• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مواقع المشرفين   مواقع المشايخ والعلماء  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    الاعتبار بتاريخ الحج والحجاج
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    سلسلة كلمات عشر ذي الحجة 1441هـ | تفسير سورة ...
    الدكتور علي بن عبدالعزيز الشبل
  •  
    خطبة عيد الأضحى المبارك: مواجهة المخاطر بالتوكل ...
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    ﴿ وما محمد إلا رسول قد خلت من قبله الرسل ﴾
    أ. د. فؤاد محمد موسى
  •  
    خطبة جمعة (أعظم الكرامة لزوم الاستقامة)
    الشيخ أ. د. عرفة بن طنطاوي
  •  
    عرفة .. والأضاحي
    الدكتور علي بن عبدالعزيز الشبل
  •  
    عظمة أنهار الجنة (خطبة)
    د. محمود بن أحمد الدوسري
  •  
    تفسير قوله تعالى : (قل إن صلاتي ونسكي ومحياي ...
    الدكتور علي بن عبدالعزيز الشبل
  •  
    خطبة العيد
    الدكتور علي بن عبدالعزيز الشبل
  •  
    فخاخ التفاوض.. 9 أخطاء قانونية تهدد مستقبل ...
    د. عبدالعزيز بن سعد الدغيثر
  •  
    برنامج معرفة الله (20) الدعاء باسم الحي
    الدكتور مثنى الزيدي
  •  
    سلسلة كلمات عشر ذي الحجة 1441هـ | علم الغيب
    الدكتور علي بن عبدالعزيز الشبل
  •  
    الحديث: كان فيما أنزل من القرآن: عشر رضعات ...
    الشيخ عبدالقادر شيبة الحمد
  •  
    الحج: فرضه.. وشروطه.. وتنظيمه
    الدكتور علي بن عبدالعزيز الشبل
  •  
    خطبة رفع الأوبئة
    الدكتور علي بن عبدالعزيز الشبل
  •  
    مقاصد سورة الحج (خطبة)
    د. صغير بن محمد الصغير
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

خطبة: صفة الصلاة (2) سنن قولية (باللغة النيبالية)

خطبة: صفة الصلاة (2) سنن قولية (باللغة النيبالية)
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 20/11/2024 ميلادي - 18/5/1446 هجري

الزيارات: 2523

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

नमाज का विधिहरू-२

मौखिक सुन्नतहरु

 

प्रथम खुत्बा:

الحمد لله العليم خفي الألطاف، المنان بنعم متعددة الألوان والأصناف، الكريم المجيب المؤمِّن لكل من ارتاع وخاف، وأشهد أن لا إله إلا الله وحده لا شريك له تواب غفار ولو كان من العبد إسراف وأشهد أن سيدنا محمدًا عبده ورسوله، متحل بكمال الأوصاف، صلِّ وسلِّم وبارك عليه وعلى آله وصحبه الأشراف.

 

प्रसंशा र प्रार्थना पछि:

म तपाईंलाई र आफैलाई अल्लाहको भय राख्ने आदेश गर्दछु, अल्लाहको भय राख्नु धेरै ठूलो विशेषता हो। साथै नमाज स्थापना गर्नु।


﴿ وَأَنْ أَقِيمُوا الصَّلَاةَ وَاتَّقُوهُ وَهُوَ الَّذِي إِلَيْهِ تُحْشَرُونَ ﴾ [الأنعام: 72].

अनि, (यो आदेश पनि दिइएको छ कि) नमाज कायम गर, उनैसँग डराऊ र उनैकहाँ तिमीहरू एकत्रित गरिनेछौ ।

 

आस्थावान दाजुभाइहरू! एकेश्वरवाद पछिको सबैभन्दा ठूलो उपासना नमाज पढ्नु हो भन्ने कुरा तपाईको ज्ञानबाट लुकेको छैन। पवित्र कुरानमा धेरै पटक नमाज स्थापना गर्न आदेश दिइएको छ। सादी भन्छन्: नमाज स्थापना गर्नु भनेको यसलाई बाहिरी रूपमा, अर्कान, वाजीबात र शर्तहरू सहित स्थापित गर्नु हो। त्यसैगरी यसलाई भित्री रूपमा त्यसको आत्मा का साथ अर्थात् दिल लगाएर, बोली वचन र कार्यले स्थापित गर्नु हो।

