• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    من قال: "لا إله إلا الله" مخلصًا من قلبه، حرمه ...
    فهد بن عبدالعزيز عبدالله الشويرخ
  •  
    وانتصف شعبان (خطبة)
    الشيخ محمد بن إبراهيم السبر
  •  
    قطوف من سيرة ذي النورين (خطبة)
    د. محمود بن أحمد الدوسري
  •  
    خطبة: حقيقة الصهاينة كما في القرآن
    يحيى سليمان العقيلي
  •  
    الطاعة والاتباع (خطبة)
    السيد مراد سلامة
  •  
    تخريج حديث: المستحاضة بالوضوء لكل صلاة (4)
    الشيخ محمد طه شعبان
  •  
    تفسير قوله تعالى: (أفمن زين له سوء عمله فرآه حسنا ...
    تفسير القرآن الكريم
  •  
    عمارة المساجد حسا ومعنى (خطبة)
    الشيخ عبدالله بن محمد البصري
  •  
    إطلالة على مشارف السبع المثاني (1) بين يدي ...
    وضاح سيف الجبزي
  •  
    مكانة التوحيد في حياة المسلم
    الدكتور أبو الحسن علي بن محمد المطري
  •  
    وقفات مع اسم الله الرحمن الرحيم (خطبة)
    رمضان صالح العجرمي
  •  
    فقه الجهاد في الإسلام
    الشيخ ندا أبو أحمد
  •  
    شموع (116)
    أ. د. عبدالحكيم الأنيس
  •  
    سلسلة هدايات القرآن (10) هدايات سورة الفاتحة: يوم ...
    حمادة إسماعيل فودة
  •  
    ثنائيات أمير المؤمنين في الحديث شعبة بن الحجاج ...
    د. عبدالهادي بن زياد الضميري
  •  
    طريق المسلم إلى الله قبل رمضان: منزلة المحاسبة: ...
    د. هيثم بن عبدالمنعم بن الغريب صقر
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

بين النفس والعقل (3) تزكية النفس (خطبة) باللغة النيبالية

بين النفس والعقل (3) تزكية النفس (خطبة) باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 2/9/2024 ميلادي - 28/2/1446 هجري

الزيارات: 2851

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

शीर्षक:

आत्मा (नफ्स) र बिवेक बीचको विषय (३)


पहिलो प्रवचन

إن الحمد لله، نحمده ونستعينه ونستغفره، ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له، ومن يضلل فلا هادي له، وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن محمدًا عبده ورسوله.


प्रशंसा र वंदना पछि!

म तपाईंलाई र आफैलाई पनि अल्लाहको भय राख्ने उपदेश गर्दछु।

﴿ يَا أَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ وَقُولُوا قَوْلًا سَدِيدًا * يُصْلِحْ لَكُمْ أَعْمَالَكُمْ وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ وَمَنْ يُطِعِ اللَّهَ وَرَسُولَهُ فَقَدْ فَازَ فَوْزًا عَظِيمًا ﴾ [الأحزاب: 70، 71]

अनुवाद: हे आस्थावानहरू हो ! अल्लाहको भय राख र ठीक कुरा गर्ने गर। अल्लाहले तिमीहरूका कर्महरू सुधार्नेछन् र तिमीहरूका पापहरूलाई क्षमा गर्नेछन् । र, जसले अल्लाह एवं उनका रसूलको आज्ञापालन गर्यो उसले ठूलो सफलता प्राप्त गर्यो ।


आस्थावान दाजुभाइहरू! गत शुक्रबारको प्रवचनमा हामीले आत्मा र तिनका कामवासनाको बारेमा कुरा गरेका थियौं र आज हाम्रो विषय आत्माको पवित्रता र तिनीहरूको शुद्धीकरण हो। अल्लाहले तिनीहरूका लागि इनामस्वरूप स्वर्ग तयार गर्नुभएको छ जसले आफ्नो आत्मालाई शुद्ध राख्ने गर्दछन् । सर्वश्रेष्ठ अल्लाहको आदेश छ:

﴿ جَنَّاتُ عَدْنٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا وَذَلِكَ جَزَاءُ مَنْ تَزَكَّى ﴾ [طه: 76]

