• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    الحيرة وعلاجها (خطبة)
    د. محمد بن عبدالعزيز بن إبراهيم بلوش ...
  •  
    الخليل عليه السلام (13) {ولقد آتينا إبراهيم رشده}
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    العلم نجاة وعصمة (خطبة)
    د. محمود بن أحمد الدوسري
  •  
    النار في معتقد أهل السنة والجماعة
    محمد بن سند الزهراني
  •  
    مجالس العلم
    السيد مراد سلامة
  •  
    معنى لا إله إلا الله
    يحيى بن إبراهيم الشيخي
  •  
    خطبة العيد 1447 (عيد الشاكرين)
    الشيخ عبدالله محمد الطوالة
  •  
    خطبة عيد الفطر المبارك لعام 1447هجرية
    وائل بن علي بن أحمد آل عبدالجليل الأثري
  •  
    يا ابن آدم تفرغ لعبادتي
    محب الدين علي بن محمود بن تقي المصري
  •  
    مكفرات الذنوب
    مالك مسعد الفرح
  •  
    صيام الست من شوال
    الشيخ خالد بن علي الجريش
  •  
    بعد رمضان (خطبة)
    ساير بن هليل المسباح
  •  
    الخوف والرجاء وأثرهما في استقامة القلب
    محمد بن سند الزهراني
  •  
    أركان العبودية وشروطها ومدارها ومراتبها
    إبراهيم الدميجي
  •  
    خطبة: أبواب الجنة وحِكَم تعددها
    يحيى سليمان العقيلي
  •  
    خطبة عيد الفطر لعام 1445 هـ
    د. أيمن منصور أيوب علي بيفاري
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

بين النفس والعقل (2) (خطبة) باللغة النيبالية

بين النفس والعقل (2) (خطبة) باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 21/8/2024 ميلادي - 15/2/1446 هجري

الزيارات: 2659

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

शीर्षक:

नफ्स र विवेक (बुद्धि) को विषय [2]


पहिलो खुत्बा (प्रवचन):

الحمد لله الخالق البارئ المصور، المهيمن المقدم المؤخر، العزيز الجبار المتكبر، وأشهد أن لا إله إلا الله وحده لا شريك له، له الملك وله والحمد، وهو على كل شيء قدير، وأشهد أن محمدًا عبده ورسوله، افترض الله على العباد طاعته وتوقيره، ومحبته وتعزيره، صلى الله وسلم عليه وعلى آله وصحبه، ومن تبعه بإحسان إلى يوم الدين.


अल्लाहको तारिफ र प्रशंसापछि


म तपाईलाई र आफैलाई अल्लाहको भक्ति र ईशभय राख्ने सल्लाह दिन्छु:

﴿ وَاتَّقُوا اللَّهَ وَاعْلَمُوا أَنَّكُمْ إِلَيْهِ تُحْشَرُونَ ﴾ [ البقرة: 203]

अनुवाद: अल्लाहको भय राख र जानिराख– उनैका सामु तिमीहरू एकत्रित गरिनेछौ ।


हे आस्थावान्हरू, यदि तपाईले प्रश्न सोध्नुहुन्छ कि नफ्स के हो? भने तर्कबाट यही दलीलहरुबाट यहि प्रस्ट हुन्छ कि नफ्स आत्मा हो । कोहि भन्छन : नफ्स भनेको (शरीरसँग बस्ने) आत्मा को नाम हो । अल्लाहले भन्नुहुन्छ


﴿ اللَّهُ يَتَوَفَّى الْأَنْفُسَ حِينَ مَوْتِهَا وَالَّتِي لَمْ تَمُتْ فِي مَنَامِهَا فَيُمْسِكُ الَّتِي قَضَى عَلَيْهَا الْمَوْتَ وَيُرْسِلُ الْأُخْرَى إِلَى أَجَلٍ مُسَمًّى إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يَتَفَكَّرُونَ ﴾ [الزمر: 42]

अनुवाद: ती अल्लाह नै हुन् जसले मृत्युको बेला प्राणहरूलाई पूर्णतः ग्रस्त गर्छन्, र न मरेकाहरूको प्राण निन्द्रामा (ग्रस्त गर्छन्) । अनि जसमाथि उनले मृत्युको फैसला लागू गर्छन् उसको प्राण आफूकहाँ रोकेर राख्छन् । र, बाँकी प्राणहरूलाई एउटा निश्चित समयकालागि छोडिदिन्छन् । वास्तवमा मनन् गर्नेहरूकालागि यसमा निशानीहरू छन् ।


