• الصفحة الرئيسية خريطة الموقع RSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
  • Facebook
  • Twitter
  • YouTube
  • Instagram
  • Telegram
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد   إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    انفراد الله بالرزق
    محمد بن قحطان سندي
  •  
    باب في الخطب
    د. خالد النجار
  •  
    خطبة: ( إن ربك لبالمرصاد )
    الشيخ عبدالخالق حنش
  •  
    اسم الله العلي
    خليل الحربي
  •  
    التيمم: أحكام فقهية ومعان تربوية (خطبة)
    رمضان صالح العجرمي
  •  
    الوقف الإسلامي بين الماضي والحاضر (1)
    د. عبدالسلام حمود غالب
  •  
    تخريج حديث: إذا قلس أحدكم فليتوضأ (1)
    الشيخ محمد طه شعبان
  •  
    تفسير: (وهم يصطرخون فيها ربنا أخرجنا نعمل صالحا)
    تفسير القرآن الكريم
  •  
    ولا تسرفوا إن الله لا يحب المسرفين (خطبة)
    د. خليل سيف المحيا
  •  
    حديث: أن غلاما لأناس فقراء قطع أذن غلام لأناس ...
    الشيخ عبدالقادر شيبة الحمد
  •  
    تفسير سورة آل عمران الآيات (31-32)
    يوسف بن عبدالعزيز بن عبدالرحمن السيف
  •  
    أنضرب أولادنا على الصلاة وهم أبناء عشر؟
    إبراهيم عمر الزيبق
  •  
    طرق تصحيح العقود المشتملة على مخالفات شرعية: ...
    د. نايف بن محمد اليحيى
  •  
    {إن معي ربي سيهدين}
    نورة سليمان عبدالله
  •  
    الرقية بالقرآن
    د. عبدالعزيز بن سعد الدغيثر
  •  
    سلسلة الميزان كيف نزن الشبهات (1) الجرح والتعديل ...
    د. هيثم بن عبدالمنعم بن الغريب صقر
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

عبودية استماع القرآن العظيم (خطبة) - باللغة النيبالية

عبودية استماع القرآن العظيم (خطبة) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 12/2/2025 ميلادي - 15/8/1446 هجري

الزيارات: 3811

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

موضوع الخطبة : عبودية استماع القرآن العظيم

कुरआन को पाठ सुन्नु पनि उपासना हो ।


﴿ الْحَمْدُ لِلَّهِ الَّذِي أَنزَلَ عَلَى عَبْدِهِ الْكِتَابَ وَلَمْ يَجْعَل لَّهُ عِوَجَا ﴾ [الكهف: 1]، نحمده حمدًا كثيرًا طيِّبًا مبارَكًا فيهِ، مبارَكًا عليْهِ كما يحبُّ ربُّنا ويرضى، وأشهد ألا إله إلا الله ﴿ لَهُ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ وَلَمْ يَتَّخِذْ وَلَدًا وَلَمْ يَكُن لَّهُ شَرِيكٌ فِي الْمُلْكِ وَخَلَقَ كُلَّ شَيْءٍ فَقَدَّرَهُ تَقْدِيرًا ﴾ [الفرقان: 2]، وأشهد أن محمدًا عبده ورسوله بشّر وأنذر، ورغّب وحذّر، صلى الله عليه وعلى آله وصحبه وسلم تسليمًا كثيرًا.

 

प्रशंसा र प्रार्थना पछि:

म तपाईंलाई र आफूलाई पनि ईशभय राख्न, त्यसलाई उजागर गर्ने कामहरू गर्न र त्यसलाई धमिल्याउने कामहरूबाट अलग रहन आदेश दिन्छु । किनभने ईशभयको पुरस्कार एउटा ठूलो स्वर्गको रूपमा मिल्नेछ जुन सदैव रहने र अत्यन्तै रमणीय हुनेछ ।

﴿ وَسَارِعُواْ إِلَى مَغْفِرَةٍ مِّن رَّبِّكُمْ وَجَنَّةٍ عَرْضُهَا السَّمَاوَاتُ وَالأَرْضُ أُعِدَّتْ لِلْمُتَّقِينَ ﴾ [آل عمران: 133].