अनुवाद: शाश्वत बगैंचाहरू हुनेछन् जसका तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् जहाँ उनीहरू सदासर्वदा रहनेछन्। यो हो प्रतिफल, यस्तो व्यक्तिकोलागि जसले शुद्धता ग्रहण गर्यो।


शुद्धीकरण (तजकीया) को दुईवटा अर्थ छन्: पहिलो: शुद्धता ग्रहण गर्नु वा फोहोर हटाउनु। दोस्रो: आत्मा भित्र सत्कर्म र भलाई फस्टाउनु।


अल्लाहका भक्तहरू! आज्ञापालन र उपासना गर्नाले, पाप र अवज्ञा त्याग गर्नाले र पश्चाताप गर्नाले आत्मा पवित्र हुने गर्दछ। केहि उपासनाहरुको बारे मा व्याख्या गरिएको छ कि तिनीरूबाट आत्मा शुद्ध हुने गर्दछ। त्यसैले,दान (सदका) को बारे मा सर्वशक्तिमान अल्लाहले भन्नु भएको छ।


﴿ خُذْ مِنْ أَمْوَالِهِمْ صَدَقَةً تُطَهِّرُهُمْ وَتُزَكِّيهِمْ بِهَا ﴾ [التوبة: 103]

अनुवाद: (हे नबी स.!) उनीहरूको धनबाट "सदका" (दान) स्वीकार गर, यसद्वारा उनीहरूलाई तिमी पवित्रता र शुद्धता प्रदान गर्नेछौ । र उनीहरूको हितमा प्रार्थना गर, निस्सन्देह तिम्रो प्रार्थना उनीहरूका लागि शान्तिप्रद छ । र, अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन्।


सर्वशक्तिमान अल्लाहले आफनो ध्यान र प्रार्थनाको बारेमा भन्नुभएको छ:

﴿ قَدْ أَفْلَحَ مَنْ تَزَكَّى * وَذَكَرَ اسْمَ رَبِّهِ فَصَلَّى ﴾ [الأعلى: 14، 15]

अनुवाद: निस्सन्देह त्यो व्यक्ति सफल भयो जसले शुद्धता ग्रहण गर्यो। र आफ्ना रबको नाम जपी रह्यो अनि नमाज पढ्यो।


साथै, अल्लाहले नजरलाई झुकाउने र पवित्रता ग्रहण गर्ने बारे भन्नुभएको छ:

﴿ قُلْ لِلْمُؤْمِنِينَ يَغُضُّوا مِنْ أَبْصَارِهِمْ وَيَحْفَظُوا فُرُوجَهُمْ ذَلِكَ أَزْكَى لَهُمْ ﴾ [النور: 30]

अनुवाद: (हे सन्देष्टा !) आस्थावान पुरुषहरूलाई आफ्ना दृष्टिहरूलाई नियन्त्रित राख्न तथा आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्न आदेश दिनुहोस्। यो उनीहरूकालागि पवित्रता को ठूलो कारण हुनेछ।


अल्लाहका भक्तहरू! आत्म-शुद्धि र त्यसको स्वभाव र इच्छाहरूमाथि नियन्त्रण प्राप्त गर्ने माध्यमहरू उल्लेख गर्नु अत्यन्त आवश्यक छ।केही महत्त्वपूर्ण माध्यमहरू यस प्रकार रहका छन्:


आस्थाको शक्ति, त्यसैले जब आस्था बलियो हुन्छ, यसले आत्माको प्रभावलाई नियन्त्रण गर्दछ र आत्मालाई बुद्धिमा हावी हुन दिँदैन, किनकि आस्थावानलाई अल्लाहको आदेश र निषेधहरु को सम्बन्ध मा अल्लाह को अधिकार के कस्तो छ् भन्ने बारे थाहा हुन्छ।


आत्मलाई नियन्त्रणमा राख्ने माध्यमहरुमा ज्ञान र अनुभव पनि शामिल छन। किनकि यी दुवैले कामुक वासनाहरुलाई रोक्ने गर्दछन्।मानिस आफ्नो कामवासनाको प्रतिफलको बारेमा जति धेरै सचेत हुन्छ, त्यति नै उसले आफूलाई यी अभिलाषाहरूबाट रोक्ने गर्दछ।


