• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | أسرة   تربية   روافد   من ثمرات المواقع   قضايا المجتمع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    كيف تختار من يعينك في طريق التوازن؟
    عدنان بن سلمان الدريويش
  •  
    همسات تربوية (20) القرآن الكريم.. منهج الحياة ...
    د. عبدالسلام حمود غالب
  •  
    لا تكتم الكلمة الطيبة يا طيب
    أمل محمد
  •  
    منهج نبينا في التربية والتعليم
    الشيخ صلاح نجيب الدق
  •  
    التفكير الإيجابي وأثره في بناء الإنسان وتجاوز ...
    د. عبدالسلام حمود غالب
  •  
    همسات تربوية (19) استغلال طفولة أبنائكم.. فهي ...
    د. عبدالسلام حمود غالب
  •  
    شبابك للإنجاز، لا للانتظار
    د. سعد الله المحمدي
  •  
    طعنة الخيانة
    د. سعد الله المحمدي
  •  
    مخرجات التعليم.. وضرورة التناغم مع متطلبات سوق ...
    نايف عبوش
  •  
    همسات تربوية (18) تنمية الذكاء والمواهب لدى ...
    د. عبدالسلام حمود غالب
  •  
    خواطر قيمية.. الضمير حين يضيء
    د. عوض بن حمد الحسني
  •  
    التميز الإيجابي
    يحيى بن إبراهيم الشيخي
  •  
    همسات تربوية (17) التوسط والاعتدال في تربية ...
    د. عبدالسلام حمود غالب
  •  
    الرضا بقضاء الله عبادة تمنح العبد السكينة
    عدنان بن سلمان الدريويش
  •  
    "ما رأيت منك خيرا قط"
    نورة سليمان عبدالله
  •  
    محكمة العدل الإلهية تفض النزاع يوم القيامة: {الله ...
    د. عبدالرحمن بن سعيد الحازمي
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

الله الرفيق (خطبة) (باللغة النيبالية)

الله الرفيق (خطبة) (باللغة النيبالية)
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 29/5/2024 ميلادي - 23/11/1445 هجري

الزيارات: 4546

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

शीर्षक: अल्लाह अत्यन्त दयालु र परोपकारी हुनुहुन्छ

 

पहिलो सम्बोधन:

الحمد لله الأول الآخر، الظاهر الباطن، والشكر لله الوهاب الغني، المتين القوي، وأشهد ألا إله إلا الله الغفورُ الودود القريب، الرؤوف الرفيق المجيب ، وأشهد أن محمدا عبده ورسوله خاتم الأنبياء وأعظم الأتقياء، صلى الله عليه وعلى آله وصحبه وسلم تسليما كثيرا.

 

हम्द व सलात पश्चात!

म तपाईंहरुलाई र स्वयं आफैलाई अल्लाहसँग ईश्भय राख्ने सल्लाह दिन्छु, किनकि कोहि [परलोकको] यात्रीले यस जस्तो [महत्वपूर्ण] बाटोखर्च रोजेको हुदैन


﴿ وَتَزَوَّدُواْ فَإِنَّ خَيْرَ الزَّادِ التَّقْوَى ﴾ [البقرة: 197]

सामल (बाटा–खर्च) लिएर जाऊ र सबभन्दा उत्कृष्ट सामल ‘तक्वा’ (ईशभय) हो । (बक़रह-197)


र न कसैले योभन्दा उत्तम पहिरन लगाउँछ

﴿ وَلِبَاسُ التَّقْوَىَ ذَلِكَ خَيْرٌ ﴾ [الأعراف: 26].

