• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    تفسير سورة الفاتحة
    جمال علي يوسف فياض
  •  
    علق قلبك ببيوت الله (خطبة)
    د. أيمن منصور أيوب علي بيفاري
  •  
    الغفلة عن شهر شعبان (خطبة)
    د. عبد الرقيب الراشدي
  •  
    ماذا يفعل من استيقظ قبل الفجر
    د. خالد بن محمود بن عبدالعزيز الجهني
  •  
    هبوط الذهب... وارتفاع الحسرة!!
    د. صلاح بن محمد الشيخ
  •  
    ومضات نبوية: "أنتم شهداء الله في أرضه"!
    علي بن حسين بن أحمد فقيهي
  •  
    وقفات مع شهر شعبان
    د. محمد أحمد صبري النبتيتي
  •  
    من منبر المسجد الحرام: المجموعة الثالثة والرابعة ...
    الشيخ محمد بن عبدالله السبيل
  •  
    شبهة تلقي النبي صلى الله عليه وسلم من ورقة بن
    حبيب الله بهار
  •  
    إياكم والظلم (خطبة)
    خالد سعد الشهري
  •  
    تأملات في بعض الآيات (3) مراتب القدر
    حكم بن عادل زمو النويري العقيلي
  •  
    من مواعظ العلامة ابن القيم
    فهد بن عبدالعزيز عبدالله الشويرخ
  •  
    إطلالة على مشارف السبع المثاني (3) ﴿ الرحمن ...
    وضاح سيف الجبزي
  •  
    تخريج حديث: المستحاضة بالوضوء لكل صلاة (5)
    الشيخ محمد طه شعبان
  •  
    تفسير: (والله الذي أرسل الرياح فتثير سحابا فسقناه ...
    تفسير القرآن الكريم
  •  
    فلا تظالموا (خطبة)
    الشيخ محمد بن إبراهيم السبر
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

خطبة: لا تغتابوا المسلمين (باللغة النيبالية)

خطبة: لا تغتابوا المسلمين (باللغة النيبالية)
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 29/6/2025 ميلادي - 4/1/1447 هجري

الزيارات: 1531

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

मुस्लिमहरुको कुरा नकाट्नु होस्

 

पहिलो प्रवचन:

إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي، له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمداً عبده ورسوله.

 

﴿ يَاأَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ حَقَّ تُقَاتِهِ وَلَا تَمُوتُنَّ إِلَّا وَأَنْتُمْ مُسْلِمُونَ ﴾ [آل عمران: 102]. ﴿ يَاأَيُّهَا النَّاسُ اتَّقُوا رَبَّكُمُ الَّذِي خَلَقَكُمْ مِنْ نَفْسٍ وَاحِدَةٍ وَخَلَقَ مِنْهَا زَوْجَهَا وَبَثَّ مِنْهُمَا رِجَالًا كَثِيرًا وَنِسَاءً وَاتَّقُوا اللَّهَ الَّذِي تَسَاءَلُونَ بِهِ وَالْأَرْحَامَ إِنَّ اللَّهَ كَانَ عَلَيْكُمْ رَقِيبًا ﴾ [النساء: 1] ﴿ يَاأَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ وَقُولُوا قَوْلًا سَدِيدًا * يُصْلِحْ لَكُمْ أَعْمَالَكُمْ وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ وَمَنْ يُطِعِ اللَّهَ وَرَسُولَهُ فَقَدْ فَازَ فَوْزًا عَظِيمًا ﴾ [الأحزاب: 70، 71].

