• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    أخطاء يقع فيها بعض الأئمة في القنوت للتراويح
    د. فهد بن ابراهيم الجمعة
  •  
    خطبة العيد 1433هـ
    د. غازي بن طامي بن حماد الحكمي
  •  
    خطبة شاملة لعيد الفطر المبارك 1447هـ
    رمضان صالح العجرمي
  •  
    خطبة عيد الفطر 1446 هـ
    د. أحمد بن حمد البوعلي
  •  
    خطبة عيد الفطر 1447 هـ
    د. صغير بن محمد الصغير
  •  
    في خيرية القرآن الكريم
    نايف عبوش
  •  
    خطبة عيد الفطر لعام 1443 هـ
    د. أيمن منصور أيوب علي بيفاري
  •  
    خطبة العيد 1432هـ
    د. غازي بن طامي بن حماد الحكمي
  •  
    مشروعية الأعياد في الإسلام
    أ. د. السيد أحمد سحلول
  •  
    قيمة الدين الإسلامي في حياتنا اليومية
    بدر شاشا
  •  
    يوم الفرقان، غزوة بدر الكبرى (خطبة)
    أبو سلمان راجح الحنق
  •  
    خطبة عيد الفطر لعام 1447هـ
    أحمد بن عبدالله الحزيمي
  •  
    تفسير قوله تعالى: {الله لا إله إلا هو الحي القيوم ...
    د. عبدالفتاح بن صالح الرصابي القعطبي
  •  
    خطبة عيد الفطر: إصلاح الضمائر والنيات
    حسان أحمد العماري
  •  
    خطبة عيد الفطر المبارك (الله أكبر على نعمة ...
    السيد مراد سلامة
  •  
    العاجز عن الصيام عجزا مستمرا لا يرجى زواله
    أ. د. عبدالله بن محمد الطيار
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

قصة نبوية (2) معجزات وفوائد: تكثير الطعام (خطبة) - باللغة النيبالية

قصة نبوية (2) معجزات وفوائد: تكثير الطعام (خطبة) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 18/9/2024 ميلادي - 14/3/1446 هجري

الزيارات: 1880

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

موضوع الخطبة : :قصة نبوية (2) معجزات وفوائد

 

शिर्षक:

पैगम्बर ﷺ को कथा (२) चमत्कारहरु र तिनका लाभहरु

प्रथम खुत्बा:

الحمد لله العلي العظيم، التواب الرحيم، العليم الحكيم، وأشهد أن لا إله إلا الله الأول الآخر، القادر القاهر، وأشهد أن محمدًا عبد الله ورسوله، أُكرم بالمقام المحمود والحوض المورود، صلى الله وسلم عليه وعلى آله وأصحابه.


प्रशंसा र पूजा पछि !

म तपाईंलाई र आफूलाई अल्लाहसँग डराउन आदेश दिन्छु, जुन अल्लाहले अघि र पछि सबै कालखण्डका मानव समुदायहरुलाई दिनुभएको आदेश हो:

﴿ وَسَارِعُوا إِلَى مَغْفِرَةٍ مِنْ رَبِّكُمْ وَجَنَّةٍ عَرْضُهَا السَّمَاوَاتُ وَالْأَرْضُ أُعِدَّتْ لِلْمُتَّقِينَ ﴾ [آل عمران: 133].


अग्रसर होऊ आफ्ना पालनकर्ताको क्षमादान एवं त्यस स्वर्गका निम्ति जुन आकाशहरू र पृथ्वी जतिकै फैलिएको छ र जुन ईशभय राख्नेहरूका निम्ति तयार पारिएको हो ।


परम दयालुका सेवकहरू! अल्लाहले आफ्ना सन्देशवाहकहरूलाई चमत्कारहरूद्वारा मद्दत गर्नुहुन्छ जसले तिनीहरूको सत्यता प्रमाणित गर्दछ र तिनीहरूका अनुयायीहरूको विश्वासलाई बलियो बनाउँछ, जसले तिनीहरूका शत्रुहरू र उनीहरूमाथि शंका गर्नेहरूका मुख बन्द गरिदिन्छ । रसुलुल्लाह लाई धेरै चमत्कारहरू दिइयो र तीमध्ये सबैभन्दा ठूलो चमत्कार हो पवित्र कुरान ।


