• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | المكتبة المرئية   المكتبة المقروءة   المكتبة السمعية   مكتبة التصميمات   المكتبة الناطقة   كتب د. سعد الحميد   كتب د. خالد الجريسي  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    شرح كتاب: كشف الوقيعة في بطلان دعوى التقريب بين ...
    الشيخ أ. د. عرفة بن طنطاوي
  •  
    الخلاصة في سيرة الخلفاء الراشدين الأربعة (WORD)
    د. محمد بن علي بن جميل المطري
  •  
    ظاهرة قلة الاستعمال في اللغة العربية: دراسة لغوية ...
    دكتور صباح علي السليمان
  •  
    الرضا بوابة السعادة والطمأنينة (PDF)
    الدكتور أبو الحسن علي بن محمد المطري
  •  
    من الأخلاق الإسلامية (عزة النفس)
    أ. د. حسن بن محمد بن علي شبالة
  •  
    التأهيل القانوني لخريجي كليات الشريعة (PDF)
    د. عبدالعزيز بن سعد الدغيثر
  •  
    لطائف البيان في تفسير القرآن: تفسير جزئي يوسف ...
    أ. د. حسن بن محمد بن علي شبالة
  •  
    أحاديث: "سيأتي على الناس زمان..." (PDF)
    أبو جعفر عبدالغني
  •  
    أشهر الحج.. والمطر وخوف الضرر
    الدكتور علي بن عبدالعزيز الشبل
  •  
    مع سورة المطففين (WORD)
    د. خالد النجار
  •  
    من الأخلاق الإسلامية (القناعة)
    أ. د. حسن بن محمد بن علي شبالة
  •  
    الفرائض [5] شرح المنظومة الرحبية
    أبو عبدالرحمن أيمن إسماعيل
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

خطبة: لتسألن عن هذا النعيم يوم القيامة (نعم المآكل) - باللغة النيبالية

خطبة: لتسألن عن هذا النعيم يوم القيامة (نعم المآكل) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 12/4/2026 ميلادي - 24/10/1447 هجري

الزيارات: 2486

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

विषय:

न्यायको दिन तिमीलाई यो वरदानको बारेमा सोधिनेछ

(भोजनको वरदान)


प्रथम प्रवचन:

الحمد لله الغنيِ الخبير الصبور البصير الحليم القدير، نحمده حمداً كثيراً طيباً مباركاً فيه، ملء السموات وملء الأرض، ونحمده عدد ما خلق وملء ما خلق، وأشهد ألا إله إلا الله وحده لا شريك له له الملك وله الحمد وهو على كل شيء قدير، وأشهد أن محمداً عبده ورسوله، شكر ربه بالفعال وبالمقال صلى الله عليه وسلم وبارك وعلى آله وأصحابه.

 

प्रशंसा र प्रार्थना पछि!

म तपाईलाई र आफैँलाई पनि अल्लाहको भय राख्ने र यस्तो कार्यहरुको कोशिश गर्ने आदेश दिन्छु जसबाट हाम्रो हृदय र अंगहरूमा धार्मिकताको अभिव्यक्ति प्रख्यात हुन्छ।

﴿ يَاأَيُّهَا النَّاسُ اتَّقُوا رَبَّكُمْ وَاخْشَوْا يَوْمًا لَا يَجْزِي وَالِدٌ عَنْ وَلَدِهِ وَلَا مَوْلُودٌ هُوَ جَازٍ عَنْ وَالِدِهِ شَيْئًا إِنَّ وَعْدَ اللَّهِ حَقٌّ فَلَا تَغُرَّنَّكُمُ الْحَيَاةُ الدُّنْيَا وَلَا يَغُرَّنَّكُمْ بِاللَّهِ الْغَرُورُ ﴾ [لقمان: 33].