आत्मशुद्धिको एउटा माध्यमः आफ्नो कार्यको लेखाजोखा पनि को ।आत्मलाई जवाफदेही बनाउन र सही कुरा उल्लङ्घन गर्दा आत्मप्रतिको विरोध गर्नमा जुन चीजले सहयोग पुर्याउँछ, त्यो यो होः उसले यो कुरा आत्मसात गर्नु पर्छ कि वर्तमान कालमा उसले आफ्नो कामवासनाको विरुद्ध लड्न जति मेहनत गर्छ त्यतिनै भविष्यमा राहत पाउनेछ। र यस कार्यको लाभ भनेको उसले स्वर्गमा बास पाउनु हो।


आत्मलाई नियन्त्रण गर्न मद्दत गर्ने चीजहरू मध्ये एउटा यो पनि हो कि मानिसले आत्म शुद्धि र त्यसको दुष्टताबाट बच्नको लागि आफ्नो सृष्टिकर्तासँग बिन्ती गरोस र उस सित मद्दत मागोस्। सँदेष्टा मुहम्मद (स.अ.व)ले प्रार्थना गर्नुहुन्थ्यो:

((اللهم آتِ نفسي تقواها، وزكها أنت خير من زكاها، أنت وليها ومولاها))

अनुवाद: हे अल्लाह! मेरो हृदयलाई ईशभयले भरिपुर्ण गरिदिनुहोस्, यसलाई शुद्ध बनाइदिनुहोस्, र तपाईं नै यसलाई (हृदय) शुद्ध बनाउनमा सर्वश्रेष्ठ हुनुहुन्छ, तपाईं यसको संरक्षक र सहयोगी हुनुहुन्छ। (मुस्लिम)


अबू बकर (र.अ.) ले भन्नुभयो: हे अल्लाहका सँदेष्टा(स.अ.व)! मलाई बिहान र बेलुका पढ्नु पर्ने एउटा कुरा भनिदिनुहोस्, उहाँले जवाफ दिनुभयो: यसो भन्ने गर्नुहोस:

:" اللهم عالم الغيب والشهادة، فاطر السماوات والأرض، رب كل شيء ومليكه، أشهد أن لا إله إلا أنت، أعوذ بك من شر نفسي ومن شر الشيطان وشَرَكِهِ"


अनुवाद: हे अल्लाह! अनुपस्थित र उपस्थितलाई जान्नेवाला, आकाशहरु र पृथ्वीको सृष्टिकर्ता, सबै चीजको पालनकर्ता र मालिक! म गवाही दिन्छु कि तपाईं बाहेक कोही ईश्वर छैन, म मेरो आत्माको खराबीबाट बच्न तपाईंको शरणमा आउन चाहन्छु, म शैतानको खराबी र त्यसका चालहरू र पासोहरूबाट बच्न तपाईंको शरणमा आउन चाहन्छु ।


सँदेष्टा मुहम्मद (स.अ.व)ले भन्नुभयो: बिहान र बेलुका र जब तपाईं सुत्न जानुहुन्छ त्यस बेला यो दुवा पढ्ने गर्नुहोस । (अहमद, नसाई, अबू दाउद र तिरमिदी द्वारा यो हादीस् वर्णन गरिएको छ।) सँदेष्टा मुहम्मद (स.अ.व)ले आफ्नो हजको प्रवचनमा यो प्रार्थना गर्ने गर्नुहुन्थ्यो: "हामी हाम्रो आत्माको खराबी र खराब कर्महरूबाट बच्न अल्लाहको शरणमा आउन चाहन्छौ"।


आत्म-शुद्धिको एउटा ठूलो कारण यो पनि हो: स्वच्छ वातावरण र राम्रो संगत, त्यसैले त्यो हदीस जसमा यो उल्लेख गरिएको छ कि एक व्यक्तिले सय जना मानिसहरूलाई मारेर पश्चात्ताप गर्यो र उसलाई एक जना विद्वानले भने: "तिमी फलानो ठाउँमा जाउ । त्यस भूमिमा अल्लाहको उपासना गर्ने व्यक्तिहरू छन् । तिमीपनि तिनीहरूसँग अल्लाहको उपासना गर्ने गर र आफ्नो भूमिमा नफर्क, यो नकारात्मक तत्वहरूले भरिएको भूमि हो । (मुस्लिम)