 

अनुवाद: आफ्नो प्रभुको क्षमा र स्वर्गतर्फ दौड, जसको चौडाइ आकशहरु र धर्तीको बराबर छ, जसलाई ईशभय राख्ने वालाहरूको लागि तयार गरिएको छ ।


परम दयालु अल्लाहका भक्तहरू! पैगम्बर को यो घटनामा विचार गर्नुहोस् ।


अब्दुल्लाह बिन मसूदबाट वर्णन गरिएको छ कि अल्लाहका संदेश्टाले मलाई भन्नुभयो: “मेरो अगाडि पवित्र कुरान पढ।“ उहाँले भन्नुभयो: मैले भने: हे अल्लाहका संदेश्ट ! के मैले तपाईंलाई कुरआन सुनाउने? जबकि तपाईं माथिनै कुरआन अवतरित गरिएको हो । उँहाले भन्नुभयो: म यो अरू कसैबाट सुन्न चाहन्छु । त्यसैले मैले सुरा-निसा पढ्न थालें र जब म यो आयतमा पुगेँ:

﴿ فَكيفَ إذا جِئْنا مِن كُلِّ أُمَّةٍ بشَهِيدٍ، وجِئْنا بكَ علَى هَؤُلاءِ شَهِيدًا ﴾ [النساء: 41].


अनुवाद:के अवस्था होला त्यति बेला जब हामी हरेक उम्मत (समुदाय) बाट साक्षी खडा गर्नेछौं र (हे मुहम्मद स.!) तपाईंलाई यिनीहरूसमक्ष साक्षीको रूपमा उभ्याउनेछौं ?!


त्यस बेला उहाँले भन्नुभयो: “भयो भयो” वा उहाँले भन्नुभयो: “रोक ।“ मैले टाउको उठाए त्यस बखत उहाँको आँसु बगिरहेको थियो ।“ (बुखारी र मुस्लिम)


आस्थावान दाजुभाइहरू! कुरानको पाठ सुन्नु ठूलो उपासना हो । कुरआनको पाठ सुन्ने सम्बन्धमा हाम्रा पैगम्बरको कथा तपाईंले सुन्नु भयो । कुरआनमा धेरै आयतहरू छन् जसले यस उपासनाको महत्त्वको बारेमामा प्रकाश हाल्ने गर्दछन् । यी मध्ये एक आयतमा यो भनिएको छ कि कुरानको पठन सुन्नाले विश्वासको लागि खुराक मिल्नेछ ! सर्वशक्तिमान अल्लाहले भन्नुहुन्छ:

﴿ وَإِذَا تُلِيَتْ عَلَيْهِمْ آيَاتُهُ زَادَتْهُمْ إِيمَانًا ﴾ [الأنفال: 2].


अनुवाद: उहाँका आयतहरू पढेर सुनाउँदा उनीहरूको ईमान झन् बढ्न थाल्छ


कुरानको पठन सुन्नु ईश्वरको कृपाको ढोका हो सर्वशक्तिमान अल्लाहले भन्नुहुन्छ:

﴿ وَإِذَا قُرِئَ الْقُرْآنُ فَاسْتَمِعُواْ لَهُ وَأَنصِتُواْ لَعَلَّكُمْ تُرْحَمُونَ ﴾ [الأعراف: 204].


अनुवाद: र जब कुरआनको पाठ गरिन्छ तब त्यसलाई ध्यानपूर्वक सुन्ने गर तथा मौन धारण गर्ने गर ताकि तिमीहरूमाथि दया होस् ।


जब एक व्यक्तिले आफ्नो सर्वशक्तिमान् प्रभुको वचन सुन्दछ, उसको विश्वास बढ्छ र यसको प्रभाव उसको अंगअंगहरूमा पुग्छ, त्यसैले उसको आङ जिरिङ्ग हुने गर्छ।

﴿ اللَّهُ نَزَّلَ أَحْسَنَ الْحَدِيثِ كِتَابًا مُّتَشَابِهًا مَّثَانِيَ تَقْشَعِرُّ مِنْهُ جُلُودُ الَّذِينَ يَخْشَوْنَ رَبَّهُمْ ثُمَّ تَلِينُ جُلُودُهُمْ وَقُلُوبُهُمْ إِلَى ذِكْرِ اللَّهِ ذَلِكَ هُدَى اللَّهِ يَهْدِي بِهِ مَنْ يَشَاءُ وَمَن يُضْلِلْ اللَّهُ فَمَا لَهُ مِنْ هَادٍ ﴾ [الزمر: 23].