 

अनुवाद: हे मानव जाति ! आफ्ना पालनकर्ताको भय राख र त्यस दिनको भय गर जुन दिन कुनै पिताले आफ्नो पुत्रलाई कुनै प्रकारको लाभ पुर्याउन सक्ने छैन न पुत्र नै आफ्नो पिताको तर्फबाट कुनै बदला दिनेछ । निस्सन्देह अल्लाहको वचन नितान्त सत्य हो । अतः न यो सांसारिक जीवनले तिमीहरूलाई धोखामा पारोस् र न कुनै धोखेबाजले नै तिमीहरूलाई अल्लाहको सम्बन्धमा धोखा देओस् ।

 

आस्थावान दाजुभाइहरू !अल्लाहका संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) एक पटक राती वा दिनको समयमा बाहिर निस्कनुभयो र अबू बकर र उमर लाई देख्नुभयो र सोध्नुभयो कि यस समयमा तिमीलाई घरबाट कुन कारणले बाहिर ल्यायो ? उनले भने, हे अल्लाहका संदेश्टा ! भोकको कारणले। संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "उहाँको कसम जसको हातमा मेरो प्राण छ, म पनि त्यही कारणले बाहिर निस्केको छु।"जाऔं। त्यसपछि उनीसँगै गए, एक अन्सारीको ढोकामा पुगे, उनी घरमा थिएनन् । उनको श्रीमतीले संदेशवाहकलाई देखेपछि अभिवादन गरिन् । संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "फलानो (उसको श्रीमान ) कहाँ जानुभयो?" उनले भनिन् कि उनी हाम्रो लागि मीठो पानी लिन गएका छन्। जब त्यो अन्सारी व्यक्ति आउनुभयो, उहाँले अल्लाहका संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका दुई जना साथीहरूलाई देख्नु भयो। र भन्नुभयो, भगवानलाई धन्यवाद छ कि आज म जस्तो पाहुना कोही सँग छैन।त्यसपछि उहाँ जानुभयो र खजूरको गुच्छा ल्याउनु भयो जसमा गुड़, सुकेको र ताजा खजूर थियो। र त्यसबाट खान भन्नुभयो, त्यसपछि उहाँले चक्कु लिनु भयो। त्यतिबेला संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो दुधवाला बाख्रा न काट्नुहोस् । उहाँले एउटा बाख्रा काट्नु भयो र सबैले त्यसको मासु खाए र खजूर पनि खाए र पानी पिए ।

 

जब तिनीहरू खानपानबाट सन्तुष्ट भए, त्यसबेला अल्लाहका संदेशवाहक, (सल्लल्लाहु अलैहि वसल्लम) ले सैय्यदुना अबू बकर र उमरलाई भन्नुभयो: जसको हातमा मेरो जीवन छ, उहाँको कसम, पुनरुत्थानको दिन तिमीहरूलाई यस वरदानको बारेमा सोधिनेछ।किनकि तिमीहरू भोकको कारणले घर छोडेका थियौ र यो वरदान नपाएसम्म फर्केनौ।(त्यसैले यस अनुग्रहको बारेमा पक्कै पनि प्रश्न हुनेछ)। (मुस्लिम)

 

मलाई थाहा छैन ती के कुरामा छक्क परौं? सर्वश्रेष्ठ मानिस र उहाँका प्रिय साथीहरूको भोकमा वा एउटै खानामा तीन प्रकारका भोजनको रूपमा रहेको वरदानमा!


अल्लाह मदत गर्ने वाला हुनुहुन्छ...!अल्लाहको लागि, मलाई भन्नुहोस् कि तपाईको खानामा कति प्रकारका भोजनहरू हुन्छन्?