र, सबभन्दा उत्तम पहिरन त तक्वा (ईशभय) हो । (आराफ- 26)


अत्यन्त करुणामय अल्लाह का भक्तहरु !, बुखारी र मुस्लिमले आइशाको अथन नाकल गरेका छन कि, उनले भनिन्: केही यहूदीहरूले पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम)कहाँ आउन अनुमति मागे । (जब तिनीहरू आए) तिनीहरूले भने: अस्सामु अलैकुम अर्थात ‘तपाईंलाई मृत्यु आओस’, मैले जवाफ दिए: बरु, मृत्यु र अभिशाप तिमीहरुमाथि होस् । उहाँले भन्नुभयो: "हे आयशा ! अल्लाह नम्रता चाहन्छन् र उहाँले सबै कुरामा नम्रता मन पराउनुहुन्छ । मैले भने: हे अल्लाहको रसूल, के तपाईंले सुन्नुभएन यिनीहरुले के भनेका थिए ? उहाँले भन्नुभयो, “मैले पनि त भनेको थिए कि ‘तिमिहरुलाई नै आओस’”


अल्लाहु अकबर.. यस घटनामा कति पाठहरू अन्तर्निहित छन् । यस घटनाबाट सिकिने सबैभन्दा ठूलो पाठ यो हो कि मानिसहरूलाई नम्र र दयालु व्यवहार गर्नु इस्लामिक नैतिकताको एक प्रमुख गुण हो, र यो पूर्णताको विशेषताहरू मध्ये एक हो ।


साथै, यो हदीसबाट सबैभन्दा ठूलो फाइदाहरू मध्ये यो पनि प्राप्त हुन्छ कि: यसले परम दयालु, अल्लाहको प्रिय नामहरू मध्ये एक नाम प्रमाणित गर्दछ, त्यो हो अल- रफिक (अर्थात: परोपकारी)।


शेख सादी, (परमेश्वरको दया उहाँमाथि होस), भन्नुहुन्छ: "अल्लाहको एउटा नाम "अल- रफिक" हो, उहाँ "अल- रफिक" (परोपकारी) हुनुमा उहाँको कार्य र उहाँको ईश्वरीय कानूनमा प्रतिबिम्बित हुन्छ ।" उहाँले थप भन्नुहुन्छ: "जसले सृष्टि र ईश्वरीय कानून र आदेशहरू मनन गर्छ, अल्लाह तआलाले कस्तो किसिमले तिनीहरूमा क्रमशता मिलाएर राख्नुभएको छ, तब ऊ छक्क पर्नेछ ।"


हो... यो अल्लाहकै कृपा हो कि उहाँले आफ्नो बुद्धिमानीपूर्वक क्रमशः जीवहरू सृष्टि गर्नुभयो, उहाँले विभिन्न चरणहरूमा जीवहरू सृष्टि गर्नुभयो, जबकी उहाँ एकै क्षणमा सबैलाई सृष्टि गर्न सक्षम हुनुहुन्छ ! यो अल्लाहको धैर्यता, बुद्धिमता, ज्ञान र दयाको प्रमाण हो ।


अल्लाह आफ्ना सेवकहरूप्रति दयालु हुनुहुन्छ कि: उहाँ आफ्ना आज्ञाहरू, आदेशहरू र निषेधहरूमा तिनीहरूप्रति कोमलता र दया दर्शाउनु भयो र तेईस वर्षको लामो अवधिमा इस्लामिक कानून / शरियत प्रकट गर्नुभयो !


शरीयतको सम्बन्धमा अल्लाहको कृपा यो हो कि: उहाँले कुनै व्यक्तिलाई उसको क्षमता भन्दा बढी बाध्य पारिदैन ।


अल्लाह आफ्ना सेवकहरूप्रति दयालु छन् यस अर्थमा कि: उहाँले तिनीहरूका लागि वैध छूटहरु नियुक्त गर्नुभएको छ जसले तिनीहरूबाट कठिनाइ र अप्ठ्याराहरु हटाउनेछ ।


यो अल्लाहको कृपा हो कि: उसले पापीलाई मात्र नभई पापमा लिप्त मानिसलाई पनि समय दिनुहुन्छ, र त्यसलाई उत्तिनखेरै सजाय दिनुहुन्न , ताकि उसले आफ्नो प्रभुतिर फर्कोस्, आफ्ना पापहरूबाट प्रायश्चित गरोस् र सत्यमार्ग प्राप्त गरोस् ।


﴿ وَرَبُّكَ الْغَفُورُ ذُو الرَّحْمَةِ لَوْ يُؤَاخِذُهُم بِمَا كَسَبُوا لَعَجَّلَ لَهُمُ الْعَذَابَ ﴾ [الكهف: 58].

