• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | المكتبة المرئية   المكتبة المقروءة   المكتبة السمعية   مكتبة التصميمات   المكتبة الناطقة   كتب د. سعد الحميد   كتب د. خالد الجريسي  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    مجالات التفسير الموضوعي: دراسة نقدية (PDF)
    أ. د. إبراهيم بن صالح بن عبدالله
  •  
    منهج الحنفية في دفع التعارض بين الأحاديث الصحيحة: ...
    شهيد الله بن سراج الإسلام القاسمي
  •  
    فتاوى - الجزء الثالث: الزكاة - الصيام - المناسك - ...
    الشيخ محمد بن عبدالله السبيل
  •  
    الأمن والنعم.. ثباتها وذهابها
    الدكتور علي بن عبدالعزيز الشبل
  •  
    تذكر الموت زاد الحياء
    عبدالله بن إبراهيم الحضريتي
  •  
    الفرائض [2] شرح المنظومة الرحبية
    أبو عبدالرحمن أيمن إسماعيل
  •  
    أوجه الاستعاذة والبسملة عند الإمام ورش من طريق ...
    يمينة عبدالي
  •  
    ميزان النظر: كشف الجامع المنهجي بين الفرق ...
    كريم طلعت
  •  
    نشر البنود على مراقي السعود للشيخ عبد الله بن ...
    فايز بن هملان العزيزي
  •  
    آداب السلام (WORD)
    الشيخ ندا أبو أحمد
  •  
    المختصر في شرح المنيرة في مهم علم السيرة (PDF)
    رانية بنت حسين عباس
  •  
    إغاثة اللهفان إلى رموز الوقف في القرآن (PDF)
    محمود محمد محمود مرسي
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

خطبة: اللهم يا مقلب القلوب ثبت قلبي على دينك (باللغة النيبالية)

خطبة: اللهم يا مقلب القلوب ثبت قلبي على دينك (باللغة النيبالية)
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 18/12/2024 ميلادي - 16/6/1446 هجري

الزيارات: 4130

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

خطبة: اللهم يا مقلب القلوب ثبت قلبي على دينك (باللغة النيبالية)

(हे हृदयलाई परिवर्तन गर्नेवाला! तपाईं मेरो हृदयलाई आफ्नो धर्ममा अडिग बनाईदिनुहोस्)


إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله. ﴿ يَا أَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ حَقَّ تُقَاتِهِ وَلَا تَمُوتُنَّ إِلَّا وَأَنْتُمْ مُسْلِمُونَ ﴾ [آل عمران: 102]. ﴿ يَا أَيُّهَا النَّاسُ اتَّقُوا رَبَّكُمُ الَّذِي خَلَقَكُمْ مِنْ نَفْسٍ وَاحِدَةٍ وَخَلَقَ مِنْهَا زَوْجَهَا وَبَثَّ مِنْهُمَا رِجَالًا كَثِيرًا وَنِسَاءً وَاتَّقُوا اللَّهَ الَّذِي تَسَاءَلُونَ بِهِ وَالْأَرْحَامَ إِنَّ اللَّهَ كَانَ عَلَيْكُمْ رَقِيبًا ﴾ [النساء: 1]. ﴿ يَا أَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ وَقُولُوا قَوْلًا سَدِيدًا * يُصْلِحْ لَكُمْ أَعْمَالَكُمْ وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ وَمَنْ يُطِعِ اللَّهَ وَرَسُولَهُ فَقَدْ فَازَ فَوْزًا عَظِيمًا ﴾ [الأحزاب: 70، 71].

 

सबै भन्दा राम्रो कुरा अल्लाह को पुस्तक हो, सबै भन्दा राम्रो तरिका मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम सल्लल्लाहु अलैहि वसल्लम) को तरिका हो, र सबैभन्दा खराब कुरा इस्लाममा नयाँ कुरा भित्र्याउनु हो, र हरेक नवीनता पथ भ्रष्टता हो।


हे आस्थावान दाजुभाइहरू! अल्लाहको सबैभन्दा ठूलो आशीर्वाद सत्मार्गको मार्गदर्शन हो, र भक्तलाई अल्लाहको मार्गदर्शनको अपरिहार्य छ। यो त्यो मार्गदर्शन हो जुन अल्लाहका सँदेष्टा (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो पालनकर्ता सित मागेका थिए र आफ्ना साथीहरूलाई यसको चाहनाको निर्देशन दिएका थिए, यो त्यही मार्गदर्शन हो जुन हरेक मुस्लिमले प्रत्येक प्रार्थनामा आफ्नो प्रभुसित माग्ने गर्दछ।

 

﴿ اهدِنَـا الصِّرَاطَ المُستَقِيمَ ﴾ [الفاتحة: 6].