 

हे अल्लाह! हाम्रो अधिकारको बारे हाम्रो कमीलाई माफ गर्नुहोस् र हामीलाई तपाईंको वरदानहरुका लागि कृतज्ञ हुने अवसर दिनुहोस्।


आदरणीय जनसमुदाय !एउटा इलेक्ट्रोनिक पत्रिकामा दुखद समाचार छापिएको थियो, जसमा साउदी अरब खाद्य वस्तु बर्बाद गर्नेमा विश्वमा पहिलो नम्बरमा रहेको खबर छ! खाद्य फोहोर नियन्त्रण सम्बन्धी कार्यलयमा कृषि मन्त्रालयले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख भएअनुसार मुलुकमा खाद्यान्नको फोहोरको लागत वार्षिक ४९ अर्ब ८३३ करोड रियाल रहेको छ ।

 

अल्लाहका भक्तहरू! के यो तर्कसंगत छ कि हरमैनको भूमि, जहाँ आकाशवाणीको प्रकाश प्रकट भएको थियो, अपव्यय र वरदानको अनादरमा पहिलो नम्बरमा छ?

 

विलासिता र फूजुल खर्च गर्ने मानिसले आफ्ना पिता-पुर्खाको भोक कसरी बिर्सन सक्छ ? के उसलाई थाहा छैन कि यो देशमा यस्ता मानिसहरु पनि थिए जो मरेको गधा भेट्टाए पनि खुसी हुन्थे?


अझ, त्यसलाई सबैबाट लुकाएर राख्दथे। त्यसलाई लुछि लुछी र किराफट्यांग्राहरु झारी झारी पोलेर खाने गर्दथे। जसको जानकारी त्यसो गर्ने व्यक्तिको नातिले मलाई दिएको हो। त्यस नाती ले मलाई भनेको थियो कि उसकी हजुरआमा त्यतिबेला रोएकी थिइन् जब एकपल्ट टेबुलमा दहीको यस्तो कचौरा छोडिएको थियो जसमा अलिकती दही बचेको थियो। उनले रुँदै भोकको कथा सुनाईन अनि भनिन् कि उनले यस्तो मान्छे पनि देखेकी छन् जसले आफ्नी छोरीलाई विवाहको लागि अगाडि बढाइ रहेको थियो ताकि कसैले उसलाई पेट भरेर खुवाओस् भनेर। तर उसले कोही भेटाएन। र त्यस् केटीको केही दिन देहान्त भयो। अल्लाहले उसमाथि दया गरून्।

 

वरदानको अनादर गर्ने व्यक्तिलाई के थाहा छैन कि यो देशमा धेरै मानिसहरु यस्ता थिए जसले कयौं दिनसम्म खाना पाउँदैन थिए र कतिपय त भोकभोकै मरेका थिए?

 

अल्लाह का भक्तहरु! आशीर्वाद कायम राख्ने तरिका यो हो कि यसको लागि (अल्लाहप्रति) कृतज्ञ हुनु हो।

﴿ وَإِذْ تَأَذَّنَ رَبُّكُمْ لَئِنْ شَكَرْتُمْ لَأَزِيدَنَّكُمْ وَلَئِنْ كَفَرْتُمْ إِنَّ عَذَابِي لَشَدِيدٌ ﴾ [إبراهيم: 7].

 

अनुवाद: र, स्मरण गर जब तिम्रा पालनकर्ताले तिमीहरूलाई सावधान गरे कि यदि तिमीहरू कृतज्ञ रहन्छौ भने म तिमीहरूलाई अझ बढी कृपापात्र बनाउनेछु तर कृतघ्न भएमा वास्तवमा मेरो यातना कठोर छ ।

 

हामीले आफ्नो हृदयमा अल्लाहको वरदानहरूलाई महसुस गर्नुपर्छ। हाम्रो जिब्रोबाट अल्लाहको प्रशस्त प्रशंसा गर्नुपर्छ। र प्रायः अल्लाहलाई खुशी पार्ने कामहरू गर्नुपर्छ र उहाँलाई असन्तुष्ट पार्ने कार्यहरूबाट टाढा रहनुपर्छ। कृतज्ञता यी चार कार्यहरू मार्फत आउँछ:

﴿ يَاأَيُّهَا الَّذِينَ آمَنُوا كُلُوا مِنْ طَيِّبَاتِ مَا رَزَقْنَاكُمْ وَاشْكُرُوا لِلَّهِ إِنْ كُنْتُمْ إِيَّاهُ تَعْبُدُونَ ﴾ [البقرة: 172].


