمان عبدالله
  •  
    سعد بن معاذ رضى الله عنه وأرضاه (خطبة)
    د. محمد حرز
  •  
    ميلاد الأخلاق والقيم (خطبة)
    د. عبد الرقيب الراشدي
  •  
    خلق الحياء وتحديات العصر (خطبة)
    د. عبدالرزاق السيد
  •  
    أمن الوطن أمانة ومسؤولية (خطبة)
    الشيخ محمد بن إبراهيم السبر
  •  
    المخالفات الشرعية المتعلقة بالعقود وأقسامها: ...
    د. نايف بن محمد اليحيى
  •  
    الحوار الأسري وأثره في استقرار البيوت (خطبة)
    ياسر عبدالله محمد الحوري
  •  
    جرائم باسم الدين: بين ثقافة الخضوع وضرورة التصحيح
    محمد حسين حسن
  •  
    تأملات في اسم الله المهيمن
    أ. د. وجيه يعقوب السيد
  •  
    تفسير قوله تعالى: {إن في خلق السماوات والأرض ...
    الشيخ أ. د. سليمان بن إبراهيم اللاحم
  •  
    ثم ماذا بعد هذا؟!
    أمل محمد
  •  
    عطاء المحاريب (خطبة)
    د. محمد بن عبدالله بن إبراهيم السحيم
  •  
    خطورة الدَّين (خطبة)
    عبدالحميد أحمد عبدالحميد طايل
  •  
    بر الوالدين جهاد في سبيل الله
    د. خالد بن محمود بن عبدالعزيز الجهني
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

الله الغفور الغفار (خطبة) (باللغة النيبالية)

الله الغفور الغفار (خطبة) (باللغة النيبالية)
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 3/7/2024 ميلادي - 28/12/1445 هجري

الزيارات: 4841

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

शीर्षक: अल्लाह तआला जो अत्यन्त क्षमाशील र माफी गर्ने वाला हुनुहुन्छ

 

पहिलो सम्बोधन:

 

الحمد لله الواسع المجيد النصير الكافي المتين القدير، وأشهد أن لا إله إلا الله وحده لا شريك له، الغفور الودود الكبير، وأشهد أن محمدًا عبده ورسوله خُلقه القرآن، أكرم بالشفاعة وأعلى الجنان، صلى الله عليه وعلى آله وصحبه وسلم تسليمًا كثيرًا أما بعد:

म तपाइँहरु र स्वयं आँफैलाई अल्लाहप्रति ईशभय राखी भक्ति अवलम्बन गर्न सल्लाह दिन्छु

﴿ يَا أَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ وَآمِنُوا بِرَسُولِهِ يُؤْتِكُمْ كِفْلَيْنِ مِنْ رَحْمَتِهِ وَيَجْعَلْ لَكُمْ نُورًا تَمْشُونَ بِهِ وَيَغْفِرْ لَكُمْ وَاللَّهُ غَفُورٌ رَحِيمٌ ﴾ [الحديد: 28].


अनुवाद:

हे आस्थावानहरू हो ! अल्लाहको भय गर र उनका रसूलमाथि ईमान ल्याऊ । उनले आफ्नो कृपाको दुईगुणा अंश प्रदान गर्नेछन् । अनि, उनले तिमीहरूलाई प्रकाश प्रदान गर्नेछन् जसको उज्यालोमा तिमीहरू हिंड्डुलल गर्नेछौ र तिमीहरूका पापहरू माफ गर्नेछन् । अल्लाह क्षमाशील एवं परम दयालु छन् (अल- हदीद: 28).


परम दयालु अल्लाहका भक्तहरु ! अल्लाह सर्वशक्तिमानको बारेमा कुरा गर्दा, हाम्रो हृदय कोमलताले भरिन्छ, आस्था बढ्छ र जब आस्था बलियो हुन्छ, तब आस्थावान व्यक्ति अल्लाहको आज्ञाकारिता र उपासनाप्रति उत्प्रेरित हुन्छ र पाप र अवज्ञालाई घृणा गर्दछ । अल्लाहको स्मरण र स्तुतिका बैठक महत्व र श्रेष्ठता बारे यो पनि प्रमाणित छ कि स्वर्गदूत फरिश्ताहरू मानवका यस्ता बैठक वा भेलाहरूलाई ढाक्दछन् र तिनीहरू अल्लाहको करुणाको छत्रछाँयामा हुने गर्दछन, यी बैठकहरुमा शान्ति र गरिमाको बर्सात हुने गर्दछ , अल्लाहले स्वयं आफूकहाँ (फरिश्ताहरू बीच) तिनीहरूको चर्चा गर्नुहुन्छ र तिनीहरूको पाप क्षमा गरिदिनुहुन्छ । त्यसकारण, हामी अल्लाहको अनुग्रहको लागि प्रार्थना गर्छौं, आज हामी अल्लाहको प्रिय नाम (अल- गफूर) को बारेमा कुरा गर्नेछौं ।