 

अनुवाद: अल्लाहले उत्तम वाणी अवतरण गरेका छन्– ग्रन्थ जसका आयतहरू परस्पर मिल्दाजुल्दा र बारम्बार पुनरावृत्ति गरिएका छन् जसलाई सुन्दा ती व्यक्तिहरूको आङ जिरिङ्ग हुन्छ जो आफ्ना पालनकर्ताको भय राख्छन् । फेरि उनीहरूका शरीर र हृदय नरम भएर अल्लाहको स्मरणतिर आकर्षित हुन्छन् । यो अल्लाहको मार्गदर्शन हो जसको माध्यमबाट उनी जसलाई चाहन्छन् सीधा मार्गमा डोर्याउँछन् र जसलाई अल्लाहले नै पथभ्रष्ट पार्छन् उसको कोही मार्गदर्शक हुन सक्दैन ।


परम दयालु अल्लाहका भक्तहरू! जब हृदय आस्थाले भरिन्पूर्ण हुन्छ, त्यसको प्रभाव आँखामा पुग्छ र आँसु बन्छ, यो कुरानको पठन सुन्नुको परिणाम हो।


सर्वशक्तिमान् अल्लाहले भन्नुहुन्छ:

﴿ وَإِذَا سَمِعُواْ مَا أُنزِلَ إِلَى الرَّسُولِ تَرَى أَعْيُنَهُمْ تَفِيضُ مِنَ الدَّمْعِ مِمَّا عَرَفُواْ مِنَ الْحَقِّ يَقُولُونَ رَبَّنَا آمَنَّا فَاكْتُبْنَا مَعَ الشَّاهِدِينَ ﴾ [المائدة: 83]

अनुवाद: र, जब उनीहरू संदेष्ठामाथि अवतरित वाणी सुन्दछन् तब उनीहरूका आँखाबाट सत्यबोधको कारणले आँसु बगेको तिमी देख्नेछौ । र, उनीहरू प्राथना गर्छन्। हे हाम्रा पालनकर्ता हामीले ईमान ल्यायौँ अतः साक्षी दिनेहरूमा हामीलाई पनि सामेल गर ।


जब कुनै सेवकले आफ्नो सर्वश्रेष्ठ अल्लाहको वचन आफ्नो हृदयले सुन्दछ, उसको विश्वास बढ्छ र कहिलेकाहीँ यसको प्रभावले उसको आँखाबाट आँसु आउने गर्छ र ऊ अनियन्त्रित भएर रुन थाल्छ।


अल्लाहले भन्नुहुन्छ:

﴿ إِنَّ الَّذِينَ أُوتُواْ الْعِلْمَ مِن قَبْلِهِ إِذَا يُتْلَى عَلَيْهِمْ يَخِرُّونَ لِلأَذْقَانِ سُجَّدًا * وَيَقُولُونَ سُبْحَانَ رَبِّنَا إِن كَانَ وَعْدُ رَبِّنَا لَمَفْعُولًا * وَيَخِرُّونَ لِلأَذْقَانِ يَبْكُونَ وَيَزِيدُهُمْ خُشُوعًا ﴾ [الإسراء: 107 – 109].


अनुवाद: वास्तवमा जसलाई यस (ग्रन्थ) को ज्ञान प्रदान गरिएको छ, जब उनीहरूसमक्ष यसको पाठ गरिन्छ तब उनीहरू अनुहारले भुई छोएर ढोग गर्छन् । र, भन्छन्: पवित्र छन् मेरा पलनकर्ता। उनको वाचा अवश्य पूरा हुनेछ। अनि, उनीहरू रुँदै घोप्टो पर्छन् र यस कार्यले उनीहरूको विनम्रतालाई झन् बढाउँछ ।


अर्को ठाउँमा, अल्लाहले आफ्ना चुनिएका भक्तहरूको विशेषताहरू वर्णन गर्दै भन्नुहुन्छ:

﴿ أُوْلَئِكَ الَّذِينَ أَنْعَمَ اللَّهُ عَلَيْهِم مِّنَ النَّبِيِّينَ مِن ذُرِّيَّةِ آدَمَ وَمِمَّنْ حَمَلْنَا مَعَ نُوحٍ وَمِن ذُرِّيَّةِ إِبْرَاهِيمَ وَإِسْرَائِيلَ وَمِمَّنْ هَدَيْنَا وَاجْتَبَيْنَا إِذَا تُتْلَى عَلَيْهِمْ آيَاتُ الرَّحْمَن خَرُّوا سُجَّدًا وَبُكِيًّا ﴾ [مريم: 58].