हदीसमा छ कि, सुत्ने बेलामा यसो भन्ने गर्नुहोस:

"باسمك ربي، وضعتُ جنبي، وبك أرفعه، فإن أمسكتَ نفسي فارحمها، وإن أرسلتها فاحفظها بما تحفظ به عبادك الصالحين"

(अर्थात: हे मेरो प्रभु! (म तपाईंको नाम लिइ आफ्नो ओछ्यानमा सुत्न जाँदैछु र तपाईंकै नाम लिइ म उठ्नेछु, यदि मेरो प्राणलाई सुतेको बेलामै कब्जा गर्नुहुन्छ भने तपाई मेरो आत्मा माथी दया गर्नुहोला र यदि तपाईंले निन्द्रालाई निरन्तरता दिनुहुन्छ भने, मेरो प्राणमाथी त्यसरी नै रक्षागर्नु जसरी तपाईंले आफ्ना ईमानदार र सत्कर्म सेवकहरुको रक्षा गर्नुहुन्छ।)


र निद्राबाट ब्युँझेपछि, यो दुआ पढ्नुहोस्:

"الحمد لله الذي عافاني في جسدي، وردَّ عليَّ روحي، وأذِن لي بذكره".

(अर्थात: सबै प्रशंसा अल्लाहका लागि हुन् जसले मेरो शरीरलाई स्वस्थ राख्नुभयो, र मेरो आत्मालाई मेरो शरीरमा पुनर्स्थापित गर्नुभयो, र मलाई उहाँलाई याद गर्ने अवसर (र अनुग्रह) दिनुभयो) । (यस हदीसलाई तिरमिजी, नसाईले वर्णन गरेको छ र अल-अल्बानीले यसलाई हसन भनेका छन्)


सहिह हदीसमा यो प्रमाणित छ कि शहीदहरूको आत्माहरू हरियो पंक्षीहरू भित्र बस्छन्, ती आत्माहरू स्वर्गमा जहाँ चाहन्छन् खानछ्न र पिउछन्, त्यसपछि ईश्वरको सिंहासन तल झुण्डिएका बत्तीहरूमा फर्कन्छन्)।


आत्माको संसारको कुरा धेरै अनौठो छ, आत्मा हाम्रो शरीरमा अवस्थित भएतापनि यसको अवस्था र हालत हामीलाई थाहा छैन। अल्लाह سُبْحَانَهُ وَتَعَالَى‎ले भन्नुहुन्छः

﴿ وَيَسْأَلُونَكَ عَنِ الرُّوحِ قُلِ الرُّوحُ مِنْ أَمْرِ رَبِّي وَمَا أُوتِيتُمْ مِنَ الْعِلْمِ إِلَّا قَلِيلًا ﴾ [الإسراء: 85]

अनुवाद: र, तिनीहरू तिमीसित रूह (आत्मा) को बारेमा सोध्छन् । भनिदेऊ– रूह मेरा पालनकर्ताको आदेश हो, र तिमीहरूलाई एकदमै कम ज्ञान दिइएको छ ।


हदीसमा उल्लेख गरिएको छ कि: "सबै आत्माहरू एक संयुक्त समूह थिए, त्यहाँ जजसले एक अर्कालाई चिने, उनिहरुलेनै संसारमा एकअर्कालाई माया गर्छन र जजसले त्यहाँ एकअर्कालाई चिन्न सकेनन् तिनीहरू यहाँपनी एक अर्काबाट टाढा (अन्जान) रहन्छन" ((मुस्लिम द्वारा वर्णन गरिएको)


ए मेरो प्रियहरु! पवित्र कुरआनमा तीं किसिमको आत्मा; सन्तुष्टप्राप्त आत्मा, दोषारोपण गर्ने आत्मा र कुकर्म प्रोत्साहन गर्ने आत्माको उल्लेख छ। इब्ने तैमियाह رحمہ اللہ भन्नुहुन्छ: "तीन प्रकारका आत्माहरू छन्:

कुकर्म प्रोत्साहन गर्ने आत्मा: यसको अर्थ त्यो आत्मा हो जो आफ्नै इच्छा आकान्क्षाहरूको पछि लाग्दछ, अर्थात् यो पाप र अवज्ञामा लिप्त रहन्छ ।


दोषारोपण गर्ने आत्माः यसको अर्थ त्यो आत्मा हो जसले पाप त गर्छ तर पश्चात्ताप पनि गर्छ, उसको भित्र असल र खराब दुवै तत्व हुन्छन, तर जब उसले नराम्रो काम गर्न आफुलाई प्रतिबद्ध गर्छ, उसले प्रायश्चित पनि गर्छ, त्यसैले उसलाई “लौवामा” (दोष दिनेवाला) को रूपमा चिनिन्छ । पाप र अनाज्ञाकारिताको प्रतिबद्धतामा उसले आफ्नो मालिकलाई (शरिर) दोष दिन्छ, र यसैले उ असल र खराबको बीचमा रहन्छ ।


सन्तुष्टप्राप्त आत्मा: यसको अर्थ त्यो आत्मा हो जसले असल र राम्रोलाई मन पराउँछ र पुण्यलाई माया गर्छ, नराम्रोलाई घृणा गर्छ । यो उसको नैतिकता, बानी, स्वभाव र प्रतिभा को अंश बन्छ, यी विभिन्न अवस्था र विशेषताहरू एकै अस्तित्वमा पाइन्छ । तथापि, प्रत्येक मानिस भित्र एक मात्र आत्म हुन्छ, यो त्यस्तो चीज हो जुन प्रत्येक व्यक्तिले आफ्नो भित्र महसुस गर्दछ ।


[इब्ने तैमियाह रह. को भनाईको अन्त्य ]

उसैमीन रहिमहुल्लाह भन्नुहुन्छ, "मानिसले आफ्नो आत्माको माध्यमबाट ती विभिन्न प्रकारका आत्माहरू महसुस गर्न सक्छ, कहिलेकाहीँ उसले आफ्नो आत्मामा राम्रो र भलाइको आकर्षण पाउँछ, उसले राम्रो र भलाइको चाहना महसुस गर्छ, उसले राम्रो काम गर्छ, यो आत्मा सन्तुष्टप्राप्त आत्मा हो र कहिलेकाहीँ उसले आफ्नो आत्मामा खराबीको आकर्षण महसुस गर्छ, उसले खराब काम पनि गर्छ, यो नराम्रो कामको आदेश दिने आत्मा हो, त्यस्पछि नफ्से लौवामा अर्थात दोषारोपण गर्ने आत्मा छ जसले उसको गल्तीको लागि आफैलाई दोष दिन्छ, त्यसैले तपाईं देख्नुहुन्छ कि पाप गर्दा उसलाई लाज लाग्छ ।"


इब्ने अल-कैयुम रहिमहुल्लाह लेख्नुहुन्छ, "आत्माको अवस्था त एकै दिनमा वा एकै छिनमा पनि एक अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुन्छ ।"


मेरा इमानवाला भाइहरू! अल्लाह سُبْحَانَهُ وَتَعَالَى‎ले बुद्धि [विवेक] बनाउनुको उदेश्य सही बाटो देखाउनु, विचार र चिन्तन गर्नु र आफ्नो मालिकलाई सही मार्ग देखाउनु हो । आत्माको रचना यसकारण गरीएको छ की यसले चाहना र इच्छा गरोस, त्यसैले नफ्स अर्थात आत्माले नै प्रेम र घृणा गर्दछ, खुशी र दुखी हुन्छ, सन्तुष्ट र क्रोधित हुन्छ तथापी बुद्धिको काम यो हो की उसले आत्माको प्रकृति, इच्छा र लक्ष्य र उद्देश्यमा सही र गलत छुट्याओस, राम्रो र खराबको भिन्नता बताओस र नाफा नोक्सानको ध्यान दिलाओस ।


अल्लाहका भक्तहरू! आत्मालाई जे सुकै, जसरी र जति मात्रामा चाहन्छ त्यो प्रदान कदापि ठीक होइन, बरू त्यसलाई नियन्त्रण गर्न बुद्धिको सहभागिता आवश्यक हुन्छ, त्यसैले छाला रोगबाट पीडित व्यक्तिको आत्माले छाला चिलाउन मन पराउछ, किनकी उसलाई त्यो कामबाट आराम मिल्छ र दुखाइको कमी हुन्छ, तर बुद्धि र विवेकले उसलाई धेरै कन्याउनबाट रोक्छ ताकि उसलाई केहि हानि नपुगोस ।