 

हे आस्थावान भाइहरू! अल्लाहको क्षमामा मानिसहरुको पाप क्षमा गर्ने र साथ् साथै उनीहरुबाट भएका गल्तिहरुको ढाकछोप गर्नुपनि समावेश रहेको छ । अल्लाहको नाम (अल- गफूर) को पर्यायवाची नाम गाफिर- ज्ज़नब (पापहरूको क्षमा गर्ने) पनि रहेको छ । यो नाम कुरानमा एक पटक उल्लेख भएको छ

﴿ غَافِرِ الذَّنْبِ وَقَابِلِ التَّوْبِ شَدِيدِ الْعِقَابِ ذِي الطَّوْلِ لَا إِلَهَ إِلَّا هُوَ إِلَيْهِ الْمَصِيرُ ﴾ [غافر: 3].


उनी पापमोचक, प्रायश्चित स्वीकारकर्ता, कठोर दण्डदाता र अनुग्रही छन् । उनीबाहेक अरू कोही उपास्य छैन । उनैतर्फ फर्केर जानुछ । (गाफिर- 3)

 

(अल- गफूर) को समान अर्थ दिने एक नाम (अल- गफार) पनि हो, यो नाम पवित्र कुरानमा पाँच ठाउँमा उल्लेखित छ, जसमध्ये अल्लाहको भनाइ छ:

﴿ وَإِنِّي لَغَفَّارٌ لِمَنْ تَابَ وَآمَنَ وَعَمِلَ صَالِحًا ثُمَّ اهْتَدَى ﴾ [طه: 82]


तर, जुन व्यक्तिले प्रायश्चित गर्छ, ईमान ल्याउँछ, सत्कर्म गर्छ र सत्मार्गमा स्थिर रहन्छ त्यसकोलागि म अति क्षमाशील छु । (ताहा- 82)


शेख साअदीले अल्लाहको यस भनाई (गफार) बारेमा भन्नुहुन्छ, “यसको अर्थ: ‘सबैभन्दा क्षमाशील र परम दयालु’ हो । ”


अतः (अल- गफुर) नाम बारे भन्नु पर्दा, यो नाम पवित्र कुरान मा ९१ ठाउँमा उल्लेख गरिएकोछ, ती मध्ये यो नाम (अल- रहिम) नाम संग (७२) ठाउँमा जोडिएर आएको छ , मानौं कि यसले कारणलाई परिणामसँग जोडिरहेको छ । किनकि मानिसहरुले अल्लाहको कृपाकै कारणले क्षमा प्राप्त गर्दछन्, र नाम (अल- गफूर) (अल- अजीज) नामको साथमा पनि उल्लेख गरिएको छ:

﴿ خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ بِالْحَقِّ يُكَوِّرُ اللَّيْلَ عَلَى النَّهَارِ وَيُكَوِّرُ النَّهَارَ عَلَى اللَّيْلِ وَسَخَّرَ الشَّمْسَ وَالْقَمَرَ كُلٌّ يَجْرِي لِأَجَلٍ مُسَمًّى أَلَا هُوَ الْعَزِيزُ الْغَفَّارُ ﴾ [الزمر: 5]


उनैले आकाशहरू तथा पृथ्वी नितान्त सत्यकासाथ सृष्टि गरे । उनी रातलाई दिनले र दिनलाई रातले बेर्छन् । उनले सूर्य एवं चन्द्रमालाई सेवामा खटाएका छन् । ती सबै एउटा निश्चित समयसम्म कार्यएरत् रहनेछन् । जानिराख ! उनी नै प्रभुत्वशाली एवं अत्यन्त क्षमाशील छन् । (ज़ुमर-5)

