• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    خطبة عيد الأضحى 1446 هـ
    د. محمد بن عبدالعزيز بن إبراهيم بلوش ...
  •  
    خطبة عيد الأضحى
    وضاح سيف الجبزي
  •  
    خطبة عيد الأضحى 1447هـ
    الشيخ محمد بن إبراهيم السبر
  •  
    خطبة عيد الأضحى المبارك 1447ه‍
    عبدالوهاب محمد المعبأ
  •  
    خطبة عيد الأضحى
    مالك مسعد الفرح
  •  
    خطبة عيد الأضحى لعام 1447 هـ
    رمضان صالح العجرمي
  •  
    ﴿ واذكروا الله في أيام معدودات ﴾ (خطبة)
    رمضان صالح العجرمي
  •  
    خطبة عيد الأضحى: في عيد الأضحى.. اذبح هواك قبل ...
    د. محمد جمعة الحلبوسي
  •  
    خطبة عيد الأضحى المبارك 1447
    أحمد بن عبدالله الحزيمي
  •  
    عشر ذي الحجة: فضائل وأحكام (خطبة)
    د. عبد الرقيب الراشدي
  •  
    فضل وأحداث يوم عرفة (خطبة)
    مطيع الظفاري
  •  
    عرفات والأضحى وأيام التشريق (خطبة)
    الشيخ فؤاد بن يوسف أبو سعيد
  •  
    أيام التشريق (خطبة)
    د. أيمن منصور أيوب علي بيفاري
  •  
    الحسنة بعشر، فما بالكم أيام العشر؟! (خطبة)
    ياسر عبدالله محمد الحوري
  •  
    خطبة عيد الأضحى 1447هـ
    خالد سعد الشهري
  •  
    مزدلفة ليلة السكينة
    عدنان بن سلمان الدريويش
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

من مشكاة النبوة (4) في مهنة أهله - باللغة النيبالية

من مشكاة النبوة (4) في مهنة أهله - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 29/1/2025 ميلادي - 29/7/1446 هجري

الزيارات: 1617

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

موضوع الخطبة : من مشكاة النبوة (4) في مهنة أهله

शीर्षक:

आफ्नो परिवारको घरायसी काममा सघाउनुहुन्थ्यो [नबवी प्रकाश ४]


प्रथम प्रवचन:

﴿ الْحَمْدُ لِلَّهِ الَّذِي لَهُ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ وَلَهُ الْحَمْدُ فِي الْآخِرَةِ وَهُوَ الْحَكِيمُ الْخَبِيرُ ﴾ [سورة سبأ: 1] ربنا لك الحمدُ ملءَ السماواتِ والأرضِ وملءَ ما شِئتَ من شيءٍ بعدُ، وأشهد ألا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبد الله و رسوله من اتبعه واقتدى به تطهّر قلبه و جَـمُل لفظه، وسمتْ نفسه صلى الله وسلم عليه وعلى آله وأصحابه والتابعين ومن تبعهم بإحسان إلى يوم الدين.


प्रशंसा र प्रार्थना पश्चात:

म स्वयं आफैंलाई र तपाईंहरु सबैलाई अल्लाहको डर [ईशभय] राख्ने वसीयत गर्दछु

﴿ فَمَن يَعْمَلْ مِنَ الصَّالِحَاتِ وَهُوَ مُؤْمِنٌ فَلَا كُفْرَانَ لِسَعْيِهِ وَإِنَّا لَهُ كَاتِبُونَ ﴾ [الأنبياء:94].


अनुवाद: अनि जो आस्थावान भएर सत्कर्म गर्छ उसको कामको उपेक्षा हुने छैन । र हामी त्यो लेखिरहेका छौं ।


परम दयालुका सेवकहरू! पैगम्बरको घरेलु जीवनबारे छलफल गरौं, त्यो घर जसबाट बाट अल्लाहले सबै अशुद्धता हटाईदिनुभयो र यसलाई पूर्ण रूपमा सफा बनाईदिनुभयो । ईमानवालाहरु का श्रध्येय मुमा आइशा [रजीअल्लाहू अन्हा] ले खोल्नुभएकी आँखीझ्यालबाट यस घरलाई नियालौं , जब केही अनुयायीहरूले उहाँलाई तीं महान व्यक्तित्वको बारेमा जिज्ञासा राखे जसको काँधमा यस उम्मतको भार थियो जब उहाँ घर प्रवेश गर्दा र ढोका बन्द भएको बेलाको अवस्था कस्तो थियो?