 

आदरणीय जनसमुदाय!यो महत्त्वपूर्ण छ कि हामीले यस कर्तव्यको न्यायशास्त्र र समझ प्राप्त गर्नुपर्दछ। जुन अल्लाहलाई सबैभन्दा प्रिय कार्य हो।अल्हम्दुलिल्लाह, हाम्रो समयमा हेर्न, पढ्न र सुन्न मिल्ने ज्ञानका स्रोतहरू सजिलै उपलब्ध छन्। नमाजको कति सुन्नतहरू यस्ता छन् जुनबाट हामी परिचित छैनौं, वा परिचित त छौं तर तिनीहरूलाई बेवास्ता गर्छौं। सबैभन्दा खराब अवस्था भनेको ननजको वाजिबात् वा अर्कान् वा सर्तहरूमा गल्ती गर्नु हो। वर्षौं हैन दशौं वर्ष बित्छन् र नमाजमा त्यो खराबी र कमी रही रहन्छ।


मालिक बिन अल-हुवैरिसको हदीसमा यो उल्लेख गरिएको छ: "तपाईंहरूले मैले प्रार्थना गरेको देखे जसरी नै प्रार्थना गर्नुहोस्" (बुखारी द्वारा यो वर्णन गरिएको छ)।


आस्थावान दाजुभाइहरू! एक मुस्लिम जसले आफ्नो प्रभुलाई माया गर्छ उसले आफ्ना अगमवक्ता (सल्लल्लाहु अलैहि वसल्लम) लाई आफ्नो वचन र कार्यमा समान रूपमा अनुसरण गर्दछ। विधिविदहरू भन्छन्: चाहे त्यो वचन र कर्म अनिवार्य होस् वा सुन्नत। किनकि अगमवक्ता (सल्लल्लाहु अलैहि वसल्लम) को पालना गर्नु प्रमाण हो कि त्यस भक्तले आफ्नो प्रभुलाई प्रेम गर्दछ। अल्लाह सर्वशक्तिमानले आफ्नो सन्देशवाहक मार्फत भन्नुभयो:

﴿ قُلْ إِنْ كُنْتُمْ تُحِبُّونَ اللَّهَ فَاتَّبِعُونِي يُحْبِبْكُمُ اللَّهُ وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ ﴾ [آل عمران: 31].

 

(हे सन्देष्टा!) भनिदेऊ– यदि तिमीहरू अल्लाहसँग प्रेम गर्छौ भने मेरो अनुसरण गर । अल्लाहले तिमीहरूसँग प्रेम गर्नेछन् र तिम्रा पापहरूलाई क्षमा गर्नेछन् । अल्लाह अत्यन्त क्षमाशील एवं परम दयालु छन् ।

 

यो आज्ञाकारिताले उसको सत्कर्मको पुण्यलाई अझैं बढाउँछ र उसको हृदयलाई नम्रताले भर्छ।

 

इस्लामी दाजुभाइहरु! आउनुहोस् नमाजका केही मौखिक सुन्नतहरूको चर्चा गरौं। नमाजमा पैगम्बर (अल्लाह सल्लल्लाहु अलैहि वसल्लम) को विभिन्न प्रकारका प्रार्थनाहरु उल्लेखित छन्। मुस्लिमको लागि वैध तरिका भनेको विभिन्न समयमा विभिन्न प्रार्थनाहरू पढ्नु हो।

 

शेख उथैमीन भन्छन्: विभिन्न समयमा विभिन्न प्रार्थनाहरू पढ्ने तीनवटा फाइदाहरू छन्: सुन्नतको रक्षा गर्नु, सुन्नतको पालना गर्नु, र हृदयदेखि नै नमाज स्थापना गर्नु।

 

आदरणीय जनसमुदाय! नमाजको सुन्नतहरू मध्ये एउटा सना (प्रारंभ) को प्रार्थना हो। प्रारंभ गर्ने धेरै प्रार्थनाहरु प्रमाणित छन्। धेरै व्यक्तिहरूले प्रारंभमा केवल यो प्रार्थना पढ्ने गर्दछन्:

"سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا إله غيرك".