 

सुमामा बिन उसाललाई मस्जिदको स्तम्भमा बाँधिएको थियो जब उनी काफिर थिए। सँदेष्टा मुहम्मद (स.अ.व)ले उनलाई सोध्नु भयो: "हे सुमामा,कस्तो समाचार छ? उसले जवाफ दियो: हे मुहम्मद! मसँग राम्रो समाचार छ।यदि तपाईले मार्नुहुन्छ भने, रगतको माग गरिएको मानिसलाई मार्नु हुनेछ र यदि तपाईंले भलाइ गर्नु हुन्छभने, तपाईंले त्यस व्यक्तिमाथि भलाइ गर्नु हुनेछ जुन कृतज्ञ छ र यदि तपाईं धन चाहनु हुन्छ भने मागनुहोस, तपाईंले जे चाहनु हुन्छ, त्यो तपाईंलाई दिइनेछ।अल्लाहका सँदेष्टा (स.अ.व)ले उसलाई अर्को दिनसम्म त्यै स्थितिमा छोडिदिनुभयो र अर्को दिन जब उँहाले त्यही प्रश्न सोध्नुभयो, उसले उही जवाफ दियो । जब तेस्रो दिन भयो, उँहाले उही प्रश्न सोध्नुभयो र सुमामाले पनि पहिलाकै जवाफ दियो । त्यसपशचात् अल्लाहका सँदेष्टा (स.अ.व)ले आदेश दिनु भयो: सुमामालाई मुक्त गरियोस्, उसलाई मुक्त गरियोस्।उनी मस्जिद नजिकैको खजुरको बगैंचामा गए, नुहाए र फर्किए र आफ्नो इस्लाम धर्म परिवर्तनको घोषणा गरे । इस्लाम धर्म परिवर्तन गर्नु अघि, सुमामाले आफ्नो समय मस्जिद भित्र एक पवित्र र धार्मिक वातावरणमा बिताएका थिए, जहाँ नमाज पढ्ने गरिन्थ्यो र अजान दिइने गरिन्थ्यो, अल्लाह को ध्यानहरु गर्ने गरिन्थ्यो र कुरानको पाठ हुने गर्दथ्यो र प्रार्थनाहरू गरिने गरिन्थ्यो ... आदि इत्यादि ।

 

हे अल्लाह! हे अल्लाह! हाम्रो हृदयलाई इशभयले भरिपुर्ण गरिदिनुहोस्, तिनीहरूलाई शुद्ध बनाइदिनुहोस्, तपाईं तिनीहरू (हृदयहरू) मध्ये सबैभन्दा राम्रो शुद्धकर्ता हुनुहुन्छ, तपाईं नै तिनीहरू (हृदय)लाई शुद्ध बनाउनमा सर्वश्रेष्ठ हुनुहुन्छ । अल्लाहसँग माफी माग्नुहोस्, निस्सन्देह उहाँ धेरै क्षमाशील हुनुहुन्छ ।

 

दोश्रो प्रवचन

الحمد لله على إحسانه، والشكر له على توفيقه وامتنانه، وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن محمدًا عبده ورسوله الداعي إلى رضوانه، صلى الله عليه وعلى آله وصحبه وسلم تسليمًا كثيرًا.


प्रशंसा र प्रार्थना पछि


ए मेरा प्रिय साथीहरु! शरीरको भोजन अन्न र पानी हो, र आत्माको भोजन आस्था र ईश्वरको सम्झना हो। सबैभन्दा ठूलो सम्झना पवित्र कुरान हो, त्यसैले अल्लाहले कुरानलाई आत्माको नाम दिनु भएको छ।जसरी अल्लाह तआलाको यो आदेशमा भनिएको छ:

﴿ وَكَذَلِكَ أَوْحَيْنَا إِلَيْكَ رُوحًا مِنْ أَمْرِنَا ﴾ [الشورى: 52]