अनुवाद: यी पैगम्बरहरू हुन्, जो अल्लाहका कृपापात्र भए जो आदमका सन्तानमध्येका थिए र ती व्यक्तिहरूका सन्तानमध्ये थिए जसलाई हामीले नूहकासाथ डुङ्गामा सवार गराएका थियौं अनि इब्राहीम तथा इस्राईलका सन्तानमध्ये पनि । अनि उनीहरू यस्ता व्यक्तिहरूमध्ये थिए जसलाई हामीले सीधा मार्ग देखाएका थियौं, र आफ्ना लागि चयन गरेका थियौं । यिनीहरूसमक्ष जब करुणामय (अल्लाह) का आयतहरू पाठ गरिन्थ्यो तब सज्दा गर्न थाल्थे र रुन थाल्थे ।

 


हामी हाम्रो प्रभुलाई नै हाम्रो हृदयको कठोरता बारे गुनासो गर्छौं!


परम दयालु अल्लाहका भक्तहरू! धेरै मानिसहरू कुरानको पठन राम्रोसँग गर्छन्, जुन एक महान र ईर्ष्यालु कार्य हो, तर तिनीहरू कुरानको पाठ सुन्न बाट आनाकानी गर्दछन्! हामीले भर्खर कुरानको पठन सुन्नको महत्त्वलाई उजागर गर्ने यस्ता आयतहरू दर्शाएका छौं, म यो फतवा तपाइँको सामु प्रस्तुत गर्दैछु!


एउटी महिलाले शेख बिन बाजलाई निम्न कुराको प्रश्न गरिन्:

एक व्यक्ति जसले क्यासेट मार्फत कुरानको पाठ सुन्छ, के उसको इनाम त्यो व्यक्ति जस्तै हुन्छ जसले कुरआन आफैं पढ्छ? किनकि म क्यासेट मार्फत बारम्बार कुरान सुन्छु, के यसले मेरो पुण्यलाई कम गर्छ?


उँहाले जवाफ दिनुभयो: हामी आशा गर्दछौं कि तपाईंले सुनेको पुण्य पढ्ने वाला जतिनै प्राप्त गर्नुहुनेछ, किनकि श्रोता पाठक जस्तै हो, किनकि श्रोता पाठकको साथी हो, त्यसैले यदि कसैले कुरआनको पाठ सही नियत र इमान्दारिताका साथ पुण्य कमाउने चाहनाका साथ सुन्छ भने पाठक र श्रोता दुवै इनाम र पुरस्कार प्राप्तिमा बराबर हुने भएकाले पाठकले जस्तै इनाम र पुरस्कार पाउने आशा राख्दछौं ।


हामी हाम्रा सबै इस्लामी दाजुभाइ तथा दिदीबहिनीहरूलाई कुरानको पठन सुन्न र त्यसमा मनन गर्न आग्रह गर्दछौं।


अल्लाहले मलाई र तपाईलाई किताब,सुन्नत र तिनीहरूमा जुन मार्गदर्शन र बुद्धिका शब्दहरू छन् त्यसबाट लाभान्वित गरून् । तपाईं सबै अल्लाह सित माफी माग्नु होस, निश्चय नै उहाँ सबैभन्दा क्षमाशील हुनुहुन्छ।


दोस्रो प्रवचन:

अलहमदुलिल्लाह...


प्रशंसा र प्रार्थना पछि:

विश्वासी भाइहरू! कुरानको प्रभावकारिता केवल आस्थावानहरूका लागि मात्र होइन, तर अधर्मी हरूलाई पनि असर गर्छ। जुबैर बिन मुत्इम जब कुरैशका अधर्मी थिए त्यस बेला उनी बदरका कैदीहरुको सिलसिलामा कुरा गर्न मुस्लिमहरू समक्ष पुगे, उनले देखे कि उनीहरू मगरिबको नमाज पढिरहेका थिए र पैगम्बर उनीहरूलाई अगुवाइ गर्दै थिए। उनी सुरा अल-तुर पढ्दै थिए। जुबैर बिन मुत्इम पैगम्बरको पठनले अत्यन्तै प्रभावित भए त्यस बखत उनी कुरैशका सरदार हरुमा गनिने गर्थे, जाबिर भन्छन्:


“मैले पैगम्बरलाई मगरिबको प्रार्थनामा सुरा अल-तुर पढ्दै गरेको सुनेको छु। जब उहाँ यो आयतमा पुग्नुभयो:

﴿ أَمْ خُلِقُوا مِن غيرِ شيءٍ أمْ هُمُ الخَالِقُونَ * أمْ خَلَقُوا السَّمَوَاتِ والأرْضَ بَلْ لا يُوقِنُونَ * أمْ عِنْدَهُمْ خَزَائِنُ رَبِّكَ أمْ هُمُ المُسَيْطِرُونَ ﴾ [الطور: 35 – 37].