जबकि यो भन्दा अझ सरल प्रार्थनाहरू पनि छन्,उदाहरणका लागि:

: " الحمدُ لله حمدًا كثيرًا طيِّبًا مباركًا فيه".

 

मुस्लिमले आफ्नो सहिहमा अनस बिन मालिकद्वारा वर्णन गरे छन कि: एक व्यक्ति आए र नमनको पङ्क्तिमा सामेल भए जबकि उहाँको सास फुलिरहेको थियो। उहाँले भन्नु भयो:

الحمدُ لله حمدًا كثيرًا طيِّبًا مباركًا فيه.

 

अनुवाद: सबै प्रशंसाहरू केवल अल्लाहका लागि हुन्, यस्तो प्रशंसा जुन प्रशस्त, शुद्ध र शुभ छन।


जब अल्लाहका संदेशवाहक(स)ले को प्रार्थना समाप्त गर्नु भयो, उहाँले सोध्नुभयो: "तिमीहरू मध्ये यी शब्दहरू बोल्ने को थियो? सबै मानिसहरूले आफ्नो मुख बन्द राखे। उहाँले फेरि सोध्नुभयो: "तिमीहरू मध्ये को हो? यी शब्दहरू बोल्ने व्यक्ति के थियो ?कसैले निषेधित कुरा बोलेका थिएनन्। त्यसपछि एक व्यक्तिले भन्यो: म यस्तो अवस्थामा आएको थिएँ कि मेरो सास फुलेको थियो ,त्यसैले मैले यी शब्दहरू त्यसै अवस्थामा भनेको थिएँ । उहाँले भन्नुभयो:मैले बाह्रजना स्वर्गदूतहरूलाई देखेको थिए कि तिनीहरू यस शब्दलाई पहिले कसले लिन्छ भनेर एक अर्काभन्दा अगाडि बढ्ने प्रयास गर्दै थिए।"


यो पनि प्रारंभ गर्ने सरल प्रार्थना हो जुन सजिलै याद गर्न सकिन्छ:

"اللهُ أكبرُ كبيرًا. والحمدُ لله كثيرًا. وسبحان اللهِ بكرةً وأصيلًا".

अब्दुल्लाह बिन उमर (र)भन्नुहुन्छ: एक पटक हामी अल्लाहका संदेशवाहक(स)सँग प्रार्थना गरिरहेका थियौं त्यतिबेला मानिसहरू मध्ये एक व्यक्तिले भने:

" اللهُ أكبرُ كبيرًا. والحمدُ لله كثيرًا. وسبحان اللهِ بكرةً وأصيلًا".


अनुवाद: अल्लाह सबैभन्दा ठूलो हुनुहुन्छ सर्वश्रेष्ठ हुनुहुन्छ, र सबै प्रशंसा अल्लाहको लागि हो, अधिक मात्रामा, र महिमा केवल अल्लाहको लागि हो, बिहान र साँझ।


अल्लाहका संदेशवाहकले (अल्लाहले उहाँलाई आशीर्वाद र शान्ति प्रदान गरुन) सोध्नुभयो: यस्तो शब्द बोल्ने को हो? एक जनाले भने: अल्लाहका संदेशवाहक! म हो । उहाँले भन्नुभयो: "म उनीलाई देखेर धेरै छक्क परें, उनका लागि स्वर्गका ढोकाहरू खोलिएका थिए।" इब्ने उमरले भने: जब देखि मैले उहाँबाट यो सुनेको छु, मैले यी शब्दहरू कहिल्यै त्यागेको छैन।

 

प्रारम्भको एउटा दुवा यो पनि हो, जुन अबू हुरैराहको हदीसमा उल्लेख गरिएको छ। उहाँले भन्नु भएको छ: जब अल्लाहका संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) नमाजको शुरुवातको लागि तकबीर भन्नुहुन्थ्यो, उहाँ कुरान पढ्नु अघि केही बेर चुप लाग्नुहुन्थ्यो। मैले भने: हे अल्लाहका संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) मेरो आमाबाबुले तपाईंको लागि बलिदान दिउन्! तकबीर र कुरान पढ्नु को बीचमा तपाईं मौन रहनुहुन्छ यस अवधिमा तपाईं के भन्नु हुन्छ? उहाँले भन्नुभयो: म भन्छु:

"اللهمَّ! باعِدْ بيني وبين خطايايَ كما باعدتَ بين المشرقِ والمغربِ. اللهمَّ! نقِّني من خطاياي كما يُنقَّى الثوبُ الأبيضُ من الدَّنَسِ. اللهمَّ! اغسِلْني من خطايايَ بالثَّلجِ والماءِ والبَرَدِ".