तिम्रा ‘रब’ अति क्षमाशील एवं दयावान छन् । यदि उनले तिनीहरूका कुकर्महरूका कारणले तिनीहरूलाई समात्न चाहेको भए तुरुन्त नै प्रकोप पठाउने थिए । (कहफ-18)


यो अल्लाहकै कृपा हो कि: उहाँले आफ्ना सेवकहरूलाई नम्रता र परोपकारिताको आदेश दिनुभयो र यसलाई प्रोत्साहित गर्नुभयो । आइशा (अल्लाह उहाँसँग प्रसन्न होउन) ले वर्णन गरे अनुसार अल्लाहका ईश्दुत मुहम्मद ﷺ(उहाँमाथि शान्ति र कृपा होस्), भन्नुहुन्छ , “नम्रता जुन कुरामा हुन्छ, त्यसलाई सुन्दर बनाउँछ र जुन चिजबाट नरमता हट्दछ त्यसबाट कुरूप बनाउँछ ।" (मुस्लिम)

 

उहाँ (मुहम्मद) ले यो हदीस आइशा (रअ) को प्रसंगमा त्यतिबेला भने जब उनले एक जिद्दी ऊँटको सामना गरे, यो जनावरसँग नम्र हुनु जरूरी छ भन्ने प्रमाण गर्दछ र दोस्रो पटक उनले यो हदीस यहूदीहरूको प्रतिनिधिमण्डलको आगमनका बेला भने । अर्को हदीसमा भनिएको छ: "जो नम्रताबाट वञ्चित छ, ऊ भलाइबाट वञ्चित छ ।" (मुस्लिम)

 

एक तेस्रो हदीसमा उल्लेख छ कि: "अल्लाह नम्र र दयालु हुनुहुन्छ र नम्र र दयालुहरूलाई माया गर्नुहुन्छ ।"


(अहमद द्वारा वर्णित र अल- अल्बानी द्वारा साहिह प्रमाणित)


एक चौथो हदीस छ जसमा भनिएको छ: "हे अल्लाह! जो कोहि मेरो उम्मतको कुनै कुराको लागि जिम्मेवार हुन्छ र तिनीहरूमाथि कठोर हुन्छ, उससँग कठोरता को व्यवहार गर्नुहोस र जो मेरो उम्मतको कुनै कुराको लागि जिम्मेवार छ र तिनीहरूसँग नम्र व्यवहार गर्दछ भने उसंगपनि नम्र व्यवहार गर्नुहोस्।" (मुस्लिम)


यीं बाहेक, यस अर्थका धेरै हदीसहरू छन् ।


यदि हामी नम्रता र दयाको सम्बन्धमा पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को घटनाहरूको बारेमा कुरा गर्छौं भने, (उहाँको जीवनमा) यसका धेरै उदाहरणहरू छन् ।

 

अल्लाहले तपाई र मलाई कुरान र सुन्नतबाट लाभान्वित गरुन, ती दुबैबाट आएको मार्गदर्शनका कुराहरुलाई हाम्रो लागि उपयोगी बनाउन्, अल्लाहसँग माफी मागौं, निस्सन्देह उहाँ अत्यन्त क्षमाशील हुनुहुन्छ ।


दोस्रो सम्बोधन:

الحمد لله وحده والصلاة والسلام على نبيه وعبده وعلى آله وصحبه.