अनुवाद: र यसरी हामीले आफ्नो आदेशद्वारा तिमीमा आत्मा अवतरित गरेका छौं।


साथै सर्वशकतिमान अल्लाहले भन्नुभयो छ:

﴿ الَّذِينَ آمَنُوا وَتَطْمَئِنُّ قُلُوبُهُمْ بِذِكْرِ اللَّهِ أَلَا بِذِكْرِ اللَّهِ تَطْمَئِنُّ الْقُلُوبُ ﴾ [الرعد: 28]

अनुवाद: स्मरण गर कि अल्लाहको सम्झनाबाट नै हृदयहरूलाई शान्ति मिल्दछ ।


तर जब आत्मा (स्मरणबाट) खाली हुन्छ र अल्लाहको यादबाट टाडा हुन्छ, तब यो दुर्भाग्यको शिकार हुन्छ ।


﴿ وَمَنْ أَعْرَضَ عَنْ ذِكْرِي فَإِنَّ لَهُ مَعِيشَةً ضَنْكًا ﴾ [طه: 124]

अनुवाद:र जो मेरो स्मरणबाट विमुख हुन्छ, उसको जीवन कष्टमय हुनेछ ।


यो अल्लाहको कृपा र तत्वदर्शिता हो कि उहाँले आफ्ना भक्तहरूका लागि संयम र सन्तुलनलाई अनिवार्य करार दिनुभयो र आफ्नो शक्तिभन्दा बढी आत्मालाई बाध्य तुल्याउनु भयन । हदीसमा छ जस्तै: "तिम्रो प्रभुको पनि तिमीमाथि हक अधिकार छ। साथै तिम्रो जीवन र तिम्रो श्रीमतीको पनि तिमीमाथि हक अधिकार छ, त्यसैले तिमीले सबैको हक अधिकार पूरा गर्नु पदर्छ"। (बुखारी)


हे मेरा प्रिय मित्रहरू! मानिसलाई क्रोध, चिन्ता र असन्तुष्टि जस्ता दुष्ट विकारहरूबाट आफूलाई बचाउनको लागि आज्ञा गरिएको छ, जसले न कुनै लाभ नै दिन्छ नत: कुनै हानिलाई नै हटाउन सक्दछ। पवित्र कुरानमा धेरै ठाउँहरूमा, पैगम्बर (स.अ.व)लाई चिन्ता र असन्तुष्टि बाट मनाही गरिएको छ:

﴿ وَلَا يَحْزُنْكَ الَّذِينَ يُسَارِعُونَ فِي الْكُفْرِ ﴾ [آل عمران: 176]

अनुवाद: जुन मानिसहरू अवज्ञामा अगाडि बढ्दै छन तिनीहरूले तिमीलाई चिन्तित नबनाउन् ।


﴿ وَلَا يَحْزُنْكَ قَوْلُهُمْ ﴾ [يونس: 65]

अनुवाद: तिनीहरूका दुर्वचनले तिमीलाई दुःखित नतुल्याओस् ।


﴿ وَمَنْ كَفَرَ فَلَا يَحْزُنْكَ كُفْرُهُ ﴾ [لقمان: 23]

अनुवाद: (हे नबी स.!) जसले कुफ्र गर्छ उसको कुफ्रले तिमीलाई दुखी नपारोस्


मरियमलाई यो आवाज दिइएको थियो:

﴿ أَلَّا تَحْزَنِي ﴾ [مريم: 24]

अनुवाद: चिन्ता नगर


अल्लाह तआलाले हामीलाई कानेफुसीको दुष्ट मनसायको बारेमा जानकारी दिँदै भन्नुभएको छ:

﴿ إِنَّمَا النَّجْوَى مِنَ الشَّيْطَانِ لِيَحْزُنَ الَّذِينَ آمَنُوا ﴾ [المجادلة: 10]

अनुवाद: कानेफुसी त शैतानको तर्फबाट हुन्छ ताकि आस्थावानहरू चिन्ताग्रस्त होऊन् ।


मनोवैज्ञानिक सुख र शान्ति एक वरदान हो, किनकि दिमाग र शरीरको पूर्ण कार्यसम्पादन आत्माको सुख र शान्तिमा निर्भर गर्दछ। त्यसैले, उदासी र चिन्ताबाट मुक्ति वरदान हो जसको लागि अल्लाहप्रति कृतज्ञता प्रकट गर्नु अनिवार्य छ ।