अनुवाद: हे आस्थावानहरू हो ! हामीले प्रदान गरेका पवित्र खानेकुराहरू खाऊ । र, तिमीहरू अल्लाह कै उपासना गर्छौ भने उनीप्रति नै कृतज्ञ होऊ ।


अल्लाह ले अझै भन्नु हुन्छ:

﴿ يَاأَيُّهَا النَّاسُ كُلُوا مِمَّا فِي الْأَرْضِ حَلَالًا طَيِّبًا وَلَا تَتَّبِعُوا خُطُوَاتِ الشَّيْطَانِ إِنَّهُ لَكُمْ عَدُوٌّ مُبِينٌ * إِنَّمَا يَأْمُرُكُمْ بِالسُّوءِ وَالْفَحْشَاءِ وَأَنْ تَقُولُوا عَلَى اللَّهِ مَا لَا تَعْلَمُونَ ﴾ [البقرة: 168، 169].

 

अनुवाद:हे मानव ! धर्तीमा रहेका वैध (हलाल) एवं पवित्र वस्तुहरूमध्येबाट खाऊ र शैतानका पद्चिन्हहरूको अनुसरण नगर। निस्सन्देह त्यो तिम्रो खुल्लम—खुल्ला शत्रु हो। उसले तिमीहरूलाई केवल पाप र अश्लील कार्यहरू गर्न र अल्लाहको बारेमा तिमीहरूलाई ज्ञान नै नभएका कुराहरू भन्न लगाउँछ ।


सर्वशक्तमान अल्लाहले भन्नु भएको छ:

﴿ كُلُوا مِمَّا رَزَقَكُمُ اللَّهُ وَلَا تَتَّبِعُوا خُطُوَاتِ الشَّيْطَانِ إِنَّهُ لَكُمْ عَدُوٌّ مُبِينٌ ﴾ [الأنعام: 142].


अनुवाद: अल्लाहले प्रदान गरेका खाद्य सामग्रीहरूमध्येबाट खाऊ । तर शैतानका पदचिन्हहरूको अनुसरण नगर । निश्चय नै त्यो तिमीहरूको खुल्लम–खुल्ला शत्रु हो ।


अल्लाह सर्वशक्तिमानले आफ्नो जीविका ग्रहण गर्न र शैतानको मार्गबाट बच्न आदेश दिएका छन् र यी तरिकाहरूमा फुजुल खर्च छ।


हाम्रो देश खाद्यान्नको बर्बादीमा पहिलो नम्बरमा हुनु दुःखद र डरलाग्दो छ। किनभने यो वरदानको अनादर हो जसको कारणले वरदान हराउँछ:

﴿ وَضَرَبَ اللَّهُ مَثَلًا قَرْيَةً كَانَتْ آمِنَةً مُطْمَئِنَّةً يَأْتِيهَا رِزْقُهَا رَغَدًا مِنْ كُلِّ مَكَانٍ فَكَفَرَتْ بِأَنْعُمِ اللَّهِ فَأَذَاقَهَا اللَّهُ لِبَاسَ الْجُوعِ وَالْخَوْفِ بِمَا كَانُوا يَصْنَعُونَ ﴾ [النحل: 112].


अनुवाद: अनि, अल्लाह यस्तो नगरको उदाहरण प्रस्तुत गर्छन् जसलाई शान्ति तथा सन्तुष्टि प्राप्त थियो र प्रत्येक दिशाबाट त्यसको खाद्यान्न सामग्री प्रशस्त मात्रामा आइरहेको थियो तर त्यसले अल्लाहको वरदानप्रति कृतघ्नता देखायो । अतः अल्लाहले त्यसलाई त्यसको कुकर्मले गर्दा भोक र त्रासको स्वाद चखाए ।


साथै अल्लाहले कृतज्ञता प्रकट गर्ने आदेश दिनुभएको छ र फुलुल खर्च गर्नबाट निषेध गर्नु भएको छ।

﴿ كُلُوا مِنْ ثَمَرِهِ إِذَا أَثْمَرَ وَآتُوا حَقَّهُ يَوْمَ حَصَادِهِ وَلَا تُسْرِفُوا إِنَّهُ لَا يُحِبُّ الْمُسْرِفِينَ ﴾ [الأنعام: 141].