आजको हाम्रो कुराकानीको विषय अल्लाहका रसूलका तीं मुर्त/संवेदी चमत्कारहरू हुन् जुन सहाबाहरूले अनुभव गरेका थिए र ती चमत्कारहरू हदीसको प्रामाणिक पुस्तकहरूमा उल्लेख गरिएको छ । पहिले हामी हदीसलाई उल्लेख गर्नेछौं, त्यसपछि हामी यसको पाठहरुमा प्रकाश पार्नेछौं:

सहिहहरूमा अनस बिन मलिक (रअ) को अधिकारमा वर्णन गरिएको छ कि: हजरत अबू तलहा (रअ) ले हजरत उम्म सुलैम (रअ) लाई भन्नुभयो: "मैले अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आवाज कमजोर भएको पाए । मलाई लाग्छ उहाँ भोकाएका होलान, तिमीसँग केही खानेकुरा छ?" त्यसपछि उनीले केही जौको रोटी निकालिन र आफ्नो दुपट्टा लिएर त्यसको एउटा भागमा बेरेर मेरो हातमा थमाइन र दुपट्टाको अर्को भाग मलाई ओढाइन । त्यसपछि उहाँले मलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ पठाइन । हजरत अनस (रअ) भन्नुहुन्छ कि म त्यो रोटि लिएर निस्किएँ । मस्जिदमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका धेरै साथीहरु बसिरहेका थिए । म उहाँको नजिकै उभिएँ र उहाँले भन्नुभयो: के तिमीलाई अबू तलहाले तपाईंलाई पठाउनुभएको हो? मैले भने: हो, उहाँ ﷺ ले भन्नुभयो: खानाको बारेमा? मैले भने: हो । अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँसँग भएका मानिसहरूलाई भन्नुभयो, “ उठौं र अबू तल्हाकहाँ जाऔं”, त्यसपश्चात उहाँ त्यहाँबाट निस्कनुभयो र म अबू तल्हाकहाँ नपुगुन्जेल तिनीहरूको अगाडि अगाडी गएँ र उहाँलाई घटना सुनाएँ । हजरत अबू तल्हाले भन्नुभयो: उम्म सुलैम! अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूसँग आउँदै हुनुहुन्छ र हामीसँग यस्तो केहि चीज छैन जुन  हामीले तिनीहरूलाई खुवाउन सक्छौं? उम्मे सुलैमले भनिन, “अल्लाह र उनका रसूलनै ज्यादा अवगत हुनुहुन्छ” । जे होस्, हजरत अबु तल्हा अगाडि गएर स्वागत गर्नुभयो । अब उनी पनि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग हिँडिरहेका थिए । अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: हे उम्मे सुलैम, तिमीसँग जे छ, ल्याऊ । हजरत उम्मे सुलैमले रोटी ल्याएपछी अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसलाई टुक्रा पार्न आदेश दिनुभयो । हजरत उम्मे सुलैमले भाँडो निचोरेर त्यसमा रहेको अलिकति घिउ हालेपछी यसरी त्यो [झोलीलो] करी बन्यो । तब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यस खानामा अल्लाहले चाहेको कुरा पढ्नुभयो । त्यसपछि उहाँले भन्नुभयो: “दश जना मानिसलाई बोलाउनुहोस्” । तिनीहरूलाई बोलाइयो र तिनीहरूले तृप्त भएर खाए । त्यसपछि तिनीहरू बाहिर गए र उहाँले भन्नुभयो: दश जना मानिसहरूलाई बोलाऊ, तिनीहरूलाई बोलाएर खान अनुमति दिइयो, त्यसैले तिनीहरूले आफ्नो पेट भरेर खाए । त्यसपछि तिनीहरू बाहिर गए र उहाँले भन्नुभयो: र दश जना मानिसहरूलाई बोलाउनुहोस् । त्यसपछि तिनीहरू गए र यसरी सबै ८० जना मानिसहरु तृप्त भएर खाए ।"