अनुवाद: हे अल्लाह! म र मेरो पापहरू बीचको येस्तो दूरी बनाई दिनुहोस् जस्तो तपाईंले पूर्व र पश्चिम बीचको दूरी बनाउनु भएको छ। हे अल्लाह! मलाई मेरो पापहरूबाट यसरी सफा गर्नुहोस् जसरी सेतो कपडालाई फोहोरबाट सफा गरिन्छ, हे अल्लाह! मलाई हिउँ, पानी र असिनाले (हरेक चीजले) मेरा पापहरूबाट शुद्ध पार्नुहोस्।


(यस हदिसलाई बुखारी र मुस्लिम दुबैले वर्णन गरका छन।)


कुरआन पढ्नु अघि शैतानबाट अल्लाहसँग शरण खोज्नु उपासकको लागि मसनून हो।


हे उपासकहरू! म तपाईंहरुलाई यस्तो तीनवटा दुआहरू भन्न गैरहेको छु जुन रुकु र सज्दामा पढ्नु मुस्तहब, त्यसैले रुकुमा सुब्हान रब्बी अल-अजीम र सज्दामा सुब्हान रब्बी अल-आला पढेपछि यो दुआ पढ्नु मुस्तहब हो।

"سبحانك اللهم ربنا وبحمدك اللهم اغفر لي".

 

तसर्थ आयशा (र)भन्छिन्: पैगम्बर ( सल्लल्लाहु अलैहि वसल्लम) रुकु र सज्दा गर्दा यो दुआ बारम्बार पढ्थे।

"سبحانك اللهم ربنا وبحمدك اللهم اغفر لي".

 

अनुवाद: हे अल्लाह, तपाईं पवित्र हुनुहुन्छ! हे हाम्रा प्रभु! र हे अल्लाह तपाईकै लागि सम्पूर्ण प्रशंसा हो! कृपया मलाई माफ गर्नुहोस्। यसरी उहाँ कुरआनको आदेशको पालना गर्नु हुन्थ्यो।

 

(यस हदिसलाई बुखारी र मुस्लिम दुबैले वर्णन गरका छन।)


त्यसको मतलब यो हो कि उहाँले आफ्नो प्रभुको यस आदेशको पालना गर्नुहुन्थ्यो


" فسبح بحمد ربك واستغفره ".


अनुवाद: अतः आफ्नो प्रभुको प्रशंसाको साथ महिमा गर्न थाल्नुहोस् र उहाँसँग माफी माग्नुहोस्।

 

हजरत आइशा (र)बाट वर्णन गरिएको छ कि अल्लाहका संदेशवाहक रुकु र सजदा गर्दा यो दुआ पढ्थे।

"سبوحٌ قدوسٌ ربُّ الملائكةِ والروحِ".

 

अनुवाद: मेरा प्रभु साझेदार र अन्य सबै दोषहरूबाट बिल्कुल मुक्त हुनुहुन्छ। उहाँ ईशदूत र आत्माको पनि प्रभु हुन्। (मुस्लिम)


तेस्रो दुवा जुन रुकु र सजदा गर्दा पढ्न मुस्तहब छ, जसलाई औफ बिन मलिकको हदीसमा उल्लेख गरिएको छ।

"سبحانَ ذي الجبروتِ والملَكوتِ والْكبرياءِ والعظمةِ".