हामीलाई सत्मार्ग देखाई दिनुहोस्।

 

हे अत्यन्त कृपालु अल्लाहका भक्तहरू! आज हाम्रो प्रवचनको विषय "मार्गदर्शनमा दृढता" हो।

 

हो, उहाँ अल्लाहका सन्देशवाहक हुन, (अल्लाहले उहाँलाई आशीर्वाद दिऊन् र उहाँलाई शान्ति प्रदान गरून्), जसको बारेमा उहाँका सेवकहरू जस्तै अनस बिन मालिक, नौवास बिन सम्आन, आयशा र उम्में सलमाले भनेका छन् कि उहाँ अल्लाहसित दृढता को लागि अत्यधिक प्रार्थना गर्ने गदर्थे। तसर्थ यो अनस बिन मलिक (र) बाट वर्णन गरिएको छ, कि उहाँले भन्नुभयो कि अल्लाहका संदेशवाहक पैगम्बर मुहम्मद (स) अक्सर भन्ने गर्थे: "हे अल्लाह! मेरो हृदयलाई तपाईंको धर्ममा दृढ बनाउनुहोस्। ।"


मैले भने: हे अल्लाहका पैगम्बर! हामीले तपाईमा र तपाईले ल्याउनुभएको शिक्षामा विश्वास गरेका छौं, त्यसैले के तपाई हाम्रो बारेमा डराउनुहुन्छ? पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "वास्तवमा, मानिसहरूको हृदय परम दयालु अल्लाहका दुई औंलाहरूकी बीचमा हुन्छ। र उसले त्यसलाई उल्टाउने पल्टाउने गर्छ । (यो हदीस इमाम अहमद र इमाम तिरमिदी द्वारा वर्णन गरिएको छ, र अल्लामा अल्बानीले यसलाई हसन घोषित गरेका छन्)।

 

उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) समृद्धि पछि दुःखबाट बच्न अल्लाहको शरण खोज्नुहुन्थ्यो।

 

हे आस्थावान दाजुभाइहरू, मार्गदर्शन पछि, पथभ्रष्ट हुने डर शुद्ध हृदय भएका बल्कि ठोस ज्ञान भएकाहरूको दिलमा पनि खटकि रहन्छ।


﴿ وَالرَّاسِخُونَ فِي الْعِلْمِ يَقُولُونَ آمَنَّا بِهِ كُلٌّ مِّنْ عِندِ رَبِّنَا وَمَا يَذَّكَّرُ إِلاَّ أُوْلُواْ الألْبَابِ * رَبَّنَا لاَ تُزِغْ قُلُوبَنَا بَعْدَ إِذْ هَدَيْتَنَا وَهَبْ لَنَا مِن لَّدُنكَ رَحْمَةً إِنَّكَ أَنتَ الْوَهَّابُ ﴾ [آل عمران: 7-8]

र, ज्ञानमा दृढता राख्नेहरु भन्दछन्– हामीले यिनीहरुमाथि ईमान ल्यायौं । यी सबै हाम्रा पालनकर्ताको तर्फबाट हुन् । र, वास्तवमा बुद्धिमानहरू मात्र उपदेश ग्रहण गर्छन् ।


(तिनीहरू प्रार्थना गर्दछन्) हे हाम्रा पालनकर्ता ! हामीलाई तिमीले मार्गदर्शन प्रदान गरेपछि हाम्रा हृदयलाई टेढो नपार र हामीमाथि आफ्नो जुनाफबाट दया प्रदान गर । निस्सन्देह तिमी त महानदाता हौ ।

 