 

प्रसंशा र प्रार्थना पछि:

सबै भन्दा राम्रो कुरा अल्लाह को किताब हो, र सबै भन्दा राम्रो विधि मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम को विधि हो, र सबैभन्दा खराब चीज इस्लाममा नयाँ चीज मिश्रित गर्नु हो, र हरेक नवीनता पथ भ्रष्टता हो।


आस्थावान दाजुभाइहरू! आजको हाम्रो कुराकानीको विषय एउटा यस्तो नराम्रो विशेषता हो, जसको फोहोरले पुरुष र महिला, युवा र वृद्ध सबैको जीवन दाग लगाएको छ।

 

वास्तवमा यो एउटा सामाजिक रोग बनेको छ। जसले मुस्लिमहरू बीचको प्रेम र भ्रातृत्वको सम्बन्धलाई नष्ट गरिदिएको छ। यो शत्रुता बढाउनको प्रमुख कारण हो। यो ठूलो पाप हो। जसले आस्थाको ज्योतिलाई निभाउँछ। र मानिसहरूलाई सत्मार्गबाट हटाउँछ। यो चिहानको दण्डको कारण पनि हो। अल्लाहले हामीलाई र तपाईलाई यसबाट रक्षा गरून्। यो तपाईको असल कर्महरू बिगार्ने कारण हो। हामी त्यस्ता हानिबाट अल्लाहको शरण चाहन्छौं, यसको अर्थ अरूको कुरा काट्नु हो।

 

अल्लाहका भक्तहरू! अल्लाहले हामीलाई अरूको कुरा काट्न बाट निषेध गरेको छ:

﴿ وَلَا يَغْتَبْ بَعْضُكُمْ بَعْضًا ﴾ [الحجرات: 12].

 

र तिमीहरू मध्य कसैले कसैको कुरा न कटोस्।

 

कुरा काट्नु भनेको आफ्नो भाइको अनुपस्थितिमा उसको बारे उसलाई मन नपर्ने कुरा बोल्नु हो।


अल्लाहले अरूको कुरा काट्नबाट निषेध गरेपछि एउटा यस्तो उदाहरण दिनुभएको छ जसले यसको दुष्टता लाई उजागर गर्छ।


सर्वशक्तिमान अल्लाहको भनाई छ :

﴿ أَيُحِبُّ أَحَدُكُمْ أَنْ يَأْكُلَ لَحْمَ أَخِيهِ مَيْتًا فَكَرِهْتُمُوهُ ﴾ [الحجرات: 12].


के तिमीहरूमध्ये कोही आफ्नो मृत भाइको मासु खान रूचाउँछ ? तिमीहरू त्यसलाई अवश्य घृणा गर्छौ।

 

इब्न आशुर आफ्नो कुरआनको व्याख्या मा लेख्नु हुन्छ: "यस उदाहरणको उद्देश्य त्यसको दुष्टताको वर्णन गर्नु हो जसको उदाहरण दिइएको छ, ताकि कुरा काट्नेहरूको सामु यसको गम्भीरता स्पष्ट होस। किनभने कुरा काट्नु मानिसहरूमा सामान्य भई सकेको छ। वास्तवमा यो सन्देशवाहक मुहम्मद(स) को आगमन भन्दा पहिला धेरै सामान्य थियो। त्यसैले मुस्लिमले आफ्नो उपस्थित नभएको दाजुभईको कुरा काट्नु भनेको त्यो व्यक्ति जस्तै हो जसले आफ्नो यस्तो भाइको मासु खान्छ जो मृत अवस्थामा छ र आफ्नो आत्मरक्षा गर्न पनि सक्दैन। "।

 

उँहाले अझै भन्नु हुन्छ:

सर्वशक्तिमान अल्लाहको भनाइ (فَكَرِهْتُمُوهُ) मा जुन अक्षर "فا" छ त्यसलाई फाए फसीहा भनिन्छ। तेस्रो पुरुषको उपनाम(هُ) (أَحَدُكُم) तर्फ फर्की रहेको छ वा (لَحْمَ) तर्फ फर्की रहेको छ।


"घृणा गर्नु" को अर्थ " दुष्ट ठान्नु र नराम्रो मान्नु हो।"