 

अनुवाद: जब ती फल्छन् तब तिमीहरू त्यसको फल खाऊ र काट्ने दिन उनको अंश (जकात) चुक्ता गर, अनि अपब्यय नगर । निस्सन्देह अल्लाह अपब्यय गर्नेहरूलाई मन पराउँदैनन् ।


थप भन्नु भएको छ:

﴿ وَكُلُوا وَاشْرَبُوا وَلَا تُسْرِفُوا إِنَّهُ لَا يُحِبُّ الْمُسْرِفِينَ ﴾ [الأعراف: 31].


अनुवाद: र, खानपीन गर तर अपव्यय नगर, किनभने उनी अपव्ययीहरूलाई मन पराउँदैनन् ।

 

हाम्रो देशको सम्बन्धमा यो समाचार फैलनु जानीजानी वा अनजानमा इस्लामको बदनामको कारण पनि हो। किनभने सामाजिक सञ्जालमा समाचार सार्वजनिक भइसकेको छ।


र हाम्रो देशमा मुस्लिमहरूको किब्ला छ जस तर्फ उनीहरू दिनमा कम्तिमा पाँच पटक घुमेर नमाज पढ्ने गर्छन्। यस देशमा ती पवित्र स्थानहरू पनि छन् जहाँ मुस्लिमहरू हज गर्न संसारभरबाट आउँछन्। आफै सोच्नुहोस्, त्यो इस्लामको बारेमा विश्वमा कस्तो छाप होला जसको प्रतिनिधित्व बिलाद अलहरमैनले गर्दै आएको छ जुन खाद्यान्नको बर्बादीमा पहिलो स्थानमा रहेको छ?


(हामी अल्लाह कै हौं र उनैतर्फ फर्केर जानेछौं ।)


हे कृपालु(अल्लाह!) आफ्नो क्षमाले हामीलाई माफ गर्नुहोस्। हे मद्दत गर्नेवाला, हे अति कदर गर्नेवाला! तपाईको कृपाले हामीलाई आशीर्वाद दिनुहोस्। तपाईंहरू सबैले अल्लाहसँग क्षमा माग्नुपर्छ। निश्चय नै उहाँ क्षमाशील हुनुहुन्छ ।

 

दोस्रो प्रवचन:

सम्पूर्ण प्रशंसाहरु अल्लाहकै लागि हुन्.....

प्रशंसा र प्रार्थना पछि:

 

आदरणीय जनसमुदाय! व्यक्तिगत र पारिवारिक चेतना यो मनोवृत्तिलाई सच्याउनको लागि पहिलो उपाय हो। त्यसैले अभिभावकहरूले आफ्ना छोराछोरी र शिक्षकहरूले आफ्ना विद्यार्थीहरूमा यो चेतना जगाउनुपर्छ र त्यसरी नै सबै जिम्मेवार व्यक्तिहरूले आफ्ना मातहतकाहरूमा यो चेतना जगाउनु पर्छ। समाजमा जनचेतना फैलाउन र प्रवर्द्धन गर्न सामाजिक सञ्जालमा लोकप्रिय व्यक्तित्वहरु र लेखकहरूको ठूलो भूमिका हुन्छ। उदाहरणका लागि, यस्तो विचार फैलाइयोस् कि बचेको सफा खानेकुरालाई राम्ररी जोगाएर राख्नुपर्छ र दानको रूपमा दिनुपर्छ। यो विचारलाई व्यवहारमा उतार्ने हो भने ठूलो असर पर्छ ।