कामवासना र शङ्काका बिगाडहरू हाम्रो समयमा यति धेरै छन् जुन कुनै पनि युगमा प्रचलित थिएनन्। (अल्लाहलाई राम्रोसँग थाहा छ) अधर्मीहरू, पाखण्डीहरू, नास्तिकहरू, अज्ञानीहरू र कामुकहरूले पढ्ने, हेर्ने र सुन्ने विभिन्न माध्यमहरूबाट त्यसलाई बढावा दिरहेका छन्।

 

आदरणीय जनसमुदाय ! बिगाड दुई प्रकारका हुन्छन्, एउटा कामवासनाको बिगाड अर्को शङ्काको बिगाड, धेरै जसो बिगाडहरू कामवासनाले हुन्छन् र सबैभन्दा खतरनाक शंकाको बिगाड हो, किनभने यो बिगाडले कहिलेकाहीं नास्तिकता र अविश्वाससम्म पुर्‍याउँछ। शङ्काको बिगाडहरू मध्ये एउटा बिगाड हो कुरआन र हदीसका मानिएका कुराहरुलाई शंकास्पद बनाउनु वा तिनीहरूलाई बेकार बनाउनु। शङ्काको अर्को बिगाड भनेको इस्लामी ग्रन्थको बेतुका व्याख्याहरू गर्नु हो जुन आत्मदोषको कारणले हुन्छ।शंकाको एउटा अर्को बिगाड भनेको (उम्मह) समुदायमा एकअर्कालाई अन्यायपूर्ण रूपमा अधर्मी करार दिनु, तोडफोड गर्नु, बम विष्फोट गर्नु र निर्दोषहरूको ज्यान लिनु हो।

 

हे परम दयालु अल्लाहका भक्तहरू! बिगाडहरूको स्तरहरूमा भिन्नता हुन्छ: हुजयफा बिन यमान (र) ले बताउनुभएको छ कि अल्लाहका संदेशवाहक(स) एक जमघटमा को बिगाडहरूको गणना गर्दै हुनुहुन्थ्यो: तिनीहरूमध्ये तीन वटा बिगाड यस्ता छन् जसले केही बाकी छोड्दैनन् र तिनीहरूमध्ये केही यस्ता छन् जुन गर्मीको आँधीहरू जस्तै छन्, तिनीहरूमध्ये केही साना छन् र केही ठूला छन्।" (यो हदीस इमाम मुस्लिमले वर्णन गर्नु भएको छ)।

 

हे आस्थावान भाइहरू! बिगाड भित्र हाम्रो परीक्षा पनि हुने गर्दछ।


﴿ الم * أَحَسِبَ النَّاسُ أَن يُتْرَكُوا أَن يَقُولُوا آمَنَّا وَهُمْ لَا يُفْتَنُونَ * وَلَقَدْ فَتَنَّا الَّذِينَ مِن قَبْلِهِمْ فَلَيَعْلَمَنَّ اللَّهُ الَّذِينَ صَدَقُوا وَلَيَعْلَمَنَّ الْكَاذِبِينَ ﴾ [العنكبوت1 - 3]

अलिफ लाम मीम। के मानिसहरूले ईमान ल्याए भन्दैमा उनीहरूलाई त्यत्तिकै छोडिनेछ भन्ने ठानेका छन्, र तिनीहरूको परीक्षा लिइने छैन?


जबकि हामीले यिनीहरूभन्दा पहिले बितेका सबै मानिसहरूको कठिन परीक्षा लिइसकेका छौं, अनि अल्लाहले अवश्य जान्नेछन् कि को सत्यवादीहरू हुन् र को झुठाहरू ।

 

अल्लाहको भनाई छ:

﴿ يَا أَيُّهَا الَّذِينَ آمَنُواْ لَيَبْلُوَنَّكُمُ اللّهُ بِشَيْءٍ مِّنَ الصَّيْدِ تَنَالُهُ أَيْدِيكُمْ وَرِمَاحُكُمْ لِيَعْلَمَ اللّهُ مَن يَخَافُهُ بِالْغَيْبِ فَمَنِ اعْتَدَى بَعْدَ ذَلِكَ فَلَهُ عَذَابٌ أَلِيمٌ ﴾ [المائدة 94].