हे अल्लाह, हामीलाई र ती सबै मानिसहरूलाई क्षमा गर्नुहोस् जसको कुरा हामीले काटेका छौं, र हामीलाई सही पश्चात्ताप गर्ने तागत दिनुहोला।


इस्लामी दाजुभाइहरु ! के तपाईंले देख्नु भयो कि अल्लाहले कुरा काट्नुलाई कसरी कुन चीजसँग तुलना गर्नु भएको छ? हामी दिनरात अरूको कुरा काट्नमा लागिरहेका छौं। सिवाय ती व्यक्तिहरू जसलाई अल्लाह ले बचाउनु भएको छ। अरूको कुरा कट्नुको नराम्रो असर आज हाम्रो ल्यापटप र मोबाइल मार्फत पनि हामीमा परी रहेको हुन्छ। अतः सामाजिक सञ्जालमा कहिले विद्वान, कहिले धर्म प्रचारक र कहिले खेलाडीहरूको बारेमा चुक्ली भइरहन्छ र विभिन्न जातजाति आदिको खिल्ली उडाइन्छ।


आदरणीय जनसमुदाय! पापको गम्भीरताको निर्धारण मानिसको हातमा छैन। तर त्यो मानिसहरूका प्रभुको हातमा छ, र केवल संदेशवाहक (स) ले यसको बारेमा जानकारी दिन सक्नुहुन्छ। बारम्बार कुरा काट्नुको मतलब यो सानो पाप हो भन्ने होइन

 

मुआज बिन जबल (रअ) पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) सँग यात्रामा हुनुहुन्थ्यो।


मुआज भन्छन्: एक दिन हामी हिँड्दै थियौं, म उँहाको नजिक गएँ। मैले भने: हे अल्लाहका संदेशवाहक! मलाई स्वर्गमा लैजाने र नर्कबाट टाढा राख्ने कर्म बताउनुहोस्। उँहाले भन्नु भयो: तिमीले ठूलो कुरा सोधेका छौ र अल्लाह जसको लागि यो सजिलो बनाउँछ उसको लागि यो सजिलो हुन्छ। त्यस पछि पैगम्बर(स) ले इस्लाम को पाँच आधारस्तम्भहरु वर्णन गर्नु भयो र धेरै राम्रो कामहरु बताउनुभयो। त्यसपछि उहाँले भन्नुभयो: के म तिमीलाई त्यो कुरा न भनौँ जुन ती सबैको प्रमुख हो? मैले भनेँ, भई हाल्छ नि ! तब पैगम्बर (अ सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो जिब्रो समातेर भन्नुभयो: यसलाई रोकेर राख। मैले सोधें: हे अल्लाहका संदेशवाहक! के हामीले भनेको कुराको लागि हामीलाई पक्राउ गरिनेछ? उहाँले भन्नुभयो: मुआज! (तिम्री आमा तिम्रा लागि रोउन), जिब्रोले काटेको बाली बाहेक त्यो कुन कुरा हो जसले मानिसहरूलाई नर्कको आगोमा तानेर लैजान्छ ?"। यो तिरमिदी द्वारा वर्णन गरिएको छ र अल-अल्बानीले यसलाइ सहिह को दर्जा दिनु भएको छ।


अन्तिम सन्देशवाहक (स) ले भन्नुभएको छ: "जसले मलाई उसको दुई खुट्टा बीच को अंग (गुप्तांग) र उसको दुई बङ्गारा बीच को अंग (जिब्रो) जमानत दिन्छ, म उसलाई स्वर्गको जमानत दिन्छु।" यो बुखारी द्वारा वर्णन गरिएको छ।


अल्लाहका भक्तहरू! के तपाईंले कहिल्यै समुद्रको यात्रा गर्नुभएको छ? के तपाईंले कहिल्यै यसमाथि उडेर यसको क्षितिजहरू देखेर चकित हुनुभएको छ?! यो समुन्द्र जसमा अहिलेको जमानामा प्रयोग भएको पानी खन्याइन्छ र पनि यसमा कुनै फेरबदल हुदैन। अरूको कुरा काट्नुको कुनै रङ्ग हुन्थ्यो भने त्यसले समुन्द्रको पानी पनि रङ्गीन बनाई दिन्थ्यो।