बुद्धिले आत्मालाई केही कुराहरूबाट निषेध गरेको भए तापनि त्यो उसको शत्रु होइन, तर आत्मा बुद्धिको शत्रु हुन सक्छ, त्यसैले नशालु पदार्थको लत लागेको व्यक्तिको बुद्धिले उसलाई लागूपदार्थ सेवनबाट टाढा रहन आदेश दिन्छ र त्यसैमा उसको फाइदा हुन्छ, तर उसको आत्माले उसको बानी र इच्छा अनुसार लागूपदार्थको प्रयोग गरिरहनुपर्छ भनी आदेश दिन्छ चाहे यो काम उसको लागि हानिकारक र विनाशकारी साबित भए पनि उसको आत्माले गरिरहनुपर्छ भनी आदेश दिन्छ, र साथै शैतानको षड्यन्त्रले यो चीज उसको लागि अझ आनन्ददायक हुन्छ । त्यसैले हदीसमा उल्लेख गरिएको छ: "म मेरो आत्माको खराबी र शैतानको खराबीबाट तपाईको शरण चाहन्छु ।" [अहमद, अबू दाउद, तिरमिदी र नसाई द्वारा वर्णन गरिएको]


मेरा इमानवाला भाइहरू! नबि ﷺ ले गरिबीबाट अल्लाहको शरण खोजे, यसको सन्दर्भमा इमाम अहमदले व्याख्या गरेका छन कि यो गरिबी आत्मको गरीबी हो, र गरीब आत्मा त्यो हो जो लालसा र इच्छाको दास बनिसकेको हुन्छ, र यदि आत्मा गरिब छ भने धनि को धन ले पनि त्यो सन्तुष्ट हुन सकदैन र यदि आत्मा सन्तुष्ट भयो भने गरिबलाइ त्यस्को गरिबीले नोक्सान गर्दैन, किनकि आत्मको सम्पन्नता र धन भनेको जे छ त्यसमा सन्तुष्ट रहनु हो । नबी عَلَيْهِ ٱلصَّلَاةُ وَٱلسَّلَامُले भन्नुभयो: धन यो होइन कि सामान धेरै होस् बरू धन भनेको मनको धनी र सन्तुष्ट व्यक्ति हो ।(बुखारी र मुस्लिम) नबी عَلَيْهِ ٱلصَّلَاةُ وَٱلسَّلَامُले यस्तो आत्माबाट शरण खोजे जुन कहिल्यै पनि तृप्त हुदैन/ सन्तुष्ट हुदैन ।


अल्लाहले तपाईलाई र मलाई कुरान र सुन्नतको कृपाबाट फाइदा उठाउने अवसर दिउन, हामीलाई ती आयतहरू र विवेकको कुराबाट लाभान्वित गरून्, र अल्लाहसँग माफी माग्नुहोस्, निस्सन्देह उहाँ धेरै क्षमाशील हुनुहुन्छ ।

 

दोस्रो खुत्बा (प्रवचन):

सारा प्रशंसा अल्लाह سُبْحَانَهُ وَتَعَالَى‎कै लागि हो जसले भन्नुभयो:

﴿ وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَى ﴾ ﴿ فَإِنَّ الْجَنَّةَ هِيَ الْمَأْوَى ﴾ [النازعات: 40، 41]

अनुवाद: र जो आफ्ना पालनकर्तासामु उपस्थित हुन डराएको हुनेछ, र आफ्नो मनलाई कुअभिलाषाबाट बचाएको हुनेछ, स्वर्ग नै (उसको) बासस्थान हुनेछ ।


وصلى الله وسلم على رسوله وعبده، وعلى آله وصحبه

हम्द व सलात पश्चात् [प्रशंसा र प्रार्थना पछि]:

इस्लामी दाजुभाइहरु ! प्रत्येक आत्माको स्वभाव फरक-फरक हुन्छ र मनोवैज्ञानिक प्रकृतिमा केही गुणहरू यस्ता हुन्छन् जसमा मानिसको रचना हुन्छ, जस्तै हतार, क्रोध, गम्भीरता र नम्रता र सहिष्णुता आदि । तीं स्वभावहरु जसका आधारमा मानिसलाई रचना गरिन्छ हुन्छ तिनलाई पृथ्वीमा सृजना गरिएका खानीहरू (खनिजहरू) सँग तुलना गरिएको छ, हदीसमा भनिएको छ कि: "मानिसहरू सुन र चाँदीका खानीहरू जस्ता खनिजहरूको खानी हुन्, जो अज्ञानताको युगमा राम्रा थिए भने ईस्लाम अपनाए पछि पनि असल हुन्छन् ।" (मुस्लिम)


आत्मभित्र विभिन्न प्रकारका वासनाहरु हुन्छन्, तीमध्ये केही सबै मानिसका लागि समान हुन्छन्, जबकि केही एकअर्काभन्दा भिन्न हुन्छन्, र जुन इच्छाहरूमा तिनीहरू सहमत हुन्छन्, तिनीहरू एकअर्कासँग सम्बन्धका आधारपनि त्यहि अनुरुप हुन्छ । उदाहरणका लागि, सबै मानिसहरूमा धन, खाना र पेय पदार्थ, प्रसिद्धि र सौभाग्यको चाहना सामान्य हुन्छ, तर तिनीहरू यी चीजहरूसंगको संलग्नताको मात्रामा भने भिन्न हुन्छन् । हामीलाई त्यस किसिमको चाहना गर्नु निषेधित छ जसद्वारा आफ्नो मालिकलाई (शरिरलाई) शरियतको विरोध गर्न अगुवाइ गर्छ, उदाहरणका लागि, धनको मोह यति हदसम्म पुग्नु कि ऊ ठगि, छलकपट, घूसखोरी र कन्जुसी (यस्ता दुष्ट गुणहरूद्वारा) जस्ता कार्यबाट धनसम्पति प्राप्त गर्न शुरु गरोस ।


मानिसको चाहनाहरूमध्ये सबैभन्दा खतरनाक चाहना पदको चाहना हो । मेरो मतलब यो हो कि पद र दर्जाको लालसा यति बढोस कि त्यो नै उसको लक्ष्य र उदेश्य बन्न पुगोस । यहि कारण हो कि मानिसमा धन को लालच हुदाहुदै पनि पदको लालचले धन लुटाउछन र दया र उदारता देखाउँछन्, कहिलेकाहीँ त तिनीहरू आफ्नो प्रशंसा बटुल्न अर्काको ज्यान लिन पनि हिचकिचाउँदैनन् । हदीसमा उल्लेख गरिएको छ कि: नरकको आगोमा सबैभन्दा पहिले जलाईने मानिसहरूमध्ये एकजना त्यो हुनेछ जसले आफ्नो ज्यान बलिदान दिएको हुन्छ, तर उसलाई भनिनेछ कि: (तिमी यसकारण लडाई गरेका थियौ ताकि यो भनियोस् कि: तिमी बहादुर छौ) । अर्को किसिमको मान्छे धन खर्च गर्नेहरू हुनेछन्, तर तिनीहरूलाई भनिनेछ कि: ( तिमीले यसो गर्नुको कारण यो थियो कि यो भनियोस्: उ दानी र परोपकारी छ ) । तेस्रो किसिमको मान्छे ती हुन् जसले आफ्नो समय (ज्ञान प्राप्त गर्न) लगाए तर तिनीहरूलाई भनिनेछ कि: (तिमीले ज्ञान प्राप्त गरेको कारण यो हो कि तिमिलाई भनियोस: उ विद्वान हो, तिमीले कुरआन पढ्नुको कारण यो हो कि तिमि भनियोस: उ कारी हो) त्यस्ता सबै मानिसहरूले निष्ठापूर्वक (ईख्लासले) उपासना गरेनन्, र तिनीहरूको उद्देश्य केवल प्रतिष्ठा र शान कमाउनु थियो । हामी अल्लाहसँग दया र माफिको दुआ गर्दछौ, जो व्यक्ति प्रतिष्ठा र शानको मोहमा पर्छ, उ घमण्ड, द्वेष, घमण्ड र ईर्ष्याबाट ग्रस्त हुन्छ । किन कि ऊ प्रतिष्ठा र इज्जतको माध्यमबाट आत्म-उचाई र श्रेष्ठता प्राप्त गर्न चाहन्छ, त्यसैले अबू जहलले भनेको थियो, "अल्लाहको कसम! मलाई थाहा छ कि उहाँ [मुहम्मद ﷺ] नबी हुनुहुन्छ, तर हामी अब्दे मुनाफका सन्तानहरूका अनुयायी बन्ने छैनौ"।