अल-बुखारीले आफ्नो सहिहमा हजरत अस्वदको हदीस उद्धृत गरेका छन्, उनी भन्छन्: मैले आयशालाई पैगम्बरको घरायसी गतिविधिको बारेमा सोधे र उनले भनिन्: उनी आफ्नो परिवारको सेवामा व्यस्त रहन्थे र जब प्रार्थनाको समय आईपर्थ्यो उहाँ प्रार्थना गर्न जानुहुन्थ्यो ।


मुस्नद अह्मद्को हदीस छ कि हजरत आइशालाई प्रश्न गरियो, “अल्लाहका पैगम्बर घरमा के काम गर्नुहुन्थ्यो?” उनले जवाफ दिईन, “: उहाँ मान्छे मध्ये एक व्यक्ति हुनहुन्थ्यो, जुम्राबाट सावधान रहन आफ्नो लुगा आँफै ओल्टाई पल्टाई हेर्नु हुन्थ्यो, बाख्राको दुध दुहुनु हुन्थ्यो, आफ्नो व्यक्तिगत काम आफै गर्नुहुन्थ्यो । (अल-अल्बानीले यसलाई सहिह भनेका छन्) (सहिह इब्न हिब्बानमा यी शब्दहरू आएका छन्: "उनी आफ्नो जुत्ता आँफै बाँध्ने गर्थे, आँफै लुगा सिलाउने गर्थे र आँफै भाँडाहरू मर्मत गर्थे।"


मेरी प्रिय दाजुभाइहरु! : केहि बेर रोकिएर केहि बुँदाहरुमा विचार विमर्स गरौँ

 

पहिलो बुँदा: "उहाँ मान्छे मध्ये एक व्यक्ति हुनहुन्थ्यो" त्यसैले उहाँ नेता र शासकको रूपमा नभई एक पतिको रूपमा घरमा प्रवेश गर्नुहुन्थ्यो, आफ्नो परिवारसँग शान्तिपूर्ण वैवाहिक जीवन बिताउनु भयो र पारिवारिक जीवनको सादगी र सरलताको आनन्द लिनुभयो ।


दोस्रो बुँदा: उनी भन्छिन्: " उहाँ आफ्नो परिवारको सेवामा व्यस्त हुनुहुन्थ्यो।" यहाँ एउटा प्रश्न उठ्छ, हाम्री आमा आइशा (रअ) लाई कामको कठिनाइ यति बिघ्न थियो र कि त्यसकालागि पैगम्बरले उनको सेवा र सहयोग गर्नुपरेको थियो? के उनको कोठाको पर्खालहरू एकसाथ नजिक थिएनन् र?, यसको आकार धेरै सानो थिएन र?, वास्तवमा यसको लम्बाइ दस हात भन्दा बढी थिएन र यसको चौडाई सात हात भन्दा बढी थिएन! जसको नाप आजको गणना अनुसार करिब पाँच मिटर (लम्बाइ) र साढे तीन मिटर (चौडाई) छ! जुन आज हाम्रो घरमा एउटा मात्र कोठा बराबर हुन्छ ! ।


के उनले भनेकी छैनन् र कि तीन महिना बितिसक्दा पनि खाना बनाउन घरको चुल्हो बल्दैनथ्यो भनेर? ! कहिले दुई महिना र कहिलेकाहीं अझै बढी समय बित्यो! तर खाना पाक्दैनथ्यो खानपिनको नाममा केवल खजूर र पानी मात्रै हुन्थ्यो !


साथै, उनी एउटी युवावस्था कि केटी थिइन् जसको बच्चा पनि थिएन! त्यसोभए त्यहाँ कडा परिश्रम आवश्यक पर्ने काम के हुन्थ्यो र ? के गर्न को लागी सहयोग चाहिने कार्य हुन्थ्यो होला र?


आश्वस्त हुनुहोस् (यसको उदेश्य) गहिरो अर्थ को कार्यान्वयनमा सहयोग गर्नु हो, जुन वैवाहिक जीवनमा पारस्परिक सहानुभूति र पारस्परिक सहभागिताको अभिव्यक्ति हो, र पत्नीसँग सन्तुष्टि प्राप्त गर्नुका विभिन्न अर्थमध्ये मुख्य सहभागिताको प्रदर्शन हो ।

﴿ وَمِنْ آيَاتِهِ أَنْ خَلَقَ لَكُم مِّنْ أَنفُسِكُمْ أَزْوَاجاً لِّتَسْكُنُوا إِلَيْهَا ﴾ [الروم: 21].