आयशा(र)भन्छिन्: मैले अल्लाहका संदेशवाहक (स) लाई भने: सफियामा तपाईंको लागि यो पर्याप्त छ कि उनी यस्ती यस्ती छिन्। केही वर्णन गर्नेहरुले भनेका छन्: यसबाट उनले सफिया(र) को छोटो कदको अर्थ राखेकी थिइन। तब पैगम्बर मुहम्मद (स) ले भन्नुभयो: तिमीले एउटा यस्तो शब्द बोलेकी छौ कि यदि यो समुद्रमा मिसाइयो भने त्यो तीतो हुनेछ।


यो अबु दाउद द्वारा वर्णन गरिएको छ र अल-अल्बानीले यसलाई सहिह भन्नु भएको छ।


यस्तो शब्दले श्रोतामा घृणा र विकृति पैदा गर्ने सम्भावना हुन्छ ।


अल्लाहका भक्तहरू! अरूको कुरा काट्नु चिहानको सजायको कारण हो। सुनन अबु दाउदको हदीसमा वर्णन गरिएको छ कि: "जब म आकाशलोक को यात्रामा थिएँ, म एउटा समूहको नजिकबाट गएँ जसका नङहरू तामाका थिएँ जसले आफ्ना अनुहार र छातीहरू चिथार्दै थिए। मैले सोधे: हे जिब्राइल! यी मानिसहरू को हुन्?उहाँले भन्नुभयो: यिनीहरू ती हुन् जसले अरूको मासु खाने र तिनीहरूको इज्जतसँग खेलवाड गर्ने गर्छन्।" अल-अल्बानीले यो सहिह भएको घोषणा गर्नु भएको छ।


अल्लाहका भक्तहरू! यो हामी हामीमाथि अनिवार्य छ कि हामी अरूको कुरा काट्न बाट बचौं एकअर्कालाई त्यसको सल्लाह दिऔं र कुकर्मबाट रोकौं। 1यो हदीसमा उल्लेख गरिएको छ: "जसले आफ्नो भाइको इज्जतको रक्षा गर्छ (उहाँको अनुपस्थितिमा), अल्लाहले निर्णयको दिन नरकबाट उसको अनुहारलाई बचाउनुहुनेछ। (यो तिर्मीजि द्वारा वर्णन गरिएको छ र अल-अल्बानीले यो सहिह भएको घोषणा गर्नु भएको छ।)


पाप गर्नबाट रोक्ने व्यक्ति अरूको कुरा काट्ने व्यक्ति भन्दा धेरै परोपकारी र उस प्रति चिन्तित हुन्छ। तुलनात्मक हिसाबले चापलुसी गर्ने र उसको हरेक राम्रो र नराम्रो कुरामा सहमत हुने व्यक्ति भन्दा उसलाई कुरा काट्नबात रोक्ने व्यक्ति उत्तम हुन्छ किनकि उसले कुरा काट्ने व्यक्तिलाई पाप र दण्डको कारणबाट बचाउँछ।


हे अल्लाह! हामीले आफैंमाथि अन्याय गरेका छौं। हे अल्लाह! हामी तपाईंसँग हृदय, जिब्रो, कान र आँखाको शुद्धताको प्रार्थना गर्छौं।तपाइँहरू सबैले अल्लाहसँग क्षमायाचना गर्नुहोस्। निश्चय नै उहाँ धेरै क्षमाशील हुनुहुन्छ।

 

दोस्रो प्रवचन:

الحمد لله...