 

यी दुई नामहरू बीचको संयोजनको कारण यो हो कि मानिसले अल्लाहको क्षमा उहाँको प्रतिष्ठा, क्षमता र शक्तिद्वारा हासिल गर्दछ , उहाँको कुनै कमजोरी र असमर्थता कारणले होइन । त्यसैले मानिसहरु त्यस व्यक्तिको सम्मान गर्दछन जो शक्ति र ताकत भएको बावजुद पनि गल्ती गर्नेलाई माफ गर्दछ ।


त्यसैगरी, नाम (अल- गफूर) पनि (अल- वदुद) नामको साथ उल्लेख गरिएको छ। अल्लाह सर्वशक्तिमान भन्नुहुन्छ:

﴿ وَهُوَ الْغَفُورُ الْوَدُودُ ﴾ [البروج: 14]

र, उनी अति क्षमाशील अनि अत्यन्त स्नेही पनि छन् । (बुरूज 14)


यस आयतमा, आस्थावानहरुका लागि खुसीको खबर छ कि अल्लाहले आफ्ना भक्तहरुलाई क्षमा गर्नुहुन्छ र उनीहरुलाई माया गर्नुहुन्छ । जसरी अल्लाहले आफ्नो बारेमा भन्नुभयो:

﴿ إِنَّ اللَّهَ يُحِبُّ التَّوَّابِينَ وَيُحِبُّ ﴾ [البقرة: 222]

निस्सन्देह अल्लाह धेरै तौबा (प्रायश्चित) गर्ने तथा सफासुग्घर रहनेहरूलाई मन पराउँछन् । (बक़रह- 222)


जहाँ मानिसको अवस्था यस्तो छ कि माफ गरे पनि माया गर्दैन र कहिले माफ गरे पनि आतंक र दुर्व्यवहार भने यथावत रही रहन्छ । तर (अल्लाह) जो अल- गफूर (परम क्षमाशील्) अल- करीम (परम दयावान) हुनुहुन्छ, त्यसो गर्नुहुदैन !


प्रिय नाम (अल- गफूर) पनि (अल- अफु) संगपनि उल्लेख गरिएको छ:

﴿ إِنَّ اللَّهَ كَانَ عَفُوًّا غَفُورًا ﴾ [النساء: 43]

निस्सन्देह अल्लाह क्षमाशील एवं कृपावान छन् । (निसा- 43)


यी दुई नाम समान अर्थ राख्दछन, यि नामहरुमा छानबिन र पक्राउ नगर्ने भाव झल्कन्छ अझं अल-गफूर नाममा ढाकछोप गर्नुको थप अर्थ पाइन्छ । त्यसैले यस शब्द बाट साभार गरिएको अर्को शब्द मिग्फ़र छ जुन लडाकुले लगाउने कवच सँग जोडिएको टोपीलाई लाई भनिन्छ जसले उसलाई लडाईको समयमा उसको टाउकोलाई ढाकेको हुन्छ ।


अल्लाहका आस्थावान भक्तहरु !


अल्लाह तआलाले आफूलाई अल-गफूर (क्षमा गर्नेवाला) भनेर चिनाउनु भएको छ, किनकि उहाँलाई थाहा थियो कि जब उहाँले प्राणीहरू सृष्टि गर्नुभयो, तिनीहरूले पाप गर्नेछन् र क्षमा माग्नेछन् ।


एक सहि हदीसमा आएको छ कि कसम छ उसको जसको हातमा मेरो जीवन छ ! यदि तिमीहरु (मानिसहरूले) पाप गर्न छोडीदियौ भने, अल्लाहले तिमीहरुलाई यस संसारबाट हटाउनेछन (तिम्रो स्थानमा) त्यस्तो मानिसहरु ल्याउनेछन जसले पाप गर्छन् र अल्लाहसँग क्षमा माग्छन्, र उहाँले तिनीहरूलाई क्षमा गर्नुहुनेछ । (मुस्लिम)

 