 

हम्द व सलात पश्चात:

हे आस्थावान भाइहरू ! अल्लाहको प्रिय नाम "अल- रफिक" मा विश्वास गर्दा मुस्लिमको जीवनमा धेरै प्रभावहरू पर्दछन्, तीमध्ये केही निम्न छन्:

• अल्लाहको प्रेम, आदर र महिमा (मानव हृदयमा भावना जाग्दछ) को वास्तविकता, उहाँका सेवकहरूप्रति उहाँको खुशी र दयाको प्रभावहरू हुन् । यो तथ्य उहाँको सृष्टि र शरीयतमा स्पष्ट छ, जबकि उहाँ सर्वशक्तिमान र सृष्टिबाट स्वतन्त्र हुनुहुन्छ ।


• अल्लाहको प्रिय नाम "अल- रफिक" को प्रभावहरू मध्ये एक यो हो कि: नम्रता र परोपकारिताले आफूलाई सुसज्जित तुल्याउनु र आत्मसँग कोमल हुनु, त्यसपछि क्रमश यसलाई उपासनाको अध्यायमा ग्रहण गर्नु, हदीसमा छ: "यो धर्म अर्थात इस्लाम मजबूत छ, यसमा मितव्ययिता र नम्रताका साथ प्रवेश गर्नुहोस्" (यस हदीसलाई अल- अल्बानीले हसन निर्धारण गरेका छन), दोस्रो हदीसमा छ: "वास्तवमा, इस्लाम धर्म धेरै सजिलो छ र जसले इस्लाममा कठोरता अपनाउछ भने धर्मको प्रभुत्व उसमाथि हुनेछ, त्यसैले मध्यमार्ग अपनाउहोस् र (सन्तुलित भई) एक आपसमानजिक रहनुहोस् र खुशी रहनुहोस् ।" (बुखारी)


• अल्लाहको प्रिय नाम "अल- रफिक" मा विश्वास गर्ने प्रभावहरू मध्ये एक यो हो कि: सबै मानिसहरूसँग बोली र व्यवहारमा नम्र हुनु, चाहे तिनीहरू मोमिन(विश्वासी) हुन् वा गैर मुस्लिम (अविश्वासी) । यहूदीहरूसँग पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) लाई घटेको घटना जुन उपरोक्त उल्लेख गरिएको छ, जसमा उनले भनेका छन्: “नम्रता जुन कुरामा हुन्छ, त्यसलाई सुन्दर बनाउँछ र जुन चिजबाट नरमता हट्दछ त्यसबाट कुरूप बनाउँछ " (मुस्लिम) परोपकारिताको सबैभन्दा योग्य र हकदार परिवारका सदस्यहरू र आफन्तहरू हुन् । पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को हदीस यो छ कि, “जब सर्वोच्चअल्लाह कसैलाई भलाइ गर्न चाहन्छन् भने तिनीहरूमा नम्रता सिर्जना गर्नुहुन्छ ।" (अहमद द्वारा वर्णित र अल- अल्बानी द्वारा साहिह निर्धारित)


• अल्लाहको प्रिय नाम "अल- रफिक" मा विश्वास गर्ने प्रभावहरू मध्ये एक हो: जनावरहरूसँग नम्र हुनु, उनीहरूलाई अत्याचार गर्नबाट सजग रहनु ! बिरालोलाई बन्धनमा राखेको कारण नरक घोषित भएकी एक महिलाको घटना बाट तपाई अवगत नै हुनुहुन्छ, जनावरको बध गर्दा बखत पनि नम्रता र दयामा अडिग रहनु शरियतमा जरुरी घोषित गरिएको छ ! "जब तिमी कसैलाई दण्डित गर्छौ अर्थात मृत्युदण्ड दिन्छौ भने त्यसमा पनि राम्ररी हेरविचार पुर्याएर गर र जब तिमी जनावरको बध गर्छौ भने त्यसमा पनि राम्ररी हेरविचार पुर्याएर गर, र बध गर्ने व्यक्तिले आफ्नो चक्कु तिखार्नु पर्छ र आफ्नो जनावरलाई राहत दिनुपर्छ ।