अनुवाद: के यिनीहरूको सृष्टि विना आधारको नै भएको हो ? वा यिनीहरू आफैं स्रष्टा हुन्?


वा आकाशहरू तथा पृथ्वीलाई यिनीहरूले सृष्टि गरेका हुन् ? बरु यिनीहरू विश्वास नै राख्दैनन् ।


के तिम्रा पालनकर्ताको खजाना यिनीहरूको नियन्त्रणमा छ ? वा यिनीहरू नै नियन्त्रक हुन्?


के यिनीहरूसँग यस्तो भर्याङ्ग छ जसको माध्यमबाट (माथिल्लो लोकको कुरा) कान थापेर सुन्ने गर्छन् ?त्यसो हो भने सुन्ने व्यक्तिले स्पष्ट प्रमाण ल्याओस् ।


त्यस बेला मेरो मुटु फुट्नै लागेको थियो (यस हदीस लाई बुखारी ले वर्णन गर्नु भएको छ), एउटा अर्को व्रणनमा यो कुरा आएको छ: मैले पैगम्बरलाई मग्रीबको प्रार्थनामा सुरा अल-तुर पढ्दै सुन्दा त्यो पहिलो पटक थियो जब मेरो हृदयमा आस्था बसेको थियो। ” (बुखारी)


विश्वासी भाइहरू!

कुरआन सुन्दा प्रभावित हुनु मानवजातिको लागि मात्र होइन, सर्वशक्तिमान अल्लाहले नदेखिने प्राणीहरू पनि यसबाट प्रभावित हुने खबर दिएका छन्:

﴿ قُلْ أُوحِيَ إِلَيَّ أَنَّهُ اسْتَمَعَ نَفَرٌ مِّنَ الْجِنِّ فَقَالُوا إِنَّا سَمِعْنَا قُرْآنًا عَجَبًا ﴾ [الجن: 1].


अनुवाद: (हे नबी स.!) भनि दिनुहोस् म तर्फ आकाशवाणी गरिएको छ कि जिन्नको एउटा टोलीले ध्यानपूर्वक (कुरआन) सुन्यो र भन्यो– हामीले आश्चर्यजनक कुरआन सुनेका छौं ।


अर्को ठाउँमा, अल्लाहले भन्नुहुन्छ:

﴿ وَإِذْ صَرَفْنَا إِلَيْكَ نَفَرًا مِّنَ الْجِنِّ يَسْتَمِعُونَ الْقُرْآنَ فَلَمَّا حَضَرُوهُ قَالُوا أَنصِتُوا فَلَمَّا قُضِيَ وَلَّوْا إِلَى قَوْمِهِم مُّنذِرِينَ ﴾ [الأحقاف: 29].

 

अनुवाद: र याद गर्नुहोस् जब हामीले जिन्नहरूको एउटा समूहलाई कुरआन सुन्नको लागि तपाईं तर्फ आकर्षित गर्यौं। त्यसैले जब तिनीहरू पैगम्बर समक्ष पुगे, तिनीहरू (एक अर्कालाई भने) चुप लाग, त्यसपछि जब तिनीहरूले पाठ समाप्त गरे, तिनीहरू आफ्ना आफन्तहरूलाई चेतावनी दिन फर्के।