﴿ وَقَالُوا الْحَمْدُ لِلَّهِ الَّذِي أَذْهَبَ عَنَّا الْحَزَنَ ﴾ [فاطر: 34]

अनुवाद: र, उनी(स्वर्गवासी)हरूले भन्नेछन्– सम्पूर्ण प्रशंसा उनै अल्लाहकालागि हुन् जसले हाम्रो चिन्ता निवारण गरे ।


सहिह हदीसका अनुसार, पैगम्बरले शोक गर्नबाट अल्लाहको शरण मागेका थिए। साथै, पैगम्बरले आफ्ना काका हमजालाई मार्ने वहशीलाई उनको दृष्‍टिबाट टाढा रहन आदेश दिएका थिए ताकि उनको शोक नवीकरण नहोस्। अल्लाह सर्वज्ञानी हुनुहुन्छ ।


जो व्यक्ति निराश हुन्छ र उसको निराशामा निषेधित चीज मिश्रित हुँदैन तब सम्म ऊ पापी हुँदैन।उदाहरण को लागी, एक व्यक्ति जो दुख को कारण निराश हुन्छ(हदीसमा उल्लेख गरिएको छ:) "आँखाको रुन र हृदयको दुःखको कारणले अल्लाहले दण्ड दिनुहुँदैन। बरु . (पैगम्बरले आफ्नो जिब्रोलाई संकेत गर्दै भन्नुभयो) यसको कारणले अल्लाहले दण्ड वा दया देखाउनुहुन्छ ।" [बुखारी र मुस्लिम]


यसै सम्बन्धित अल्लाह तआलाको भनाई छ:

﴿ وَتَوَلَّى عَنْهُمْ وَقَالَ يَا أَسَفَى عَلَى يُوسُفَ وَابْيَضَّتْ عَيْنَاهُ مِنَ الْحُزْنِ فَهُوَ كَظِيمٌ ﴾ [يوسف: 84]

अनुवाद: अनि उनी (याकूब)ले तिनीहरूबाट मुन्टो फर्काए र भने– हाय यूसुफ ! र, पीर तथा चिन्ताले (रुँदा रुँदा) उनका आँखाहरू सेता भएका थिए । र, उनी शोकमग्न थिए ।


इब्न तैमियाह, (ईश्वरले उहाँमाथि दया गरून् ) भन्नुहुन्छ: "दुःख र चिन्ताका साथमा एउटा यस्तो कार्यको शामिल हुन सक्छ जसका कारण भक्तले पुण्य प्राप्त गर्न सक्दछ,र उसको प्रशंसा गरिनेछ र यस सन्दर्भमा उसको तारिफ गरिनेछ। नितान्त दुःख र चिन्ताको कारणले मात्र होइन । जसरी आफ्नो धार्मिक दु:खको कारण निराश भएको र आम मुस्लिमको पीडाले दुखी भएको व्यक्तिको मनमा भलाइ प्रति प्रेम र नकरात्मक चीज र त्यसको परिणाम प्रति घृणा हुने गर्दछ त्यसले गर्दा उसलाई पुरस्कृत गरिनेछ । तर जब चिन्ता गरेर, धैर्य र जिहाद, लाभ प्राप्त गर्ने र हानिकारक तत्व हटाउने जस्ता अनिवार्य आदेशहरू त्याग्न पुग्नेछ, तब यस्तो अवस्थामा चिन्ता लिन मनाही गरिएको छ।" (अल-फतवा: 10/16)


एकजना कवि भन्दछन्:

والنفس كالطفل إن تهمله شب على
حب الرضاع وإن تفطمه ينفطمِ
وخالف النفس والشيطان واعصهما
وإن هما محضاك النصح فاتهمِ
ولا تطع منهما خصمًا ولا حكمًا
فأنت تعرف كيد الخصم والحكمِ
أستغفر الله من قول بلا عمل
لقد نسبتُ به نسلًا لذي عقمِ

 