अबू हुरैराहबाट कथन गरिएको छ कि उहाँले बयान गर्नु भयो कि मैले अगमवक्ता स. बाट सुने, उहाँले भन्नुभयो: : " एक व्यक्तिले धेरै पापहरू गर्यो र भन्यो : हे मेरो प्रभु ! म तपाईंकै पापी दास हुँ, मलाई क्षमा गर्नुहोस् । सर्वोच्च अल्लाहले , भन्नुभयो: मेरो दासलाई थाहा छ कि उसको एक प्रभु हुनुहुन्छ जसले पापहरू क्षमा गर्नुहुन्छ र पापहरूको कारणले तिनीहरूलाई दण्ड दिनुहुन्छ । मैले मेरो दासलाई क्षमा गरेको छु। त्यसपछि त्यो व्यक्ति अल्लाहले इच्छा गरेसम्म रह्यो र त्यसपछि उसले पाप गर्यो र भन्यो: हे मेरो प्रभु ! मैले फेरि पाप गरें, यसपटकलाई पनि माफ गर्नुहोस् । अल्लाहले भन्नुभयो: मेरो दासलाई थाहा छ कि उसको प्रभु पाप माफ गर्नुहुन्छ र बदलामा दण्ड दिनुहुन्छ, मैले मेरो भक्तलाई माफ गरिदिएँ । तब त्यो यक्ति अल्लाहले चाहेको निश्चित समय सम्म पापबाट टाढा रह्यो । तब उसले फेरी पाप गर्यो र अल्लाह समक्ष भन्यो: हे मेरो प्रभु! मैले फेरि पाप गरें मलाई क्षमा गर्नुहोस् अल्लाहले भन्नुभयो: मेरो दासलाई थाहा छ कि उसको प्रभु पाप माफ गर्नुहुन्छ र बदलामा दण्ड दिनुहुन्छ, मैले मेरो भक्तलाई माफ गरिदिएँ । तीन पटक, त्यसैले अब जे मन लाग्छ गरोस ।" (बुखारी र मुस्लिम) ।


यदि शैतान आएर तपाईसामु पाप र कुकर्मलाई सरलिकरण गरि पेश गर्छ भने , तपाईले उसलाई भन्नु पर्छ, हे दुष्ट:

﴿ إِنَّ اللَّهَ يُحِبُّ الْمُتَّقِينَ ﴾ [التوبة: 4]

निस्सन्देह अल्लाह भय राख्नेहरूलाई मन पराउँछन् । (तौबा 4)


त्यसैगरी यसो पनि भन्नुपर्छ

﴿ إِنَّ الَّذِينَ يَخْشَوْنَ رَبَّهُمْ بِالْغَيْبِ لَهُمْ مَغْفِرَةٌ وَأَجْرٌ كَبِيرٌ ﴾ [الملك: 12]

निस्सन्देह ती व्यक्तिहरू जो आफ्ना पालनकर्तासित उनलाई नदेखिकनै डराउँछन्, तिनीहरूकालागि क्षमादान र महान प्रतिफल रहेको छ । (मुल्क- 12)


मेरा प्यारा दाजुभाईहरु, सर्वशक्तिमान अल्लाहले जब इसाईहरुका भनाई जिकिर गर्नुभयो कि

﴿ إِنَّ اللَّهَ ثَالِثُ ثَلَاثَةٍ ﴾ [المائدة: 73]

अल्लाह तीनमध्ये तेस्रा हुन् (माइदा- 73)


त्यसपछि उहाँले भन्नुभयो

﴿ أَفَلَا يَتُوبُونَ إِلَى اللَّهِ وَيَسْتَغْفِرُونَهُ وَاللَّهُ غَفُورٌ رَحِيمٌ ﴾ [المائدة: 74]

के तिनीहरू अल्लाहतर्फ फर्कने छैनन् र उनीसँग क्षमायाचना गर्ने छैनन् ? जबकि अल्लाह अति क्षमाशील एवं परम दयालु छन् । (माइदा- 74)


हे अल्लाह! हामीलाई माफ गर्नुहोस् ती गल्तिहरुबाट जुन हामीले पहिले गरेका थियौं र जुन हामीले पछि गर्यौं, जुन हामीले के लुकेर गर्यौं र जुन हामीले खुल्लमखुल्ला गर्यौं, र तीं बाट पनि जसमा हामीहरु हदभन्दा बढ्दै गयौं र तीं गल्तिहरुबाट जसबारे हजुर हामीभन्दा बढी जानकार हुनुहुन्छ हजुर नै हुनुहुन्छ जसले (जसलाई चाहानुहुन्छ) अगाडि बढाउनुहुन्छ र (जसलाई चाहानुहुन्छ) रोक्नुहुनेछ । (राम्रो काम गर्न सौभाग्य प्रदान गर्नुहुन्छ अथवा त्यसबाट वञ्चित राख्नुहुन्छ) हजुर बाहेक कोही पुज्य छैन ।


﴿ رَبِّ اغْفِرْ وَارْحَمْ وَأَنْتَ خَيْرُ الرَّاحِمِينَ ﴾ [المؤمنون: 118].