यस बारेमा अल्लाह سُبْحَانَهُ وَتَعَالَى‎ले कुरानमा भन्नुभयोः

﴿ فَإِنَّهُمْ لَا يُكَذِّبُونَكَ وَلَكِنَّ الظَّالِمِينَ بِآيَاتِ اللَّهِ يَجْحَدُونَ ﴾ [الأنعام: 33]

अनुवाद: यिनीहरूले तिमीलाई मात्र झुठो ठहर्याउँदैनन् यथार्थमा यी अत्याचारीहरूले त अल्लाहका आयतहरूलाई झुठो ठहराउँदैछन् ।


रसुलहरूले ल्याएको कानूनलाई स्वीकार गर्दा अहंकारी आत्माहरूको अहंकारमा चोट पुग्छ । अल्लाह


سُبْحَانَهُ وَتَعَالَى

‎ले फिरऔन र त्यसको अनुयायीको बारेमा भन्नुभयोः

﴿ وَجَحَدُوا بِهَا وَاسْتَيْقَنَتْهَا أَنْفُسُهُمْ ظُلْمًا وَعُلُوًّا ﴾ [النمل: 14]

अनुवाद: र, तिनीहरूले अत्याचार तथा अहङ्कारले गर्दा ती चमत्कारहरूलाई इन्कार गरे जबकि तिनीहरूका आत्मा तिनीहरूप्रति विश्वस्त थिए ।


साथै, अल्लाहले बनी इसराईलको बारेमा भन्नुभयो:

﴿ أَفَكُلَّمَا جَاءَكُمْ رَسُولٌ بِمَا لَا تَهْوَى أَنْفُسُكُمُ اسْتَكْبَرْتُمْ ﴾ [البقرة: 87]

अनुवाद: तर, (तिमीहरूको यो के चाला हो कि) तिमीहरूसमक्ष कुनै रसूल तिम्रो चाहना विपरीत कुनै कुरा लिएर आउँदा तिमीहरूले जहिले पनि अटेरी गर्यौ ।


हदीस मा भनिएको छ कि: "अहंकार: सत्य स्वीकार नगर्नु र मानिसहरूलाई तुच्छ सोच्नु हो"।


सत्यता स्पष्ट भएतापनि घमण्डले व्यक्तिलाई सत्यको अगाडि झुक्नबाट रोक्छ ।


जब प्रतिष्ठा र पदको लालसा बढ्छ, घृणा र ईर्ष्या उत्पन्न हुन्छ, त्यसैले जब कसैले आफ्नो अगाडि अर्को प्रतिद्वन्द्वी भेट्टाउँछ वा आफ्नो भन्दा उच्च कोही देख्छ, तब आत्मा चाहन्छ कि सबै उ भन्दा पछि रहुन ताकि उसको श्रेष्ठता कायम रहोस र अरुको अगाडि उ उच्च देखियोस जसरी प्रकाशको उज्यालो भाग जुन आँखा अगाडि हुदा केवल त्यहि मात्र देखिन्छ र मधुरो भाग देखिँदैन । नफ्समा ईर्ष्या देखापर्नुको लक्षण यो हो कि: उ आफ्नो प्रतिद्वन्द्वीको गल्तीमा यति खुसी हुन्छ कि ऊ आफ्नो भलाइमा पनि त्यति खुसी हुँदैन, किनभने उसलाई सम्वृद्धिको होइन, उनीहरूको पतनको बारेमात्र चासो हुन्छ । त्यसैले आफ्नो ठाउँमा बसे पनि प्रतिद्वन्द्वीलाई पछि पारेर आफ्नो श्रेष्ठता देखाउने उसको विचार हुन्छ । तर जो पवित्र मनको हुन्छ, तिनीहरूले सद्गुण र श्रेष्ठताको साधन खोज्छन्, हैसियत र पद आफैंमा उनीहरुको लक्ष्य हुँदैन र यदि कामको प्रतिफल स्वरूप उनीहरुलाई हैसियत र पद प्राप्त हुन्छ भने, तिनीहरू अल्लाहको प्रशंसा गर्छन् र प्रतिष्ठा र पदको प्रलोभनबाट शरण खोज्ने गर्दछन र तिनीहरूको यस कुराको खास ख्याल राख्ने गर्दछन कि समयको साथ आफ्नो नियत परिवर्तन नहोस् ।


