• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | المكتبة المرئية   المكتبة المقروءة   المكتبة السمعية   مكتبة التصميمات   المكتبة الناطقة   كتب د. سعد الحميد   كتب د. خالد الجريسي  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    تذكر الموت زاد الحياء
    عبدالله بن إبراهيم الحضريتي
  •  
    الفرائض [2] شرح المنظومة الرحبية
    أبو عبدالرحمن أيمن إسماعيل
  •  
    أوجه الاستعاذة والبسملة عند الإمام ورش من طريق ...
    يمينة عبدالي
  •  
    ميزان النظر: كشف الجامع المنهجي بين الفرق ...
    كريم طلعت
  •  
    نشر البنود على مراقي السعود للشيخ عبد الله بن ...
    فايز بن هملان العزيزي
  •  
    آداب السلام (WORD)
    الشيخ ندا أبو أحمد
  •  
    المختصر في شرح المنيرة في مهم علم السيرة (PDF)
    رانية بنت حسين عباس
  •  
    إغاثة اللهفان إلى رموز الوقف في القرآن (PDF)
    محمود محمد محمود مرسي
  •  
    خطبة " العام الجديد والتغيير المنشود "
    الشيخ عبدالله محمد الطوالة
  •  
    الفراسة في ضوء الشريعة الإسلامية (PDF)
    عماد أحمد عبدالعظيم
  •  
    قاعدة الخراج بالضمان - دراسة تأصيلية (PDF)
    سلمان بن إبراهيم بن حمد العثمان
  •  
    حسن الذكرى في شرح الوصية الصغرى لشيخ الإسلام ابن ...
    عبدالله بن عبده نعمان العواضي
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

من مشكاة النبوة (1) "يا معاذ بن جبل" (خطبة) - باللغة النيبالية

من مشكاة النبوة (1) يا معاذ بن جبل (خطبة) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 29/9/2024 ميلادي - 25/3/1446 هجري

الزيارات: 2633

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

موضوع الخطبة: من مشكاة النبوة (1)


शीर्षक:

नबवी [ईश्दूत को] प्रकाश [१]

प्रथम प्रवचन:

الحمد لله شرع الشرائع وما جعل علينا في الدين من حرج، وأشهد أن لا إله إلا الله وحده لا شريك له، قامت على وحدانيته البراهين والحجج، وأشهد أن نبينا محمدًا عبد الله ورسوله المفدى بالقلوب والمهج، صلى الله وسلم وبارك عليه وعلى آله وأصحابه والتابعين ومن تبعهم بإحسان إلى يوم الدين.


प्रशंसा र प्रर्थना पछि!

म तपाईंहरु सबैलाई अल्लाहको डर [ईशभय] राख्ने आग्रह गर्दछु, ताकि हाम्रा हृदयहरू शुद्ध हुन सकून्, तिनीहरू सन्तुष्ट हुन सकून् र परम दयालु प्रभुको अनुमतिले तिनीहरू अनन्त सुख प्राप्त गर्न सकून र पीडादायी सजायबाट बचाउन सकून्:

﴿ يَا أَيُّهَا الَّذِينَ آمَنُوا قُوا أَنفُسَكُمْ وَأَهْلِيكُمْ نَارًا وَقُودُهَا النَّاسُ وَالْحِجَارَةُ عَلَيْهَا مَلَائِكَةٌ غِلَاظٌ شِدَادٌ لَا يَعْصُونَ اللَّهَ مَا أَمَرَهُمْ وَيَفْعَلُونَ مَا يُؤْمَرُونَ ﴾ [التحريم: 6].