हे आस्थावानहरू हो ! अल्लाहले (हजको अवधिमा) तिम्रो हातमा वा भालाहरूको नजिकै आएका शिकारहरूद्वारा तिम्रो परीक्षा लिनेछन् यो जान्नकोलागि कि अल्लाहलाई नदेखिकनै उनीसित को को डराउँद रहेछन् । र, जसले यसपछि पनि सीमा उल्लङ्घन गर्छ उसको लागि दुःखदायी यातना रहेको छ ।

 

सहि र गलतको लडाई परापूर्वकालदेखिनै चल्दै आएको छ ।

 

आदरणीय जनसमुदाय! के तपाईलाई कसमको त्यो शब्द थाहा छ जसद्वारा अल्लाहका सन्देशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) ले धेरै कसमहरु खानुहुन्थ्यो? इब्ने उमर (र) ले भन्नुहुन्छ कि पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले प्राय: यसरी कसम खानुहुन्थ्यो: "हृदयलाई परिवर्तन गर्नेवाला को कसम" (यो हदीस इमाम बुखारी द्वारा वर्णन गरिएको छ)।

 

इमाम अल-नसाईले इब्न उमरबाट वर्णन गर्नु भएको छ कि उनले भने: अल्लाहका सन्देशवाहक (स) जुन कसम खानुहुन्थ्यो त्यो यो हो, "لا ومصرف القلوب" (हृदय परिर्तन गर्नेवाला को कसम)।

 

सर्वशक्तिमान अल्लाहको आदेश उहाँमाथि अवतरित हुँदा उहाँको अवस्था यस्तो हुन्थ्याे:

﴿ وَإِن كَادُواْ لَيَفْتِنُونَكَ عَنِ الَّذِي أَوْحَيْنَا إِلَيْكَ لِتفْتَرِيَ عَلَيْنَا غَيْرَهُ وَإِذاً لاَّتَّخَذُوكَ خَلِيلاً * وَلَوْلاَ أَن ثَبَّتْنَاكَ لَقَدْ كِدتَّ تَرْكَنُ إِلَيْهِمْ شَيْئاً قَلِيلاً * إِذاً لَّأَذَقْنَاكَ ضِعْفَ الْحَيَاةِ وَضِعْفَ الْمَمَاتِ ثُمَّ لاَ تَجِدُ لَكَ عَلَيْنَا نَصِيراً ﴾ [الإسراء: 73-75].

 

अनि, हे सन्देष्टा ! हामीले तिमीमाथि अवतरण गरेको प्रकाशनाबाट तिमीलाई झुक्याउन खोज्दथे ताकि तिमी हाम्रो नाममा आफ्नो तर्फबाट अन्य कुनै कुरा रचेर पेश गर । तिमीले यस्तो गरेको भए तिनीहरूले पक्कै तिमीलाई मित्र बनाउने थिए ।


अनि, यदि हामीले तिमीलाई अडिग नबनाएको भए तिमी संभवः तिनीहरूतर्फ केही हदसम्म झुक्ने थियौ ।यस्तो भएको भए हामीले तिमीलाई यस संसारमा पनि दुईगुणा यातनाको स्वाद चखाउने थियौं र परलोकमा पनि। त्यसबेला तिमीले हाम्रो दाँजोमा कुनै सहयोगी पाउने थिएनौ।

 

हे अल्लाह, हे हृदय परिवर्तन गर्नेवाला! हाम्रो हृदयलाई आफ्नो धर्ममा स्थिर गर्नुहोस्, हे अल्लाह! हामी तपाईंसित मार्गदर्शनको लागि प्रार्थना गर्छौं, हामी धार्मिकताको लागि प्रार्थना गर्छौं, हामी शुद्धताको लागि प्रार्थना गर्छौं, हामी धन र तपस्याको लागि प्रार्थना गर्छौं।

﴿ رَبَّنَا لَا تُزِغْ قُلُوبَنَا بَعْدَ إِذْ هَدَيْتَنَا وَهَبْ لَنَا مِنْ لَدُنْكَ رَحْمَةً إِنَّكَ أَنْتَ الْوَهَّابُ ﴾ [آل عمران: 8]

 

हे हाम्रा पालनकर्ता! हामीलाई मार्गदर्शन गरिसकेपछि, हाम्रो हृदयलाई पथभ्रष्ट नगर्नुहोस् र हामीलाई तपाईंको तर्फबाट दया प्रदान गर्नुहोस्, निश्चय नै तपाईं महान दाता हुनुहुन्छ।