अनुवाद: र, उनका निशानीहरूमध्ये यो पनि रहेको छ कि उनले तिमीहरूकालागि तिमीहरूकै सहजातिबाट तिमीहरूका जोडी बनाए ताकि तिमीहरू तिनीहरूबाट सन्तुष्टि प्राप्त गर ।


अल्लाहले यसो भनेका छैनन्: ताकि तिमीहरू तिनीहरूका साथ बस्न सक ।


तेस्रो बिन्दु: हामी झ्यालबाट पैगम्बरको त्यो घर देख्छौं जुन क्षेत्रफलमा एकदमै सानो थियो, जसको सर-सामान धेरै सामान्य थिए, तर त्यहाँका घरवालाका ठूलो हृदय, खुला विचार, पारस्परिक प्रेम र सहयोग पर्याप्त थियो । जसबाट सुख, आनन्द र पवित्र जीवनको मुहान बग्द थियो ।


अगमवक्ता को जीवनीबारे आइशा [रज़ियल्लाहू अन्हा] को यो भनाइ छ, “उहाँ ﷺ तपाईहरु जस्तै एक मानिस हुनुहुन्थ्यो, तर उहाँ धेरै हँसिलो र हर्षित हुनुहुन्थ्यो ।" उहाँमा तिक्तता क्रोध थिएन, यध्यपी उहाँको घर आध्यात्मिक सुन्दरता र सौन्दर्य र मुस्कान गर्ने क्षमताले भरिपूर्ण थियो ।


चौथो बुँदाः पत्नीलाई साथ् दिनका लागि पतिको पहल र उसको पत्नीलाई सघाउन अघि बढ्नुमा पत्नीको मन मस्तिष्कमा ठूलो स्थान र हैसियत बनाउँछ, उसको उपस्थिति पत्नीका लागि आनन्ददायी हुन्छ र उसको अनुपस्थितिले पत्नीमा अभाव र डर पैदा गर्दछ ।

 

मेरा प्रिय दाजुभाईहरु ! आफ्नो वैवाहिक जीवनमा उदासीपन र सुख्खा महसुस गर्ने व्यक्तिले नबीको यो शिक्षाबाट लाभ उठाउनुपर्दछ ताकी आफ्नी पत्नीलाई साथ् दिएर र हँसिलो अनुहारले उसको सामना गर्नु जस्ता जादुमय ब्यबहारबाट आफ्नो जीवनमा न्यानोपन सौहार्द्रता थप्न सक्षम् होस् ।

 

अल्लाहले मलाई र तपाईंहरू सबैलाई किताब र सुन्नतबाट लाभान्वित गरून्, यसका मार्गदर्शन हाम्रालागि उपयोगी बनाउन्, अल्लाहसँग आफ्ना पापबारे माफी माग्नुहोस्, निश्चित रूपमा उहाँ अत्यन्त क्षमा गर्ने वाला हुनुहुन्छ ।


दोश्रो प्रवचन:

الحمد لله القائل ﴿ لَقَدْ كَانَ لَكُمْ فِي رَسُولِ اللَّهِ أُسْوَةٌ حَسَنَةٌ لِّمَن كَانَ يَرْجُو اللَّهَ وَالْيَوْمَ الْآخِرَ وَذَكَرَ اللَّهَ كَثِيراً ﴾ [الأحزاب: 33] وصلى الله وسلم على الرحمة المهداة والنعمة المسداة محمد بن عبد الله وعلى آله وصحبه.

 

प्रशंसा र प्रार्थना पश्चात


पैगम्बरको जीवनको यो सन्तुलनले हामीलाई कति अचम्ममा पार्छ कि अल्लाहका रसूल ] प्रायः मानिसहरूको अगाडि मुस्कुराउनुहुन्थ्यो, आफ्नो घरमा हर्ष र अनुहारमा मुस्कान लिएर बस्नुहुन्थ्यो र घरमा पारिवारिक काममा व्यस्त हुनुहुन्थ्यो । उहाँ मानिसहरूका लागि सबै भन्दा सर्वोत्तम हुनुहुन्थ्यो र परिवारको लागि मानिसहरूमध्ये सर्वश्रेष्ठ हुनुहुन्थ्यो ।