 

प्रशंसा र प्रार्थना पछि:

बोली एउटा वरदान हो तर कहिलेकाहीँ यो समस्या र दण्डको कारण पनि बन्छ। यो महान सत्कर्महरुको ढोका हो र त्यसरी नै ठूल-ठूला खराबीहरूको ढोका पनि हो। यी सबै खराबीहरूमध्ये सबैभन्दा व्यापक र गम्भीर खराबी भनेको अरूको कुरा काट्नु हो। अल्लाहले हामीलाई यसबाट बच्न र क्षमायाचना गर्न मद्दत गरून्। यो यस्तो कार्य हो जसले कुरा काट्ने व्यक्तिको हृदयमा विश्वासको कमजोरी प्रकट गर्दछ।


हदीसमा उल्लेख गरिएको छ: "हे ती मानिसहरू जसले आफ्नो जिब्रोले आस्था राखेका भनेका छन् तर आस्था उनीहरूको हृदयमा प्रवेश गरेको छैन! मुस्लिमहरूको निन्दा नगर र उनीहरूको गल्तीको पछाडि नलाग"। यो हादिस अबु दाउद द्वारा वर्णन गरिएको छ र अल-अल्बानीले यसलाई सहिह भन्नुभएको छ।


अल्लाहका भक्तहरू! शैतानले हामीलाई कति धेरै बहकाएको छ? त्यो यसरी कि एकदमै बेतुका कारणहरूबाट हाम्रो कुरा काट्ने बानीलाई रमाइलो बनाएको छ।


हो, विद्वानहरूले यस्तो औचित्यपूर्ण र शरीयतको उद्देश्यका लागि कुरा कट्नुलाई वैध र स्वीकार्य छ भनी उल्लेख गरेका छन् जुन कुरा काटे बिना प्राप्त हुँदैन। धेरै तर्कहरूद्वारा प्रमाणित भएअनुसार यी कारणहरूलाई दुई पंक्तिमा संक्षेप गरिएको छ।

الذمُّ ليسَ بغيبةٍ في ستةٍ
متظلّمٍ ومعرِّفٍ و محذرِ
ولمظهرٍ فسقاً ومستفتٍ ومن
طلبَ الإعانةَ في إزالةِ منكرِ

 

अनुवाद: छ वटा अवस्थामा कुरा काट्ने लाई निन्दा गर्ने अनुमति छैन। उत्पीडित व्यक्तिको लागि, कसैलाई परिचय गराउने व्यक्तिको लागि वा कसैलाई चेतावनी दिने व्यक्तिको लागि, त्यसरीनै सार्वजनिक अनैतिकता र कुकार्य गर्ने व्यक्तिको कुरा गर्नेवालाको लागि र त्यो व्यक्तिको लागि पनि जसले धर्मशास्त्र अनुसार प्रश्नोत्तर गर्छ र त्यो व्यक्तिको लागि पनि जसले खराबी हटाउन मद्दत माग्छ।


विद्वानहरू भन्छन्: उदाहरणका लागि त्यस व्यक्तिले कुरा काट्ने अनुमति छ जसको ऋण तिर्नमा ऋणीले ढिलाइ गरेको छ। उसले आफ्नो दुःख बताउँदै यो भन्ने अनुमति छ कि त्यस् व्यक्तिले मसँग ढिला सुस्ती गर्यो ।


यद्यपि, अन्य मामिलामा, उसको कुरा काटेर र उसको खराबी बयान गरेर रिस पोख्ने अनुमति छैन।


यसमा कुनै शंका छैन कि मुस्लिमले कहिलेकाहीँ बोल्न हिचकिचाउछ, किनकि उसलाई थाहा हुँदैन कि उसले भन्न खोजेको कुरा अनुपस्थित व्यक्तिलाई मन पर्दैन कि जसले गर्दा यो चुक्ली हुने कि , वा उसलाई मन पराउनेछ कि जसले गर्दा यो भन्न मिल्छ कि, यस्तो अवस्थामा हामीले डराएर काम गर्नुपर्छ ।