अनुवाद: पवित्र त्यो हो जसको आधिपत्य, शक्ति, स्वामित्व, महानता र वैभव छ।


प्रशंसा र उपासनाको प्रार्थना जुन रुकुबाट उठेपछि पठन गर्न वाजिब हुन्छ, यसको चार प्रकारहरू सहिह हदीसहरूमा उल्लेख गरिएको छ:

"ربنا لك الحمد " یا " ربنا ولك الحمد" یا " اللهم ربنا لك الحمد " یا " اللهم ربنا ولك الحمد".

र यी प्रार्थनाहरूमा केही बढाउन पनि मुस्ताहब छ।


रिफाआ बिन राफे' भन्छन्: एक दिन हामी अगमवक्ता (सल्लल्लाहु अलैहि वसल्लम) को पछाडि प्रार्थना गरिरहेका थियौं। जब उहाँले रुकुबाट आफ्नो टाउको उठाएर समी अल्लाहु लिमन हमिदह भन्नु भयो, एक व्यक्तिले (चर्को स्वरमा) रब्बाना व लकल-हमदु हम्दन् कसिरन तैयीबन् मुबारकन फिहि पढे। उहाँले सोध्नु भयो: "यी शब्दहरू कसले भनेको हो? उसले भन्यो: मैले यो भनेको हो। उहाँले भन्नु भयो: मैले तीस भन्दा बढी स्वर्गदूतहरूलाई देखे जो यी शब्दहरूतर्फ बढी रहेका थिए। कि कसले ती शब्दहरूलाई पहिले लेख्ने छ?।" (बुखारी)


अबू सईद अल-खुदरी(र) भन्छन्: जब अल्लाहका संदेशवाहक आफ्नो शिर रुकुबाट उठाउनुहुन्थ्यो, उहाँले भन्नुहुन्थ्यो:

"ربنا لك الحمدُ ملءَ السماواتِ والأرضِ وملءَ ما شِئتَ من شيءٍ بعدُ أهلَ الثناءِ والمجدِ أحقُّ ما قال العبدُ وكلُّنا لك عبدٌ اللهم لا مانعَ لما أعطيتَ ولا معطيَ لما منعتَ ولا ينفعُ ذا الجَدِّ منك الجَدُّ".


अनुवाद: हे अल्लाह! हे हाम्रा प्रभु! सबै प्रशंसा तपाईकै लागि नै हो। जसले आकाशहरु भर्छ, पृथ्वी भर्छ र त्यस बाहेक तपाईले जे चीज भर्न चाहानुहुन्छ भर्छ। हे जो प्रशंसा र महिमाको योग्य हुनुहुन्छ! सेवकले भन्नु पर्ने सबैभन्दा साँचो कुरा, र हामी सबै तपाईंका सेवक हौं, यो हो कि तपाईंले दिएको कुरा कसैले रोक्न सक्दैन, र तपाईंले रोकेको कुरा कसैले दिन सक्दैन, र कसैको महानता र भव्यता तपाईंसँग तुलना गर्न सक्दैन।


यो अबु सईद (र) द्वारा मुस्लिममा वर्णन गरिएको छ, र उनको अनुसार, यो अब्दुल्लाह बिन अबी औफाको वर्णन मा थपिएको छ, जो भन्छन्: अल्लाह का संदेशवाहक (स) जब रुकुबाट आफ्नो शिर उठाउनुहुन्थ्यो, उहाँले यो दुवा पढ्नु हुन्थ्यो।:

"اللهم طهّرني بالثلج والبرد والماء البارد، اللهم طهّرني من الذنوب والخطايا، كما يُنقّى الثوبُ الأبيض من الوسخ".


अनुवाद: हे अल्लाह! मलाई हिउँ, असिना र चिसो पानीले शुद्ध पार्नुहोस्। हे अल्लाह! मलाई पाप र गल्तीहरूबाट सफा गर्नुहोस् जसरी सेतो कपडा फोहोरबाट सफा गरिन्छ।


अल्लाहले मलाई र तपाईलाई कुरान र सुन्नतको लाभले लाभान्वित गरून्।

 

दोस्रो प्रवचन

الحمد لله...

 

अल्हमदुलिल्लाह...