 

अल्लाहसँग माफी माग्नुहोस् र क्षमायाचना गर्नुहोस् , निस्सन्देह उहाँ अत्यन्तै क्षमाशील हुनुहुन्छ।

 

 

दोश्रो प्रवचन:

الحمد لله الولي الكافي، المجيب الشافي الخبير الهادي القائل ﴿ يُثَبِّتُ اللّهُ الَّذِينَ آمَنُواْ بِالْقَوْلِ الثَّابِتِ فِي الْحَيَاةِ الدُّنْيَا وَفِي الآخِرَةِ ﴾ [إبراهيم27] والقائل ﴿ فَلَمَّا زَاغُوا أَزَاغَ اللَّهُ قُلُوبَهُمْ ﴾ [الصف: 5]. وصلى الله وسلم على نبينا التقي، ذي الشرف العلي والهدى الجلي وعلى آله وأصحابه.

प्रशंसा र प्रार्थना पछि: हे परम दयालु अल्लाहका भक्तहरू! अल्लाहको कृपाले मात्र मार्गदर्शनमा दृढता प्राप्त हुन्छ र यसका धेरै माध्यमहरू छन् । र मार्गदर्शनमा अडिग रहनको लागी भक्तले यी माध्यमहरू अपनाउन जरुरी छ।

 

अल्लाहले भक्तलाई जुन माध्यमहरु द्वारा अडिग राख्नु हुन्छ त्यस मध्य एउटा माध्यम यो हो कि भक्तले आफूलाई गरिब, कमजोर र असहाय भएको र आफूलाई अल्लाहको खाँचो छ भन्ने भावना होस्। र उसले अल्लाहसँग स्थिरताको लागि प्रार्थना गरोस् । हामीले केही समय अघि उल्लेख गरेका पाठहरू यस सम्बन्धमा पर्याप्त छन्।

 

मार्गदर्शनमा दृढ रहनुको अर्को माध्यम धर्मका सबै नियम र कानुनहरू पालना गर्नु हो।

 

﴿ وَلَوْ أَنَّهُمْ فَعَلُواْ مَا يُوعَظُونَ بِهِ لَكَانَ خَيْراً لَّهُمْ وَأَشَدَّ تَثْبِيتاً * وَإِذاً لَّآتَيْنَاهُم مِّن لَّدُنَّـا أَجْراً عَظِيماً. وَلَهَدَيْنَاهُمْ صِرَاطاً مُّسْتَقِيما ﴾ [النساء: 66 - 68].

तिनीहरूले आफूलाई दिइएको आदेशानुसार कर्म गरेका भए यो तिनीहरूकानिम्ति उत्तम तथा सुदृढिकरणको कारक हुने थियो । र, त्यसो भएको भए हामीले तिनीहरुलाई पक्कै आफ्नोतर्फबाट महान् प्रतिदान प्रदान गर्ने थियौं । र, पक्कै तिनीहरुलाईलाई सिधा मार्ग पनि देखाउने थियौं ।

 

 

 

﴿ فَعَلُواْ مَا يُوعَظُونَ بِهِ ﴾

(तिनीहरूले आफूलाई दिइएको आदेशानुसार कर्म गरेका भए) यी सुझावहरू सुनिसकेपछि, महत्त्वपूर्ण कुरा तिनीहरूलाई व्यवहारमा राख्नु हो, केवल सुन्नु पर्याप्त हुँदैन।


﴿ يَا أَيُّهَا الَّذِينَ آمَنُواْ ادْخُلُواْ فِي السِّلْمِ كَافَّةً ﴾ [البقرة: 208].

हे आस्थावानहरू हो ! इस्लाममा पूर्णरूपले प्रवेश गर ।

 

बिगाडको समयमा अडिग रहनुको एउटा अर्को माध्यम पवित्र कुरानबाट मार्गदर्शन खोज्नु हो।अल्लाहले भन्नुहुन्छ:

 

﴿ قُلْ نَزَّلَهُ رُوحُ الْقُدُسِ مِن رَّبِّكَ بِالْحَقِّ لِيُثَبِّتَ الَّذِينَ آمَنُواْ وَهُدًى وَبُشْرَى لِلْمُسْلِمِينَ ﴾ [النحل: 102].