मुस्लिमको हदीसमा यी शब्दहरू छन्: " अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो हात (खानामा) राख्नुभयो र त्यसमाथि बिस्मिल्लाह पढ्नुभयो, त्यसपछि भन्नुभयो: "दस जना मानिसलाई भित्र पस्ने अनुमति दिनुहोस् ।" उहाँले अनुमति दिनुभयो । दशजना मानिसहरु भित्र आए । उहाँले भन्नुभयो, “बिस्मिल्लाह पढेर खाऊ ।” तब यी मानिसहरूले खाए र यसरी ती सबै अस्सी (८०) जना मानिसलाई पनि त्यस्तै गरे । उहाँले भन्नुभयो : त्यस पछि पैगम्बर सल्लल्लाहु अलैहि वसल्लम र अबु तल्हाका परिवारले खाए र (अझै पनि) खाना बचेको थियो ।


अल्लाहका दासहरू! यस्तै घटना जाबिर बिन अब्दुल्लाह (रज़ियल्लाहू अन्हुमा ) सँग पनि भयो । बुखारी र मुस्लिमले जाबिर बिन अब्दुल्लाह (रज़ियल्लाहू अन्हुमा) बाट वर्णन गरेका छन् कि उहाँले भन्नुभयो: जब (मदीनाको वरिपरि) खाडल खनिएको थियो, मैले अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लम लाई भोकाएका अवस्थामा भेट्टाएँ । मैले श्रीमतीकहाँ फर्केर आएर भनेँ, "के तिमीसँग केही छ?" किनभने मैले अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई धेरै भोकाएको देखेको छु । श्रीमतीले जौं भएको एउटान झोला निकालिन र हामीसँग एउटा बाख्रा थियो, मैले त्यसलाई काटें र मेरी श्रीमतीले आँटा पिसी । हामीले एकैपटक काम भ्यायेउं । मैले बाख्राको मासु काटेर हांडीमा हालेँ मा अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लम भएका ठाउँमा फर्कन लाग्दा मेरी श्रीमतीले भनिन् कि मलाई अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लम र उहाँका साथीहरूको अगाडि लज्जित नगर्नुहोस् (किनकि खाना थोरै छ, त्यसैले धेरै मानिसहरूलाई निम्तो नगर्नुहोस्) । म उहाँकहाँ आएर गोप्य रूपमा भने, हे अल्लाहका रसूल! मैले एउटा बाख्रा काटेको छु र हामीसँग भएको जौको पिठो तयार पारेको छु, तपाईं केही मानिसहरूलाई साथमा लिएर आउनु होला । यो सुनेर अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लमले सबैलाई बोलाउनुभयो र भन्नुभयो: हे खाडलका मानिसहरू! जाबिरले तिमीहरुलाई निम्तो दिएको छ, त्यसैले जाऔं । अनि उहाँले [मलाई] भन्नुभयो, "म नआउन्जेल तिम्रो हांडी नखोल र पीठोको रोटी नबनाउ ।" त्यसपछि म घरमा आएँ र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) पनि आए । उहाँ (स) अगाडी हुनुहुन्थ्यो र मानिसहरू उहाँको पछाडि थिए । म मेरी श्रीमतीकहाँ पुगेँ, उनले भनिन् कि तपाई मात्र चिन्तित हुनुहुनेछ र मानिसहरूले तपाईंका बारेमा नराम्रो बोल्नेछन् । मैले भनें कि तिमीले भनेको कुरा नै मैले गरेंको थिएँ (तर अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले घोषणा गर्नुभयो र सबैलाई निम्तो दिनुभयो)। जब मैले त्यो पीठो निकालेँ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो पवित्र मुख त्यस नजिक लैजानुभयो र बर्कतको लागि प्रार्थना गर्नुभयो, त्यसपछि हाम्रो हान्डीमा गएर त्यसमा पनि आफ्नो केहि थुक हाल्दिनु भयो र बर्कतको लागि प्रार्थना गर्नुभयो। त्यसपछि, उनले (मेरी श्रीमतीलाई) भने कि एक जना रोटी बनाउनेलाई बोलाएर सँगै रोती पकाउ र हांडीबाट डाडुले करी [निकाल्दै] जाउ तर भाँडोलाई चुल्होबाट नउतार । सय्यदुना जाबिर [र अ ] भन्छन् कि उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) सँग एक हजार मानिस थिए, र म कसम खान्छु कि तिनीहरू सबैले खाए, जबसम्म तिनीहरू गएर फर्केनन्, र हांडी पनि उस्तै अवस्थामा थियो, त्यो उम्लिरहेको थियो र पीठो पनि उत्तिकै थियो । [जस्तै ज़ह्हाक ले भनेका छन् कि त्यस पिठोको रोती बनिरहेको थियो ] ” (बुखारी र मुस्लिम, माथिका शब्दहरू मुस्लिमले वर्णन गरेका छन् )