अनुवाद: आत्म बच्चा जस्तै हुन्छ, यदि तपाईंले यसलाई त्यसै छोड्दिनुभयो भने त्यो आफ्नो स्तनपानको माया लिएर जवान हुने गर्दछ, र यदि तपाइँ यसको दूध छुटाइदिनु भयो भने, उसले स्तनपान छोडने छ । आत्म र शैतानको आज्ञापालन नगर्नुहोस् ! यदि यी दुईले आ-आफ्नो सल्लाहमा इमान्दार छौं भनी दाबी गरे भने, तपाईं तिनीहरूमाथि कदापि विश्वास नगर्नुहोस्, कुनै हालतमा तिनीहरुको कुरा नमान्नुहोस्, किनकि तपाई यिनीहरुको हरेक हालत [शत्रुता वा मित्रता] बाट अवगत हुनुहुन्छ । म सत्कर्म बिनाको बोलीबाट अल्लाहसँग माफी चाहन्छु, जसरी बाँझी आईमाईबाट कुनै सन्तानको अपेक्षा गरिन्छ ।

 

आशीर्वाद र शान्ति उहाँ मुहम्मद ﷺ माथी रहोस् जो सबै प्राणीहरूमा सर्वश्रेष्ठ हुनुहुन्छ ।


وبعد، عباد الله صلوا وسلموا على خير البرية.

 

लेखक:

प्रख्यात शेख हुसाम बिन अब्दुल अजिज अल- जिब्रिन


अनुवादक:

मोहम्मद युसुफ

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • بين النفس والعقل (3) تزكية النفس
  • بين النفس والعقل (3) (باللغة الأردية)
  • بين النفس والعقل (3) تزكية النفس (باللغة الهندية)
  • خطبة: بين النفس والعقل (3) تزكية النفس - باللغة البنغالية
  • الدنيا بين الزاد والزهد (خطبة) - باللغة النيبالية
  • ضرورة طلب الهداية من الله (خطبة)- باللغة النيبالية
  • تزكية النفس: مفهومها ووسائلها في ضوء الكتاب والسنة وأقوال العلماء

مختارات من الشبكة

  • النفس اللوامة (محاسبة النفس)(مقالة - آفاق الشريعة)
  • الوحي والعقل والخرافة (خطبة)(مقالة - موقع الشيخ إبراهيم بن محمد الحقيل)
  • كف الأذى ونهي النفس عن الهوى (خطبة)(مقالة - آفاق الشريعة)
  • وقفات مع حديث جامع لآفات النفس (خلاصة خطبة جمعة)(مقالة - آفاق الشريعة)
  • هضم النفس في ذات الله (خطبة)(مقالة - آفاق الشريعة)
  • محاسبة النفس في ضوء الكتاب والسنة وأحكام شهر الله المحرم (خطبة)(مقالة - موقع الشيخ عبدالرحمن بن سعد الشثري)
  • أبو بكر الصديق بين الوحي والعقل(مقالة - آفاق الشريعة)
  • نفوسنا بين المسارعة والمخادعة (خطبة)(مقالة - آفاق الشريعة)
  • العقل في معاجم العرب: ميزان الفكر وقيد الهوى(مقالة - حضارة الكلمة)
  • أسماء العقل ومشتقاته في القرآن(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • حملة «تنظيف المساجد» تعود من جديد في تتارستان استعدادا لشهر رمضان
  • فعالية خيرية إسلامية لتعبئة آلاف الوجبات الغذائية في ولاية فرجينيا
  • فعاليات علمية للاستعداد لشهر رمضان في عاصمة الأرجنتين
  • تقدم أعمال بناء مشروع المركز الإسلامي في ماستيك - شيرلي بنيويورك
  • جهود إسلامية خيرية واسعة لدعم الأمن الغذائي وسط كنتاكي
  • مشروع تعليمي يهدف لتعزيز الوعي بالذكاء الاصطناعي والإعلام للطلاب المسلمين في البوسنة
  • موافقة رسمية على توسعة مسجد الفاروق بمدينة غلاسكو الأسكتلندية
  • يناير شهر التراث الإسلامي بولاية ميشيغان الأمريكية

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 14/8/1447هـ - الساعة: 15:17
أضف محرك بحث الألوكة إلى متصفح الويب