भनिदेऊ– त्यसलाई त पवित्रात्मा (जिब्रईल) ले ठीक मेरा रबको तर्फबाट क्रमशः अवतरण गरेका छन् ताकि आस्थावानहरूलाई सुदृढता प्रदान गरून् । र, यो मुस्लिमहरूकालागि मार्गदर्शन एवं शुभ–सूचना हो ।

 

बिगाड र कामवासनाको आँधीबेहरीमा अडिग रहनुको एउटा अर्को माध्यम भनेको एक अर्कालाई सत्य र धैर्यताको लागि आग्रह गर्ने धार्मिक मानिसहरूको संगत हो:

﴿ وَاصْبِرْ نَفْسَكَ مَعَ الَّذِينَ يَدْعُونَ رَبَّهُم بِالْغَدَاةِ وَالْعَشِيِّ يُرِيدُونَ وَجْهَهُ وَلَا تَعْدُ عَيْنَاكَ عَنْهُمْ تُرِيدُ زِينَةَ الْحَيَاةِ الدُّنْيَا وَلَا تُطِعْ مَنْ أَغْفَلْنَا قَلْبَهُ عَن ذِكْرِنَا وَاتَّبَعَ هَوَاهُ وَكَانَ أَمْرُهُ فُرُطاً ﴾ [الكهف: 28].

 

र आफ्नो रबको प्रसन्नता प्राप्तिकोलागि उनलाई बिहान र बेलुका पुकार्ने व्यक्तिहरूसँग तिमी स्वयंलाई जोडेर राख । र, यस सांसारिक जीवनको शोभालाई खोज्दै तिम्रो दृष्टि उनीहरूबाट नहटोस् । र, तिमी कुनै पनि यस्तो व्यक्तिको आज्ञापालन नगर जसको हृदयलाई हामीले हामै्र स्मरणबाट विस्मृत तुल्याएका छौं, र जो आफ्नो कुअभिलाषाको अनुसरण गर्छ अनि जसको कार्यले सीमाहरूलाई नाघेको छ ।

 

मार्गदर्शनमा अडिग रहनुको एउटा अर्को माध्यम अल्लाहका संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) ईशदूतहरू, उहाँका अनुययीहरू र उहाँहरूपछिका सत्यबादीहरूको जीवनी अध्ययन गरेर आत्माको सुख्खापन हटाउनु र त्यसलाई प्रसन्नता प्रदान गर्नु हो।

 

﴿ وَكُـلاًّ نَّقُصُّ عَلَيْكَ مِنْ أَنبَاء الرُّسُلِ مَا نُثَبِّتُ بِهِ فُؤَادَكَ ﴾ [هود: 120]

र, हे सन्देष्टा ! ईशदूतहरूका यी सम्पूर्ण घटनाहरू तिम्रो हृदयलाई सुदृढ पार्न तिमीलाई सुनाउँछौं ।

 

 

अडिग रहन र बिगाडहरूबाट छुटकारा पाउनको एउटा अर्को माध्यम अल्लाहका संदेशवाहकको तरिकालाई दृढ़ताका साथ पालन गर्नु हो। सहिह हदीसमा उल्लेख गरिएको छ: "जो पनि तपाईंहरू मध्ये म पछि बाँच्नेछ उस्ले चाँडैनै धेरै मतभेदहरु देख्नेछ, त्यसैले जरुरी छ कि तपाईंहरु मेरो तरिका र सही मार्गनिर्देशित खलीफाहरूको तरिकालाई दृढ़ताका साथ पालन गर्नुहोला र त्यसलाई मजबुतीका साथ थामेर राख्नुहोला।

 

(यो हदीसलाई इमाम अहमद, इमाम अबू दाउद र तिरमिजीले वर्णन गरेका छन् र इब्न हिब्बानले यसलाई सहिह घोषित गरेका छन्)।

 

कामवासना वा शङ्काको बिगाडहरूको चपेटमा न आउनको एउटा अर्को माध्यम ती कामवासना र शंकाहरूका ठाउँहरूबाट टाढा रहनु हो, हदीसमा उल्लेख गरिएको छ: "जसले दज्जालको बारेमा सुन्छ कि ऊ देखा परेको छ, त्यो उसबाट टाढा बसोस्। "।(यो इमाम अहमद र इमाम अबू दाउद द्वारा वर्णन गरिएको छ)।