 

अल्लाहले मलाई र तपाईलाई किताब र सुन्नतको लाभ प्रदान गरून्, यसका मार्गदर्शन हाम्रो लागि उपयोगी बनाउन् , अल्लाहसँग माफी माग्नुहोस्, निश्चय नै उहाँ अत्यन्त क्षमाशील हुनुहुन्छ

 

दोस्रो प्रवचन:

الحمد لله...

अलहमदुलिल्लाह...

प्रशंसा र प्रार्थना पछि:

अघिल्लो दुई कथाहरूमा हाम्रा लागि धेरै पाठहरू, सल्लाहहरू, फाइदाहरू र परिणामहरू छन्, जुन निम्नानुसार छन्:

- अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) नबी हुनुको निशानी प्रकट हुनु यस अर्थमा कि थोरै खानामा पनि असामान्य तरिकामा, आशिष् र प्रशस्तताको चमत्कार देखा पर्‍यो । त्यसैले अबु तलहाको कथामा अस्सी जना (80) मानिसहरू थोरै खानाबाट पनि तृप्त थिए भने जाबिरको कथामा एक हजार [1,000] मानिसहरू अघाउन्जेल खाना खाए ।


• दोस्रो निशानी यो हो कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो खबर दिनुभयो कि यो सानो मात्राको खाना (यी सबै मानिसहरूका लागि) पर्याप्त हुनेछ, जस्तै यो केहि हदीसहरुमा आएको छ ।

 

• तेस्रो निशानी यो हो कि: केही हदीसहरू अनुसार, उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले अनसलाई भन्नुभयो: "के अबू तल्हाले तिमीलाई पठाएको हो?" (अनसले भने:) हो, उहाँले भन्नुभयो: खानको लागि? (अनसले भने:) हो


- एउटा पाठ यो छ कि: सहाबाहरु अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम को सम्बन्ध को बारे मा धेरै चिन्तित हुने गर्थे ।


• एक पाठ यो पनि प्राप्त हुन्छ: उपहार पठाउनु मुस्तहब हो, चाहे त्यो प्रापकहरूको लागि सामान्य र मामुली नै किन नहोस, किनकि त्यो सानो भए पनि, केहि नहुनु भन्दा बेस हुन्छ


• एक पाठ यो पनि छ: खानामा निम्तो गर्ने व्यक्तिले आफ्ना पाहुनाहरूलाई स्वागत गर्न बाहिर निस्कनुपर्छ ।


• एक पाठ यो पनि छ कि: कठीन परिस्थिती र परीक्षाहरू केवल उत्कृष्ट व्यक्तिहरूमा आउँछन्, पैगम्बर र उहाँका साथीहरूले भोक र अन्य पीडाहरू भोगेका थिए, सहिह बुखारीको एक हदीसमा छ कि: हामीहरू खन्ने क्रममा थियौं कि अचानक एउटा विशाल चट्टान देखा पर्‍यो । सहाबाहरु पैगम्बरकहाँ आएर भने: खाडलमा एउटा कडा ढुङ्गा बाहिर आएको छ, उहाँले भन्नुभयो: "म आफै तल ओर्लन्छु र यसलाई हटाउनेछु ।" त्यसपछि जब उहाँ उठ्नुभयो (भोकको कारण) उहाँको पेटमा ढुङ्गा बाँधिएको थियो र साथै हामी पनि तीन दिनदेखि भोकाएका र तिर्खाएका थियौं..."