ईशदूतहरू पनि कुरान सुन्न मन पराउँछन्! तसर्थ उसैद बिन हुदैर (रअ) ले वर्णन गर्नुभएको छ कि एक पटक उनी राती सुरा अल-बकारा पढ्दै थिए र उनको घोडा उनको नजिकै बाँधिएको थियो, घोडा उफ्रिन थाल्यो, उँहाले पाठ रोके र घोडा रोकियो। जब उनले पुन: पढ्न थाले, घोडा फेरि उफ्रन थाल्यो, जब उँहाले पाठ गर्न छोड्नु भयो, घोडा पनि रोकियो। जब उँहाले फेरि पढ्न थाल्नु भयो, घोडा पनि उफ्रन थाल्यो... उनी भन्छन्: मैले माथि हेरेँ र त्यहाँ छाता जस्तो केहि देखे जसमा धेरै बत्ती बलेको थियो। म बाहिर आएर हेरेँ। मैले केइ देख्न सकिन, अल्लाहका संदेश्टाले भन्नुभयो: “के तपाईंलाई थाहा छ त्यो के थियो? उहाँले भन्नुभयो: होइन मलाई थाहा छैन, उहाँले भन्नुभयो: तिनीहरू ईशदूतहरू थिए जो तपाईंको आवाज सुन्न नजिक आइरहेका थिए। यदि तपाईंले रातभर पढ्नुभएको भए, बिहान अरू मानिसहरूले तिनीहरूलाई देखने थिए र तिनीहरू लुक्न सक्दैन थिए। “ [बुखारी]


अल्लाहका दासहरू! अन्तिम कुरा यो हो कि कुरआनको पठन सुन्दा विश्वास बढ्छ, आनन्द र प्रशन्नता प्राप्त हुन्छ, आङ सिरिंग हुन्छ, आँखाबाट आँसु बग्न थाल्छ र मानिस अनियन्त्रित भएर रुन थाल्छ।


त्यसैले तपाईले बारम्बार कुरानको पठनको व्यवस्था गर्नुपर्दछ, हृदयलाई नरम बनाउने पाठकको खोजी गर्नुहोस्, र यस्तो वाचनकरतालाई सुन्नुहोस् जसको वाचनले तपाईको हृदयलाई नरम बनाउँछ, तपाईले सर्च इन्जिनमा धेरै हृदयलाई नरम बनाउने पाठहरू पाउनुहुनेछ.....

 

पैगम्बर तर्फ अभिवादन पठाउनुहोस् ।


उहाँमाथि शान्ति र सलामती होस्।


صلى الله عليه وسلم.

(सल्लल्लाहु अलैहि वसल्लम)

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • الدنيا بين الزاد والزهد (خطبة) - باللغة النيبالية
  • خطبة: صفة الصلاة (2) سنن قولية (باللغة النيبالية)
  • خطبة: صفة الصلاة (3) سنن فعلية (باللغة النيبالية)
  • الله السميع (خطبة) - باللغة النيبالية
  • عبودية استماع القرآن العظيم (خطبة) - باللغة البنغالية

مختارات من الشبكة

  • عبودية الدعاء (خطبة)(مقالة - موقع د. علي بن عبدالعزيز الشبل)
  • خطبة: عبودية الترك(مقالة - آفاق الشريعة)
  • شرف العبودية وعزها (خطبة)(مقالة - آفاق الشريعة)
  • السهر وإضعاف العبودية لله (خطبة)(مقالة - آفاق الشريعة)
  • ثناء القرآن على المهاجرين والأنصار (خطبة)(مقالة - آفاق الشريعة)
  • الأسرة التي يريدها القرآن (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة: عظمة القرآن وتعظيمه(مقالة - آفاق الشريعة)
  • خطبة " القرآن وتعدد النيات "(محاضرة - مكتبة الألوكة)
  • ابن عباس حبر الأمة وترجمان القرآن رضي الله عنه وأرضاه (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة: آفة السلبية ومعالم الإيجابية في القرآن والسنة(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • برعاية إسلامية .. "يوم المعرفة" في فيينا يطور مهارات المعلمين
  • برنامج أسبوعي لتعلم العربية والقرآن الكريم للأطفال في وارسو
  • ندوة إسلامية في فوشتري تستعرض سيرة النبي وتعاليمه
  • المركز الإسلامي في فيينا يستضيف ندوة لتعزيز الوعي حول الإسلام
  • بعد سنوات من العمل والتبرعات.. افتتاح المركز الإسلامي في إيست سيراكيوز
  • اختتام برنامج تدريبي لتطوير مهارات القيادة والإدارة والتواصل للأئمة في توزلا
  • بعد 8 سنوات من البناء... مسجد جديد يفتح أبوابه بمدينة سومور الفرنسية
  • لأول مرة في تاريخها... إندونيسيا تطلق أول معرض لتلاوة القرآن الكريم بلُغة الإشارة

  • بنر
  • بنر

تابعونا على
  • Facebook
  • Twitter
  • YouTube
  • Instagram
  • Telegram
حقوق النشر محفوظة © 1448هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 22/4/1448هـ - الساعة: 11:57
أضف محرك بحث الألوكة إلى متصفح الويب