प्रसंशा र प्रार्थना पछि:

म तपाईंलाई र आफैलाई नमाजकाे दुवाहरू कण्ठ गर्न, तिनीहरूलाई फेरि फेरि पढ्न र तिनीहरूको अर्थको बारेमा सोच्न आदेश गर्दछु। किनकि नामाज पूर्ण रूपमा दुवा र प्रार्थना हो। चाहे यो कियाम होस् वा रुकु। एतेदाल होस् वा सँदा होस् वा जुलुस होस् मुस्लिमले सकेसम्म कुशलतापूर्वक प्रार्थनाका शब्दहरू कण्ठ गर्नुपर्छ।

 

सहिहैनमा उल्लेख गरिएको छ कि पैगम्बर सल्लल्लाहु अलैहि वसल्लमले बरा बिन आजीबलाई सुत्ने समयमा प्रार्थना गर्न सिकाउनुभयो।त्यसबाट यो पनि छ:

آمنتُ بكتابِك الذي أنزلت. وبنبيِّك الذي أرسلتَ.


अनुवाद: म तपाईंको पुस्तकमा विश्वास गर्दछु जुन तपाईंले अवतरण गर्नु भएको छ र म तपाईंको पैगम्बरमा विश्वास गर्दछु जसलाई तपाईंले पठाउनु भएको छ।


मैले ति शब्दहरूलाई कण्ठ गर्न दोहोर्याएँ र भनें: "म तपाईंले पठाउनुभएको संदेशवाहकमा विश्वास गर्दछु।" त्यसपशचात् उहाँले (स) भन्नुभयो: "भन: म तपाईंले पठाउनु भएको अगमवक्तामा विश्वास गर्छु।"


नमाजको दुवामा फर्केर, हामी तपाईलाई सम्झाउन चाहन्छौं, मेरा साथीहरू! यो दुआ दुई सजदाको बीचमा पढ्नु अनिवार्य छ:

رب اغفر لي.

अनुवाद: हे मेरा प्रभु! मलाई माफ गर।

 

यस दुवामा केही थप भएको छ, त्यसैले इब्न अब्बास (र) ले भन्नुहुन्छ: पवित्र पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) दुई सजदाको बीचमा भन्नुहुन्थ्यो:

"اللَّهمَّ اغفِر لي وارحَمني واجبُرني واهدِني وارزُقني".

 

अनुवाद: हे अल्लाह! मलाई माफ गर्नुहोस्,म माथि कृपा गर्नुहोस्। मेरो हानिको पूर्ति गर्नुहोस्। मलाई मार्गदर्शन गर्नुहोस् र मलाई जीविका दिनुहोस्।


(यो हदीस तिरमिदी द्वारा वर्णन गरिएको छ र अल-अल्बानीले यसलाई सहिह भन्नु भएको छ)।

 

तशहहुदको दुवा र दुरुद इब्राहिमी पढिसकेपछि, अल्लाहको शरण खोज्नु उपासकको लागि मसनून हो। तसर्थ, सहिह बुखारीमा यो वर्णन गरिएको छ कि साद बिन अबी वक्कास (र) ले आफ्ना बच्चाहरूलाई निम्न दुवाका शब्दहरू सिकाउनुहुन्थ्यो जसरी शिक्षकले बच्चाहरूलाई लेख्न सिकाउँछन्। र उहाँले भन्नुहुन्थ्यो कि अल्लाहका संदेशवाहक (स) ले प्रत्येक प्रार्थना पछि यी शब्दहरू मार्फत अल्लाहसँग शरण खोज्थे:

"اللهم إني أعوذُ بك من الجُبنِ، وأعوذُ بك أن أُرَدَّ إلى أرذَلِ العُمُرِ، وأعوذُ بك من فِتنَةِ الدنيا، وأعوذُ بك من عذابِ القبرِ".


अनुवाद: हे अल्लाह! म कायरताबाट र दुष्ट उमेरमा पुग्नबाट तपाईंको शरण चाहन्छु, म संसारको प्रलोभन र चिहानको दण्डबाट तपाईंको शरण चाहन्छु।

 

सहिह मुस्लिममा यो हदीस मर्फुअ को श्रेणीमा उल्लेख गरिएको छ: जब तिमीहरू मध्ये कसैले तशाहुद पढ्छ, उसले चारवटा चीजहरूबाट अल्लाहको शरण माग्नुपर्छ।

اللهم! إني أعوذُ بك من عذابِ جهنمَ. ومن عذابِ القبرِ. ومن فتنةِ المحيا والمماتِ. ومن شرِّ فتنةِ المسيحِ الدجالِ.