• एक पाठ यो पनि छ कि: मानिसहरूको उपस्थितिमा, आवश्यक कुरा गोप्य रूपमा भन्न सकिन्छ ।

 

• एक लाभ यो पनि व्युत्पन्न गरिएको छ कि: पैगम्बर अत्यन्त नम्र थिए र कडा भोक र तिर्खाको बावजुद साथीहरूसँग काममा भाग लिने गर्थे ।


• साथै, पैगम्बरले आफ्ना साथीहरूको राम्रो हेरचाह गर्नुहुन्थ्यो ।


अल्लाहका दासहरू! पैगम्बर र उहाँका साथीहरूको महानता स्पष्ट छ, अभाव र कठिनाइहरूको बावजुद तिनीहरूले जसरी जीवन बिताए, यो यसको सानो दृश्य हो । हामीसँग वर्तमानमा जुन किसिमका उन्नत सुविधाहरू छन्, आफ्नो हृदयमा अल्लाहका यी वरदानहरूको महानता महसुस गर्नुहोस्, र आफ्नो जिब्रोले अल्लाहको प्रशंसा गर्नमा कुनै कमी नगर्नुहोस ... र अल्लाहको कृतज्ञतामा उहाँको मनपर्ने कामहरू गर्नुहोस् र उहाँको असन्तुष्टिबाट टाढा रहनुहोस्, उदाहरणका लागि: अनावश्यक खर्च र आशीर्वादहरूको बेवास्ता नगर्नुहोस् ।

 

दरूद र सलाम उहाँमाथि पढ्दै गर्नुहोस ।

(सल्लल्लाहु अलैहि वसल्लम)

 

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • قصة نبوية (2) معجزات وفوائد: تكثير الطعام
  • قصة نبوية (2) معجزات وفوائد (باللغة الأردية)
  • قصة نبوية (2) معجزات وفوائد: تكثير الطعام (باللغة الهندية)
  • قصة نبوية (2) معجزات وفوائد: تكثير الطعام (خطبة) باللغة الإندونيسية
  • قصة نبوية (2) معجزات وفوائد: تكثير الطعام - باللغة البنغالية
  • الدنيا بين الزاد والزهد (خطبة) - باللغة النيبالية

مختارات من الشبكة

  • خطبة: وصايا نبوية إلى كل فتاة مسلمة(مقالة - آفاق الشريعة)
  • سنن نبوية في مواساة الزوج لزوجته أثناء عادتها الشهرية(مقالة - آفاق الشريعة)
  • ومضات نبوية: "أنتم شهداء الله في أرضه"!(مقالة - آفاق الشريعة)
  • ومضات نبوية: "لا أنساها لها"(مقالة - آفاق الشريعة)
  • ومضات نبوية: "يا حنظلة ساعة وساعة"(مقالة - آفاق الشريعة)
  • وصايا نبوية غالية(مقالة - آفاق الشريعة)
  • أحاديث نبوية في الفتن(مقالة - آفاق الشريعة)
  • مشروعية الزواج من واحدة فأكثر في السنة النبوية(مقالة - موقع د. عبدالعزيز بن سعد الدغيثر)
  • الواقعية في التربية النبوية (خطبة)(مقالة - موقع د. محمود بن أحمد الدوسري)
  • ضوابط التسويق في السنة النبوية (خطبة)(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • إفطار رمضاني يعزز ارتباط الشباب بالمسجد في ألكازار دي سان خوان
  • مسلمون جدد يجتمعون في إفطار رمضاني جنوب سيدني
  • مسابقة رمضانية في يايسي لتعريف الطلاب بسيرة النبي محمد
  • سلسلة محاضرات رمضان "المعرفة - منفعة عامة" تواصل فعالياتها في تيشان
  • طلاب القرم يتعلمون قيم الرحمة عبر حملة خيرية تعليمية
  • تعرف على مسجد فخر المسلمين في شالي أكبر مسجد في أوروبا
  • مسلمو تايلر يفتحون أبواب مسجدهم لتعريف الناس بالإسلام في رمضان
  • مبادرة رمضانية لمسلمين تقدم علاجا وغذاء مجانيا في سان خوسيه

  • بنر
  • بنر
  • بنر
  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 27/9/1447هـ - الساعة: 23:38
أضف محرك بحث الألوكة إلى متصفح الويب