हे रब ! क्षमा प्रदान गर र दया गर । तिमी सर्वश्रेष्ठ दयावान छौ । मुमिनुन-118

 

दोस्रो सम्बोधन:

الحمد لله القائل : ﴿ نَبِّئْ عِبَادِي أَنِّي أَنَا الْغَفُورُ الرَّحِيمُ * وَأَنَّ عَذَابِي هُوَ الْعَذَابُ الْأَلِيمُ ﴾ [الحجر: 49، 50]، وصلى الله وسلم على نبيه المخبر عن ربه أنه ينادي كل ليلة في الثلث الأخير: "هل من مستغفر فأغفر له"، وعلى آله وصحبه

 

हम्द व सलातको पश्चात

अल- गफूर (अल्लाह) को कृपा हो कि उहाँले हाम्रो लागि धेरै कर्महरूलाई पापको क्षमाको माध्यम बनाउनुभएको छ, त्यसैले तौहीद, दैनिक पाँच नमाज, प्रार्थनाको लागि हिंड्नु, नमाज पछि मस्जिदमा बसिराख्नु, एक पछि अर्को प्रार्थनाको पर्खाइमा बस्ने आदि आर्यलाई क्षमा प्राप्त गर्ने माध्यम बनाइएको छ । त्यसैगरी, शुक्रबारको नमाज, रमजानको रोजा र तहज्जुद, शबे कद्रको रातमा उपासना गर्नु (कयाम अल- लैल), सदकाह गर्नु /दान दिनु र हज, सम्पूर्ण जिक्र/ तस्बीह र असल कर्महरूलाई क्षमा प्राप्त गर्ने माध्यम बनाइएको छ । कहिलेकाँही अल्लाह तआलाले मानिसको कुनै यस्तो कार्यको परिणाममा पनि क्षमा गरिदिनुहुन्छ जसलाई त्यस व्यक्तिले कुनै महत्व दिएको हुदैन ।


परम दयालु रहमानका सेवकहरू ! अल्लाहको परम दयालु नाम (अल- गफूर) मा आस्था राख्दा व्यक्तिमा धेरै प्रभावहरू हुन्छन्, जस्तै: अल्लाहप्रतिको प्रेम, उहाँका सेवकहरूप्रति उहाँको दया र तिनीहरूका पापहरू क्षमा गरेकोमा उहाँप्रति कृतज्ञता ।


यी प्रभावहरू मध्ये यो पनि रहेको हुन्छ कि : अल्लाहबाट टाढा भएकाहरूका लागि आशाको ढोका खोलिएको हुन्छ । क्षमाशील र परम दयालु अल्लाह भन्नुहुन्छ:

 

﴿ قُلْ يَا عِبَادِيَ الَّذِينَ أَسْرَفُوا عَلَى أَنْفُسِهِمْ لَا تَقْنَطُوا مِنْ رَحْمَةِ اللَّهِ إِنَّ اللَّهَ يَغْفِرُ الذُّنُوبَ جَمِيعًا إِنَّهُ هُوَ الْغَفُورُ الرَّحِيمُ ﴾ [الزمر: 53]

भनिदेऊ– स्वयंमाथि अन्याय गरेका मेरा भक्तहरू हो ! तिमीहरू अल्लाहको कृपाबाट निराश नहोऊ । निश्चय नै अल्लाहले सम्पूर्ण पापहरू क्षमा गर्नेछन् । निस्सन्देह उनी अत्यन्त क्षमाशील एवं परम दयालु छन् । (अल- जुमर: 53)


यी प्रभावहरू मध्ये यो पनि छ:मानिस (सेवक) ले धेरै राम्रो काम गर्दछ, अल्लाह भन्नुहुन्छ:

﴿ إِنَّ الْحَسَنَاتِ يُذْهِبْنَ السَّيِّئَاتِ ﴾ [هود: 114]