फुजैल बिन अयाज भन्छन्: "जिब्रो प्रयोग गर्दा सबैभन्दा धेरै डराउनु पर्दछ।"


हे आस्थावान दाजुभाइहरू! म यहाँ केहि माध्यमहरू उल्लेख गर्न गइरहेको छु जसले हामीलाई अरूको कुरा काट्नुबाट बच्न मद्दत गर्नेछ। यदि ईश्वरले चाहानुहुन्छ भने:

एउटा माध्यम अल्लाहसित मद्दत माग्नु हो। यदि हामीले कुरा काट्नुको दुष्टतालाई याद गर्यौं र कुरा काट्नु भनेको मृतको मासु खानु सरह हो भन्ने ख्याल भयो भने यसले कुरा काट्नु बाट बच्न मद्दत पुर्याउँछ। त्यसरीनै त्यसबाट टाढा रहन भलाई, सद्भावना र कुकर्मलाई अस्वीकार गर्नु सहयोगी हुन्छ।साथै, समुहमा अल्लाहलाई सम्झनु पनि यस अध्यायमा उपयोगी कार्य हुन्छ, किनकि शैतान अल्लाहको सम्झनाबाट भाग्छ।


शुद्ध बोली भएका मानिसहरूको संगतमा बस्नु पनि अरूको कुरा काट्नुबाट बच्ने उपाय मध्ये एउटा उपाय हो। र सम्भव भएसम्म शारीरिक भेटघाट र प्राविधिक बैठकहरूलाई बेवास्ता गर्नु पनि अरूको कुरा काट्नुबाट बच्ने उपाय मध्ये एउटा उपाय हो। सभाको अवधि सकेसम्म छोटो गर्नु पनि यसबाट सुरक्षित रहन मद्दत गर्ने चीजहरू मध्ये एक हो। यो जोहरी बाट वर्णन गरिएको छ: "यदि सभा लामो हुन्छ भने त्यसमा शैतानको हस्तक्षेप हुने गर्दछ"।


अरूको कुरा काट्नबाट बच्ने एउटा उपाय यो पनि हो कि यो कुरा ध्यानमा राखियोस् की अरूको कुरा काट्नुको कारणले पापहरू लेखिन्छन् र सत्कर्महरू मेटिन्छन्‌।


इब्न अल-मुबारकले भनेका छन्: "यदि मैले कसैको कुरा काट्थे भने, म मेरा आमाबाबुको कुरा काट्थे किनभने उहाँहरू सत्कर्महरूको सबैभन्दा धेरै योग्य हुनुहुन्छ।"


म पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को यो हदीस बाट मेरो कुरा समाप्त गर्न जाँदैछु: "अल्लाह यस्ता भक्तमाथि कृपा गरून् जसको इज्जत वा सम्पत्तिमा उसको दाजुभाईको कुनै अधिकार हुन्छ। त्यसपछि उ मर्नु अघि त्यो व्यक्ति कहाँ आएर यस संसारमै उस सित माफी माग्छ। किनकि न्यायको दिन उसँग न दिनार हुनेछ न दिरहाम। र (माफी माग्नु अघि नै मर्छ भने) यदि अत्याचारीसँग केही राम्रा कामहरू छन् भने उसको राम्रो कर्मद्वारा बद्ला लिइनेछ।र यदि ऊसँग कुनै राम्रो काम छैन भने, उत्पीडकको पापहरू अत्याचारीको शिरमा राखिनेछ।"

 

यसलाई तिर्मीजीले वर्णन गरेका छन् र यस्तै एउटा कुरा बुखारीमा पनि आएको छ ।

 

﴿ أَلَمْ تَرَ أَنَّ اللَّهَ يَعْلَمُ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ مَا يَكُونُ مِنْ نَجْوَى ثَلَاثَةٍ إِلَّا هُوَ رَابِعُهُمْ وَلَا خَمْسَةٍ إِلَّا هُوَ سَادِسُهُمْ وَلَا أَدْنَى مِنْ ذَلِكَ وَلَا أَكْثَرَ إِلَّا هُوَ مَعَهُمْ أَيْنَ مَا كَانُوا ثُمَّ يُنَبِّئُهُمْ بِمَا عَمِلُوا يَوْمَ الْقِيَامَةِ إِنَّ اللَّهَ بِكُلِّ شَيْءٍ عَلِيمٌ ﴾ [المجادلة: 7].