अनुवाद: हे अल्लाह! म नर्कको दण्ड र चिहानको दण्डबाट र जीवन र मृत्युको परीक्षाबाट र ख्रीष्ट दज्जलको प्रलोभनको दुष्टताबाट तपाईंको शरण चाहन्छु।

 

मुसलमानले यी पैगम्बरका दुवाहरु कण्ठ गर्नु पर्छ। तिनीहरूलाई फेरि फेरि पढ्नुपर्छ। यो पैगम्बर(सल्लल्लाहु अलैहि वसल्लम) लाई सही तरिकाले अनुसरण गर्ने र नम्रता र आज्ञाकारिता विकास गर्ने र प्रार्थनाको अर्थ बुझ्ने सबै भन उत्तम स्रोत हो।

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • صفة الصلاة (1) أخطاء محرمة (باللغة الأردية)
  • صفة الصلاة (2) سنن قولية (باللغة الأردية)
  • صفة الصلاة (2) سنن قولية (باللغة الهندية)
  • صفة الصلاة (1) أخطاء محرمة (باللغة الهندية)
  • صفة الصلاة (3) سنن فعلية (باللغة الهندية)
  • خطبة: صفة الصلاة (1) أخطاء محرمة (باللغة النيبالية)
  • خطبة: صفة الصلاة (3) سنن فعلية (باللغة النيبالية)
  • خطبة: صفة الصلاة (1) أخطاء محرمة (باللغة الإندونيسية)
  • خطبة: صفة الصلاة (2) سنن قولية (باللغة الإندونيسية)
  • خطبة: صفة الصلاة (1) أخطاء محرمة (باللغة البنغالية)
  • خطبة: صفة الصلاة (2) سنن قولية (باللغة البنغالية)
  • خطبة: بر الوالدين (باللغة النيبالية)
  • خطبة: صفة الصلاة (3) سنن فعلية (باللغة البنغالية)
  • خطبة: صلاة بأعظم إمامين (باللغة النيبالية)
  • عبودية استماع القرآن العظيم (خطبة) - باللغة النيبالية
  • خطبة: غزوة تبوك (باللغة النيبالية)

مختارات من الشبكة

  • صفة الجنة: الجزء الأول (وصف عجيب) (خطبة)(مقالة - آفاق الشريعة)
  • صفة الجنة: الجزء الثاني (وصف عجيب)(خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة: صلاة القلب(مقالة - آفاق الشريعة)
  • فضل التبكير لصلاة الجمعة (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة: صلاة الاستسقاء(مقالة - آفاق الشريعة)
  • خطبة صلاة الاستسقاء (5)(مقالة - آفاق الشريعة)
  • خطبة صلاة الاستسقاء (4)(مقالة - آفاق الشريعة)
  • أنين مسجد (4) وجوب صلاة الجماعة وأهميتها (خطبة)(مقالة - موقع د. صغير بن محمد الصغير)
  • حاجتنا إلى الصلاة (خطبة)(مقالة - آفاق الشريعة)
  • الصلاة نور (خطبة)(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • مسجد جديد متكامل الخدمات بعد عام من أعمال البناء في نوفوشيشمينسكي
  • "الذكاء الاصطناعي في يد المسلم" عنوان فعالية علمية في تتارستان
  • مسجد في بلاكبيرن يطلق ثلاجة غذائية لدعم الأسر المحتاجة
  • مسجد جديد في قراتشاي – تشيركيسيا
  • إحياء الذكرى الـ450 لتأسيس مسجد شوجدين في روغاتيكا
  • دراسة علمية حول تناول الإسلام والمسلمين في الدوريات العلمية الكرواتية
  • دورة متقدمة في الذكاء الاصطناعي والمواطنة الرقمية للطلاب المسلمين في البوسنة
  • بدء تشييد مسجد جديد بمدينة ياكورودا جنوب غرب بلغاريا

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 10/12/1447هـ - الساعة: 3:22
أضف محرك بحث الألوكة إلى متصفح الويب