यो सन्तुलन को अभाव ती मानिसहरुमा रहन्छ जो अन्य मानिसहरुसंग भने नम्र व्यवहार गर्दछन, तर आफ्नो परिवार संग भने कठोर र संकीर्ण व्यवहार गर्दछन । अगमवक्ता मुहम्मद ﷺमाथि अल्लाहको आशीर्वाद र शान्ति होस् जसका आचरण सबै मानिसहरूका लागि समान थियो, र उहाँका परिवारका सदस्यहरू उहाँको असल आचरणबाट सबैभन्दा बढी लाभान्वित थिए ।


महोदय! यो नबवी शिक्षा ती हरेक व्यक्तिका लागि खुला सन्देश छ जसले ‘कव्वामियत’ अर्थात बर्चश्व/नेतृत्व लाई गलत बुझेका छन् । अनुचित प्रभुत्वको अभिव्यक्ति फैलाउनको लागि दुरुपयोग गर्नेहरूका लागि खुला सन्देश हो, विशेष गरी उनीहरूलाई देख्दा पनि तिनीहरू क्रोधित देखिन्छन् र जब तिनीहरूलाई सुनिन्छ, तिनीहरू आदेश वा गाली दिइरहेका हुन्छन ।


अन्तिम कुरा: अल्लाह हाम्री आमा आयशा [रजियल्लाहू अन्हा] सँग प्रसन्न होउन, जसलाई पैगम्बरको मृत्यु पछि लगभग आधा शताब्दीसम्म बाँच्ने अवसर ईश्वरले प्रदान गर्नुभयो, उनी पैगम्बरको घरको लागि एक प्रबुद्ध ज्योति बनिन् जसको माध्यमबाट उम्मत-ए- मुहम्मदियाहले उनीहरूको अगमवक्ताको जीवन शैली स्पष्ट रूपमा देख्न सके , अल्लाह उहाँसँग प्रसन्न होउन र उम्मत-ए- मुहम्मदियाह को तर्फ बाट सबैभन्दा राम्रो र सबैभन्दा उत्तम इनाम प्रदान गरुन ।

 

दुरुद र सलाम पढ्नुहोस् ...

सल्लल्लाहू अलैही व सल्लम

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • من مشكاة النبوة (3) ذو العقيصتين (خطبة) - باللغة النيبالية
  • من مشكاة النبوة (4) في مهنة أهله (خطبة)- باللغة البنغالية
  • من مشكاة النبوة (3) ذو العقيصتين (خطبة)- باللغة البنغالية
  • ضرورة طلب الهداية من الله (خطبة)- باللغة النيبالية
  • من مشكاة النبوة في المال والاقتصاد (1)

مختارات من الشبكة

  • تعظيم قدر الصلاة في مشكاة النبوة - بلغة الإشارة (PDF)(كتاب - مكتبة الألوكة)
  • من مشكاة النبوة في المال والاقتصاد (4)(مقالة - ثقافة ومعرفة)
  • من مشكاة النبوة في المال والاقتصاد (3)(مقالة - ثقافة ومعرفة)
  • من مشكاة النبوة في المال والاقتصاد (2) (الزيادة على أصل القرض)(مقالة - ثقافة ومعرفة)
  • سنن المطر في مشكاة النبوة (PDF)(كتاب - مكتبة الألوكة)
  • من مشكاة النبوة (5) "يا أم خالد هذا سنا" (خطبة) - باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • الأربعون في التوحيد من صحيحي البخاري ومسلم (PDF)(كتاب - مكتبة الألوكة)
  • زوجي يقضي أغلب وقته مع أهله(استشارة - الاستشارات)
  • هل أقبل بالسكن مؤقتا مع أهله؟(استشارة - الاستشارات)
  • باب في فضل القرآن وأهله(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • مسجد جديد متكامل الخدمات بعد عام من أعمال البناء في نوفوشيشمينسكي
  • "الذكاء الاصطناعي في يد المسلم" عنوان فعالية علمية في تتارستان
  • مسجد في بلاكبيرن يطلق ثلاجة غذائية لدعم الأسر المحتاجة
  • مسجد جديد في قراتشاي – تشيركيسيا
  • إحياء الذكرى الـ450 لتأسيس مسجد شوجدين في روغاتيكا
  • دراسة علمية حول تناول الإسلام والمسلمين في الدوريات العلمية الكرواتية
  • دورة متقدمة في الذكاء الاصطناعي والمواطنة الرقمية للطلاب المسلمين في البوسنة
  • بدء تشييد مسجد جديد بمدينة ياكورودا جنوب غرب بلغاريا

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 10/12/1447هـ - الساعة: 3:22
أضف محرك بحث الألوكة إلى متصفح الويب