दु:खको कुरा त के छ भने अनावश्यक खर्च र त्यसको खराब ब्यवस्थापन केही उदाहरणीय व्यक्तिहरुबाट पनि हुने गरेको छ । चेतना जगाउने हो भने: घरपरिवारले आफूलाई चाहिने जति खानेकुरा मात्र पकाउने छन र केही बाँकी रह्यो भने त्यसलाई जोगाएर पछि खाने छन वा अरू कसैलाई खुवाउनेछन्। चेतना बढ्यो भने मानिसले आफूलाई चाहिने जति मात्र खाना होटेलबाट अर्डर गर्छ।


र यस्तो हुने छैन जुन हामी देख्छौं कि प्लेटहरूमा खाना बाँकी हुन्छ र त्यसलाई फ्याँकिन्छ।

 

चेतनाको एउटा विधि यो पनि हो: बाँकी रहेको सफा खानालाई चाहे हामी होटलमा भए पनि वा बगैँचामा भए पनि पार्सल प्याकेटमा प्याक गर्नुपर्छ। पार्सल प्याकेटहरू पनि सबै आकारहरूमा उपलब्ध छन्। अल्हम्दुलिल्लाह। खानालाई डस्टबिनमा फाल्नु भन्दा राम्रो गाईबस्तु लाईखुवाउनु हो। अझ गाईवस्तुलाई खाना खुवाउनु भन्दा धेरै राम्रो भोको मान्छेलाई खाना खुवाउनु हो। घर, होटल, विद्यालयमा बाँड्न नसकिने खानेकुरा चराचुरुङ्गी र गाईवस्तुलाई पनि दिनु उचित हुन्छ ।

 

यो होटेल-सञ्चालकहरूलाई मेरो सल्लाह छ, र यो तिनीहरूको लागि उपयुक्त हुन सक्छ: यो देखिएको छ कि फुल-प्लेट खाना(जस्तै यो शब्द सामान्यतया प्रयोग गरिन्छ) एक व्यक्तिको लागि पर्याप्त भन्दा बढी हुन्छ। र एउटा व्यक्तिले धेरै जसो त्यसको आधा पनि खान सक्दैन। होटेल व्यवसायीले एकजनाको लागि दुई तौलको खाना बनाउनु पर्ने सुझाव छ। कम तौलको खानाको मूल्य कम होस् त्यसैगरी बढी तौलको मूल्य बढी होस।


व्यापारी र खाद्य तथा पेय पदार्थ कम्पनीका मालिकहरूलाई कम मूल्यमा सानो मात्राका बोतल उत्पादन गर्न सल्लाह दिइन्छ। आधा रियालमा दही नपाउनुको कारण के हो? र लस्सी आदिको अवस्था पनि त्यस्तै छ। किन आधा मुल्यमा सानो आकारमा रोटी तथा पाउरोटी पाइँदैन?

 

यो अल्लाहको आशीर्वाद हो कि शहरहरूमा वरदानको संरक्षणको परियोजनाहरू सामान्य हुन्छन्, ताकि भेलाहरूमा र विशेष गरी ठूला जमघटहरूमा छोडिने खाना खाँचोमा परेकाहरूलाई वितरण गर्न सकियोस्।


आस्थावान दाजुभाइहरू! जब पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम)ले टेबुलमा खसेको खानालाई त सफा गरेर खाने आदेश सहिह हदीसमा दिनुभएको भने सफा खानेकुराको बारेमा तपाई के सोच्नुहुन्छ ?!

 

एउटा हदीस छ जसमा भनिएको छ: "जब तपाईं मध्ये कसैबाट खानेकुराको टुक्रा खस्छ, उसले त्यसलाई सफा गरेर खाओस् र शैतानको लागि नछोडोस्, र खाएपछि उसले आफ्नो औंलाहरू चाटोस्" (मुस्लिम)।

 

हदीस वर्णन गर्ने व्यक्ति हजरत अनस (र) भन्नुहुन्छ कि "उहाँले (सल्लल्लाहु अलैहि वसल्लम) हामीलाई कचौरा सफा गरेर खाने आदेश दिनुभयो। "अर्थात एकदमै राम्ररी सफा गरेर र बचेको खानालाई पोछेर खाने आदेश दिनुभयो।

﴿ كُلُوا مِنْ طَيِّبَاتِ مَا رَزَقْنَاكُمْ وَلَا تَطْغَوْا فِيهِ فَيَحِلَّ عَلَيْكُمْ غَضَبِي وَمَنْ يَحْلِلْ عَلَيْهِ غَضَبِي فَقَدْ هَوَى ﴾ [طه: 81].