• अल्लाहको प्रिय नाम "रफिक" मा विश्वास गर्ने प्रभावहरू मध्ये एक हो: अल्लाहलाई उहाँको सरल शरीयत र उहाँका दयाप्रति उहाँको प्रशंसा र उपासना गरि कृतज्ञता ब्यक्त गर्नुपर्दछ ।

 

अन्तिम कुरा: हाम्रा सर्वश्रेस्ठ प्रभु नम्र र दयालु हुनुहुन्छ, हाम्रो धर्म नम्रता र सरलतामा आधारित छ, हाम्रा अगमवक्ता मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम परोपकारीका सरदार र आदर्श हुनुहुन्छ, हामी माथिपनि जरूरी छ कि आफ्नो सम्पूर्ण मामिलामा नम्रता अपनाऔं , आफ्नो आत्मालाई यसकालागी बानी बसाल्न हामी आत्मसंघर्ष गरौं । केवल अल्लाहले मात्र यसको सौभाग्य प्रदान गर्नुहुनेछ , उहाँको कुनै साझेदार छैन ।


नबि मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि दरूद पढ्दै गर्नुहोस...

 

अनुवादक:

मोहम्मद युसुफ

 

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • الله الرفيق (خطبة)
  • الله الرفيق (خطبة) (باللغة الهندية)
  • الله الرفيق (خطبة) باللغة البنغالية
  • الله الغفور الغفار (خطبة) (باللغة النيبالية)
  • خطبة: يحب لأخيه ما يحب لنفسه - باللغة النيبالية
  • خطبة: بر الوالدين (باللغة النيبالية)
  • خطبة: غزوة تبوك (باللغة النيبالية)

مختارات من الشبكة

  • املأ قلبك بمحبة النبي صلى الله عليه وسلم تكن رفيقه في الجنة (خطبة)(مقالة - آفاق الشريعة)
  • رفقاء رسول الله صلى الله عليه وسلم في الجنة (خطبة)(مقالة - آفاق الشريعة)
  • إرشاد الرفيق إلى أحكام ثمار الطريق (PDF)(كتاب - مكتبة الألوكة)
  • ونكتب ما قدموا وآثارهم (خطبة) - باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • خطبة: لتسألن عن هذا النعيم يوم القيامة (نعم المآكل) - باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • قسوة القلب (خطبة) (باللغة النيبالية)(مقالة - آفاق الشريعة)
  • فكأنما وتر أهله وماله (خطبة) - باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • عظمة وكرم (خطبة) - باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • خطبة: تأملات في بشرى ثلاث تمرات - (باللغة النيبالية)(مقالة - آفاق الشريعة)
  • الله الخالق الخلاق (خطبة) – باللغة النيبالية(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • التوسع في البرامج القرآنية للأطفال والبالغين في الفولغا مع بداية العام الدراسي
  • انطلاق أولى محاضرات موسم الشباب المسلم بتتارستان
  • احتفالات قرآنية في بورغاس وفيلكو تارنوفو تكرم أطفالا أتموا قراءة القرآن الكريم
  • المالديف تستهدف الوصول إلى 500 حافظ وحافظة للقرآن الكريم خلال العام
  • فتح التسجيل لدورات القرآن الكريم للأطفال في غرناطة
  • رغم صعوبات النقل مساعدات إسلامية مستمرة لمتضرري فيضانات نيبال
  • دورتان للفتيات والفتيان حول الزواج والحياة الأسرية في قازان
  • تتويج متميزين في المسابقة الوطنية للمعارف الأساسية للإسلام ببلغاريا

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1448هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 7/4/1448هـ - الساعة: 1:41
أضف محرك بحث الألوكة إلى متصفح الويب