हे अल्लाह! हाम्रो हृदयलाई ईशभयबाट भरिपूर्ण तुल्याईदिनुहोस् र यसलाई शुद्ध पार्नुहोस्, तपाईंनै हृदयको सबैभन्दा राम्रो शुद्धकर्ता हुनुहुन्छ, तपाईंनै यसका संरक्षक र सहयोगी हुनुहुन्छ, हे अल्लाह! हामी हाम्रो खराब चाहना र हाम्रा खराब कर्महरूबाट तपाईंको शरण चाहन्छौं, हे अल्लाह! हामी तपाईंको शरण चाहन्छौं, त्यस प्रकारको ज्ञानबाट जसबाट हामीलाई फाइदा पुग्दैन, त्यस हृदयबाट जो तपाईंको अगाडि झुकाएर सन्तुष्ट प्राप्तिगर्दैन, सन्तुष्ट नहुने मनबाट र स्वीकार नहुने प्रार्थनाबाट हामी तपाईंको शरण चाहन्छौं। आमीन


صلى الله عليه وسلم.


लेखक:

प्रख्यात शेख हुसाम बिन अब्दुल अजिज अल-जिब्रिन


अनुवादक:

मोहम्मद युसुफ

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • بين النفس والعقل (2)
  • بين النفس والعقل (2) (باللغة الأردية)
  • بين النفس والعقل (2) (باللغة الهندية)
  • خطبة: بين النفس والعقل (2) - باللغة البنغالية
  • ضرورة طلب الهداية من الله (خطبة)- باللغة النيبالية

مختارات من الشبكة

  • أبو بكر الصديق بين الوحي والعقل(مقالة - آفاق الشريعة)
  • الشرع بين تكميل الدين وإحياء العقل(مقالة - آفاق الشريعة)
  • العقل في معاجم العرب: ميزان الفكر وقيد الهوى(مقالة - حضارة الكلمة)
  • أسماء العقل ومشتقاته في القرآن(مقالة - آفاق الشريعة)
  • الهداية والعقل(مقالة - ثقافة ومعرفة)
  • الوحي والعقل والخرافة (خطبة)(مقالة - موقع الشيخ إبراهيم بن محمد الحقيل)
  • المجالس العلمية ح11: شروط وجوب الصيام الشرط الثالث العقل(مادة مرئية - موقع الشيخ أ. د. عرفة بن طنطاوي)
  • هل القلب هو محل العقل؟(مقالة - ثقافة ومعرفة)
  • الذكاء... عوالم متعددة تتجاوز العقل الحسابي(مقالة - ثقافة ومعرفة)
  • الأفكار والمبادئ التي ذكرها ابن تيمية خلال دراسة العقل لديه(مقالة - ثقافة ومعرفة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • مسلمو غورنيا بينيا يسعدون بمسجدهم الجديد بعد 10 أشهر من البناء
  • إفطار رمضاني يعزز ارتباط الشباب بالمسجد في ألكازار دي سان خوان
  • مسلمون جدد يجتمعون في إفطار رمضاني جنوب سيدني
  • مسابقة رمضانية في يايسي لتعريف الطلاب بسيرة النبي محمد
  • سلسلة محاضرات رمضان "المعرفة - منفعة عامة" تواصل فعالياتها في تيشان
  • طلاب القرم يتعلمون قيم الرحمة عبر حملة خيرية تعليمية
  • تعرف على مسجد فخر المسلمين في شالي أكبر مسجد في أوروبا
  • مسلمو تايلر يفتحون أبواب مسجدهم لتعريف الناس بالإسلام في رمضان

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 5/10/1447هـ - الساعة: 17:48
أضف محرك بحث الألوكة إلى متصفح الويب