निस्सन्देह पुण्यकर्महरूले पापहरूको निवारण गर्छन् । [हूद: 114]

 

हदीसमा उल्लेख छ कि: "एउटी व्यभिचारी महिलालाई यसकारण माफी दिइयो किनभने उसको नजर एउटा तिर्खाएको कुकुरमा परेको थियो जो इनारको छेउमा छटपटिएर बसेको थियो र जिब्रो निकालेर मर्न लागेको थियो । त्यस महिलाले आफ्नो जुत्तालाई दुपट्टामा बाँधेर त्यो कुकुरको लागि इनारबाट पानी निकाली, केवल त्यहि सत्कर्मका कारण उसलाई माफी दिइयो ।" (बुखारी र मुस्लिम)


अल्लाहको प्रिय नाम (अल- गफुर) मा आस्था राख्नाको परिणाममध्ये एक यो पनि हो कि : एक व्यक्ति प्राय: आफ्नो लागि, आफ्ना आमाबाबु र मुस्लिम भाइहरूका लागि माफी र क्षमाको लागि प्रार्थना गर्दछ, किनकि माफी माग्नु पाप मेटाउने औषधि र हृदयको रोग निर्मूल पार्ने माध्यम पनि हो । क्षमाको लागि प्रार्थना गर्नाले जसको पाप क्षमा भइसकेको छ उसलाई पनि फाइदा हुन्छ अर्थात् उसको दर्जाको स्तरोन्नति हुन्छ । हदीसमा उल्लेख छ: "स्वर्गमा मानिसको दर्जा बढाइने छ र उसले भन्नेछ, “यो के कारणले भयो ?” जवाफमा भनिनेछ, “तिम्रा सन्तानले तिम्रालागी क्षमयाचना र बिन्ती गर्नाको कारणले ।" (यो इब्न माजा द्वारा वर्णन गरिएको छ र शेख अल्बानीले सहिह भन्नुभएको छ) ।


अल्लाहको बहुमूल्य नाम (अल- गफूर) मा आस्था राख्नाको परिणाममध्ये एक यो पनि हो कि : मानिस अल्लाहप्रति सदा आशावादी रही रहन्छ , मानिस (सेवक) सधैं आफ्नो प्रभुलाई प्रार्थना गर्दछ र कुकर्म गर्न प्रभुदेखि लाज महसुस गर्दछ । साथै, यसको प्रभावहरू मध्ये यो पनि हो कि: (मानिस) अन्य मानिसहरूका पापहरू क्षमा गर्न र तिनीहरूका गल्तीहरू ढाक्नको लागि आफ्नै आत्म- प्रयास गर्दछ । अल्लाहले आफूप्रति ईश्भय राख्ने व्यक्तिहरुको बारे भन्नुभएको छ

﴿ وَالْعَافِينَ عَنِ النَّاسِ ﴾ [آل عمران: 134]

मानिसहरूलाई क्षमा गर्छन् । (आल-ए –इमरान 134)


﴿ وَلْيَعْفُوا وَلْيَصْفَحُوا أَلَا تُحِبُّونَ أَنْ يَغْفِرَ اللَّهُ لَكُمْ وَاللَّهُ غَفُورٌ رَحِيمٌ ﴾ [النور: 22]

उनीहरूले माफी दिऊन् र बेवास्ता गर। के अल्लाह तिमीहरूलाई क्षमा गरून् भन्ने कुरा चाँहदैनौ ? र, अल्लाह त अति क्षमाशील एवं परम दयालु छन् । (नूर-22)

 

एक हदीस मा उल्लेख छ कि: "एक व्यक्तिले मानिसहरूलाई ऋण दिने गर्थे, उसले आफ्नो सेवकलाई भन्दथे कि जब तिमी कुनै गरीब व्यक्तिकहाँ जान्छौ, उसलाई माफ गर, हुनसक्छ हामीले यसो गर्नाले अल्लाहले हामीलाई पनि माफ गरिदिन सक्छन, त्यसैले जब उ सर्वशक्तिमान् अल्लाहसामु उपस्थित भयो, अल्लाहले उसलाई माफ गरिदिनु भयो ।" (मुस्लिम)