 

विद्वानहरूले भनेका छन् कि यस हदीसमा जहाँ बिगाडहरू स्थानहरूमा जान निषेध गरिएको छ त्यहाँ बिगाडहरूबाट मुक्तिको सबैभन्दा ठूलो कारण बिगाडहरू र बिगाडहरूको स्थानहरूबाट टाढा रहनु हो भन्ने व्याख्या पनि गरिएको छ।

 

अन्तिममा दृढताको सबैभन्दा ठूलो माध्यम हृदयको धार्मिकता र अल्लाहप्रति हृदयको शुद्धता विकास गर्नु हो। सहिह हदीसमा उल्लेख गरिएको छ: “एउटा मानिसले आफ्नो जीवनभर यस्तो व्यवहार गर्छ कि मानौं ऊ स्वर्गवासी हो तर उ नर्कवासी हुनेछ र अर्को मानिसले आफ्नो जीवनभर यस्तो व्यवहार गर्छ कि मानौं ऊ नर्कवासी हो तर उस्वर्गवासी हुनेछ।" (यो हदीस इमाम बुखारी र मुस्लिम द्वारा वर्णन गरिएको थियो)।

 

अल्लाहका संदेशवाहक (स) को भनाइ छ: "فیما یبدو للناس" ले संकेत गर्दछ कि उसको भित्री अस्तित्व उसको बाहिरी रूपको विपरीत छ, त्यसैले नियतको खराबीले व्यक्तिलाई जित्छ र उसलाई मार्गदर्शनबाट पथभ्रष्टतामा बदल्दिन्छ।

 

प्रार्थना गर्नुहोस् र सलाम पढ्नुहोस्।

صلى الله عليه وسلم.

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • خطبة: اللهم يا مقلب القلوب ثبت قلبي على دينك (باللغة البنغالية)
  • خطبة: بر الوالدين (باللغة النيبالية)
  • خطبة: صلاة بأعظم إمامين (باللغة النيبالية)
  • عداوة الشيطان في القرآن (خطبة) - باللغة النيبالية
  • خطبة: غزوة تبوك (باللغة النيبالية)

مختارات من الشبكة

  • علق قلبك ببيوت الله (خطبة)(مقالة - آفاق الشريعة)
  • املأ قلبك بمحبة النبي صلى الله عليه وسلم تكن رفيقه في الجنة (خطبة)(مقالة - آفاق الشريعة)
  • اللهم بلغنا رمضان (خطبة)(مقالة - آفاق الشريعة)
  • اللهم إنا نعوذ بك من الزمهرير (خطبة)(مقالة - آفاق الشريعة)
  • القلب بين الصفا والاسفنجة (خطبة)(مقالة - موقع الشيخ إبراهيم بن محمد الحقيل)
  • خطبة: صلاة القلب(مقالة - آفاق الشريعة)
  • علامات صاحب القلب السليم (خطبة)(مقالة - آفاق الشريعة)
  • أقبل رمضان فيا قلوب أقبلي (خطبة)(مقالة - آفاق الشريعة)
  • سلسلة ذنوب الجوارح - خطبة: جارحة القلب(مقالة - آفاق الشريعة)
  • شعبان... صحائف ترفع وقلوب تهيأ (خطبة)(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • مسلمو تتارستان يطلقون حملة تبرعات لدعم ضحايا فيضانات داغستان
  • برنامج شبابي في تزولا وأوراسيي يدمج التعليم بالتكنولوجيا الحديثة
  • النسخة الثالثة عشرة من مسابقة "نور المعرفة" في تتارستان
  • موستار وبانيا لوكا تستضيفان مسابقتين في التربية الإسلامية بمشاركة طلاب مسلمين
  • بعد 9 سنوات من البناء افتتاح مسجد جديد بمدينة شومن
  • قازان تحتضن منافسات قرآنية للفتيات في أربع فئات
  • خبراء يناقشون معايير تطوير جودة التعليم الإسلامي في ندوة بموسكو
  • مسابقة قرآنية لاكتشاف حافظات القرآن في تتارستان

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 22/10/1447هـ - الساعة: 9:52
أضف محرك بحث الألوكة إلى متصفح الويب