 

के तिमीहरूले देखेनौ कि अल्लाह आकाशहरू तथा पृथ्वीका हरेक कुरा जान्दछन् ? कुनै स्थानमा तीनजना व्यक्तिबीच कुनै यस्तो गोप्य कानेखुसी हुँदैन जहाँ चौथोका रूपमा उनी हुँदैनन् न कहीँ पाँचजनाको बीचमा उनी छैठौंकोरूपमा रहेका नहुन् । न त्योभन्दा कम वा त्योभन्दा बढी परन्तु उनी तिनीहरूका साथ रहन्छन्, चाहे तिनीहरू जहाँसुकै रहून् । फेरि उनले महाप्रलयको दिन तिनीहरूले गर्ने गरेका कर्महरूबारे अवगत गराउनेछन् । निस्सन्देह अल्लाह प्रत्येक कुराबाट अवगत छन् ।

 

صلى الله عليه وسلم.

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • خطبة: لا تغتابوا المسلمين (باللغة الإندونيسية)
  • خطبة: لا تغتابوا المسلمين (باللغة البنغالية)
  • الله البصير (خطبة) - باللغة النيبالية
  • الله الخالق الخلاق (خطبة) – باللغة النيبالية
  • خطبة: تأملات في بشرى ثلاث تمرات - (باللغة النيبالية)

مختارات من الشبكة

  • الله الخالق الخلاق (خطبة) – باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • خطبة: استشعار التعبد وحضور القلب (باللغة النيبالية)(مقالة - آفاق الشريعة)
  • خطبة: احتساب الثواب والتقرب لله عز وجل (باللغة النيبالية)(مقالة - آفاق الشريعة)
  • من مشكاة النبوة (5) "يا أم خالد هذا سنا" (خطبة) - باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • ونكتب ما قدموا وآثارهم (خطبة) - باللغة البنغالية(مقالة - آفاق الشريعة)
  • قسوة القلب (خطبة) (باللغة البنغالية)(مقالة - آفاق الشريعة)
  • فكأنما وتر أهله وماله (خطبة) - باللغة البنغالية(مقالة - آفاق الشريعة)
  • عظمة وكرم (خطبة) - باللغة البنغالية(مقالة - آفاق الشريعة)
  • ونكتب ما قدموا وآثارهم (خطبة) - باللغة الإندونيسية(مقالة - آفاق الشريعة)
  • خطبة: لتسألن عن هذا النعيم يوم القيامة (نعم المآكل) - باللغة الإندونيسية(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • قمة شبابية دولية في أستراليا لتعزيز الهوية والقيادة الإسلامية
  • ندوة علمية في ساراتوف تبحث أحكام الزكاة وآليات تطبيقها
  • مفكرة يومية ترافق الصائمين في رحلتهم الإيمانية خلال رمضان في تتارستان
  • أئمة بلغاريا يطورون مهاراتهم الدعوية ضمن الموسم السابع من «الإمام الفاعل»
  • حملة «تنظيف المساجد» تعود من جديد في تتارستان استعدادا لشهر رمضان
  • فعالية خيرية إسلامية لتعبئة آلاف الوجبات الغذائية في ولاية فرجينيا
  • فعاليات علمية للاستعداد لشهر رمضان في عاصمة الأرجنتين
  • تقدم أعمال بناء مشروع المركز الإسلامي في ماستيك - شيرلي بنيويورك

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 21/8/1447هـ - الساعة: 10:29
أضف محرك بحث الألوكة إلى متصفح الويب