अनुवाद: हामीले प्रदान गरेका शुद्ध खाद्यान्न खाऊ र त्यसमा सीमा उल्लङ्घन नगर। अन्यथा तिमीहरूमाथि मेरो प्रकोप अवतरित हुनेछ। र, जसमाथि मेरो प्रकोप अवतरित हुन्छ त्यो व्यक्तिको विनाश हुन जान्छ।

 

आशीर्वाद प्रति कम से कम जिम्मेवारी यो हो कि यसलाई चराचुरुङ्गी र जनावरहरूमा छोड्नु हो, नत्र अल्लाहले हामीलाई समात्नेछन।

 

उहाँमाथि आशीर्वाद र शान्तिको प्रार्थना गरि राख्नुहोस्।

 

आशीर्वाद र शान्ति उहाँमाथि रहोस्।


صلى الله عليه وسلم.

लेखक:

प्रख्यात शेख हुसाम बिन अब्दुल अजीज अल-जिब्रीन

अनुवादक:

मुहम्मद सुलैमान बिन रमजान अली

 

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • لتسألن عن هذا النعيم يوم القيامة
  • لتسألن عن هذا النعيم يوم القيامة (باللغة الأردية)
  • خطبة: لتسألن عن هذا النعيم يوم القيامة (نعم المآكل) - باللغة الإندونيسية
  • لتسألن عن هذا النعيم يوم القيامة (نعم المآكل) - باللغة البنغالية

مختارات من الشبكة

  • دور وسائل الاتصال في نشر خير الخصال (خطبة)(مقالة - آفاق الشريعة)
  • نعم الله تعالى علينا في هذا العيد (خطبة)(مقالة - موقع د. صغير بن محمد الصغير)
  • يوم الفرقان، غزوة بدر الكبرى (خطبة)(مقالة - آفاق الشريعة)
  • يوم الفرقان ونصر الله أهل الإيمان (خطبة)(مقالة - آفاق الشريعة)
  • إطلالة على مشارف السبع المثاني (4) {مالك يوم الدين} (خطبة)(مقالة - آفاق الشريعة)
  • أمنيات في يوم الحسرات (خطبة)(مقالة - آفاق الشريعة)
  • الآمنون يوم الفزع الأكبر (خطبة)(مقالة - آفاق الشريعة)
  • من نعم الابتلاء بالمرض (خطبة)(مقالة - موقع د. صغير بن محمد الصغير)
  • من فضل الله على العباد، هدايتهم، للفوز يوم المعاد (خطبة)(مقالة - آفاق الشريعة)
  • يوم الحسرة (خطبة)(مقالة - موقع الشيخ إبراهيم بن محمد الحقيل)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • وضع حجر أساس مسجد جديد في غاليتشيتشي
  • تعديلات جديدة تمهد للموافقة على بناء مركز إسلامي في ستوفيل
  • ندوة شاملة لإعداد حجاج ألبانيا تجمع بين التنظيم والتأهيل
  • اختتام الدورة السابعة عشرة من "مدرسة اليوم الواحد" لتعليم أصول الإسلام في تتارستان
  • الذكاء الاصطناعي وتعليم اللغة العربية محور نقاش أكاديمي في قازان
  • استعدادا لموسم الحج... محاضرات تأهيلية للحجاج في موسكو
  • دورة تدريبية لتعزيز مهارات البحث بالمؤسسات الدينية في بلقاريا
  • برنامج الإرشاد والتوجيه الإيماني يختتم دورته الأولى بنجاح في بلغاريا

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 16/11/1447هـ - الساعة: 15:27
أضف محرك بحث الألوكة إلى متصفح الويب