आफन्तले आफन्तसँग, सहकर्मीले सहकर्मीसँग, शिक्षकले विद्यार्थीसँग र श्रीमान्ले श्रीमतीसँग एक आपसमा माफीको अभ्यास गर्यौं भने कति राम्रो हुनेथियो ।


अनुवाद: गल्तीमा घेरिएको व्यक्ति पीडाको फन्दामा फसेको हुन्छ । धेरै पटक गुनासो गर्ने व्यक्तिसँग थोरै सहारा हुन्छ । उसले तपाईंबाट क्षमाको आशा गरि रहेको छ र केवल तपाईंले अवज्ञाकारी र लापरवाहहरूलाई आफ्नो कृपा बर्साउनु हुन्छ हे मेरा संरक्षक ! मलाई आफ्नो वरदान दिनुहोस्, मेरो प्रार्थना स्वीकार गर्नुहोस् र मलाई राम्रो काम गर्न सक्षम बनाउनुहोस् ।


नबि मुहम्मद सल्लल्लाहू अलैही व सल्लम माथि सलाम पढ्दै गर्नुहोस


लेखक: शेख हुसाम बिन अब्दुल अजिज अल- जिबरीन


अनुवादक: मोहम्मद युसुफ

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • الله الغفور الغفار (خطبة)
  • الله الغفور الغفار (خطبة) (باللغة الهندية)
  • خطبة: أحاديث عن شر الخبيث (1) (باللغة النيبالية)
  • احذر مظالم الخلق (خطبة) (باللغة النيبالية)
  • أسباب التوفيق للعمل الصالح والتقوى (خطبة) (باللغة النيبالية)
  • الاعتراف يهدم الاقتراف (خطبة) (باللغة النيبالية)
  • الله الرفيق (خطبة) (باللغة النيبالية)
  • خطبة: يحب لأخيه ما يحب لنفسه - باللغة النيبالية
  • خطبة: بر الوالدين (باللغة النيبالية)

مختارات من الشبكة

  • وقفات مع اسم الله الغفار (خطبة)(مقالة - آفاق الشريعة)
  • تفسير: {وقالوا الحمد لله الذي أذهب عنا الحزن إن ربنا لغفور شكور} [فاطر: 34](مقالة - آفاق الشريعة)
  • تفسير: (ليوفيهم أجورهم ويزيدهم من فضله إنه غفور شكور)(مقالة - آفاق الشريعة)
  • أسماء الله الحسنى (الغفور)(مقالة - آفاق الشريعة)
  • بلدة طيبة ورب غفور (خطبة)(مقالة - آفاق الشريعة)
  • تفسير: (ومن الناس والدواب والأنعام مختلف ألوانه كذلك إنما يخشى الله من عباده العلماء إن الله عزيز غفور)(مقالة - آفاق الشريعة)
  • الملامح التربوية المستنبطة من قوله تعالى: {قل إن كنتم تحبون الله فاتبعوني يحببكم الله ...}(1)(مقالة - آفاق الشريعة)
  • من أقوال السلف في أسماء الله الحسنى: (العفو، الغفور، الغفار، التواب)(مقالة - آفاق الشريعة)
  • الله الغفور الغفار (خطبة) باللغة البنغالية(مقالة - آفاق الشريعة)
  • الغفور - الغفار - الغافر جل جلاله وتقدست أسماؤه(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • بعد سنوات من العمل والتبرعات.. افتتاح المركز الإسلامي في إيست سيراكيوز
  • اختتام برنامج تدريبي لتطوير مهارات القيادة والإدارة والتواصل للأئمة في توزلا
  • بعد 8 سنوات من البناء... مسجد جديد يفتح أبوابه بمدينة سومور الفرنسية
  • لأول مرة في تاريخها... إندونيسيا تطلق أول معرض لتلاوة القرآن الكريم بلُغة الإشارة
  • مساجد بريطانيا تفتح أبوابها أمام الجميع في النسخة الـ11 من «زر مسجدي»
  • «الرعاية معا».. مؤتمر طبي إسلامي يجمع 200 متخصص وطالب في أستراليا
  • التوسع في البرامج القرآنية للأطفال والبالغين في الفولغا مع بداية العام الدراسي
  • انطلاق أولى محاضرات موسم الشباب المسلم بتتارستان

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1448هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 17/4/1448هـ - الساعة: 11:9
أضف محرك بحث الألوكة إلى متصفح الويب