 

अनुवाद: हे आस्थावानहरू हो ! बचाऊ स्वयंलाई र आफ्ना परिवारलाई नरकको आगोबाट जसको ईन्धन मानव एवं ढुङ्गा हुनेछन्, जसमाथि कठोर, प्रबल फरिश्ताहरू नियुक्त छन् जो अल्लाहले जे आदेश दिएका छन् त्यसको अवज्ञा गर्दैनन् र जे आदेश उनीहरूलाई दिइन्छ त्यसको पालना गर्छन् ।


एकजना युवकले अकबा नामक स्थानमा अल्लाहका मेसेन्जरको हातमा वफादारीको प्रतिज्ञा गरे [सपथ ग्रहण हरे] । त्यसपछि उनी आस्थाको ज्योति, सचेत दिमाग र उज्यालो मन लिएर अल्लाहका मेसेन्जरको साथमा बसे । उनले कुरान कण्ठस्थ गरे, न्यायशास्त्र [फिकह] को ज्ञान हासिल गरे क्रमश यस उम्मतको हलाल र हरामको सबैभन्दा जानकार व्यक्ति बन्न पुगे । अल्लाहका रसूल ﷺ सँगको लगाव र प्रेम यस्तो थियो कि जसको कसम स्वयं रसूलुल्लाह ﷺ ले खानु भयो । अल्लाहका रसूलको यस्तो निगरानी प्राप्त भयो जुन घनिष्ठता र विशिष्टताले भरिपूर्ण थियो ... त्यो युवक मुआज बिन जबल (रदि अल्लाहु अन्हु) को व्यक्तित्व थियो ... म उसको घटनालाई तपाइँको अगाडि प्रस्तुत गर्न जाँदैछु ।


उहाँले भन्नुभयो: "म अल्लाहको रसूलको पछाडि (सवारीमा) सवार थिएँ । उहाँ र मेरो बीचमा काजावको पछाडिको काठको ठाउँ जति बाहेक अरू केही थिएन ।" (त्यस अवसरमा) उहाँले भन्नुभयो, “हे मुआज बिन जबल”! मैले भने, “म हाजिर छु, अल्लाहका रसूल”! (त्यसपछि) उहाँ एक छिनसम्म हिँडिरहनुभयो, त्यसपछि उहाँले भन्नुभयो, “हे मुआज बिन जबल!” : मैले भने, , “म हाजिर छु, अल्लाहका रसूल”! उहाँले भन्नुभयो, “के तिमीलाई थाहा छ अल्लाहको अधिकार मानिसहरुमाथी के हो?” मैले भने, “अल्लाह र उनका रसूल बढी जानकार छन्”


उहाँले भन्नुभयो, “मानिसहरुमाथी अल्लाह सर्वशक्तिमानको अधिकार भनेको उहाँको उपासना गर्नु र उहाँसँग कसैलाई साझेदार नगर्नु हो” फेरी केही बेर हिँडेपछि उहाँले भन्नुभयो, “हे मुआज बिन जबल! मैले भने, “म हाजिर छु अल्लाहको रसूल” उहाँले भन्नुभयो, “तिमीलाई थाहा छ जब सेवक मानिसहरूले अल्लाहप्रतिको कर्तव्य पूरा गर्छन, तब अल्लाहको हक के हो?” मैले भने, “अल्लाह र उनका रसूल मात्र राम्ररी जान्दछन्”। उहाँले भन्नुभयो, “अल्लाहको हक तिनीहरूलाई दण्ड नदिनु हो ।"


अर्को सहिह हदीसमा भनिएको छ, मैले भने, “हे अल्लाहका रसूल! के म मानिसहरूलाई यो सुसमाचार सुनाइदिउँ? उहाँले ﷺ भन्नुभयो: "यसको शुभ समाचार मानिसहरूलाई नदेऊ, अन्यथा तिनीहरू (रिक्त) भरोसामा बस्नेछन् ।"


महोदय! एक क्षणको लागि यो हदीसबारे छलफल गरौँ

पहिलो कुरा हो अल्लाह सर्वशक्तिमानको तौहीद । तौहीद सबै उपासनाको आधार हो र सबैभन्दा ठूलो आज्ञाकारिता हो । त्यसैगरी, यसमा शिर्कको गम्भीरतालाई पनि उल्लेख गरिएको छ, चाहे त्यो सानो शिर्क होस् वा ठूलो शिर्क । “मानिसहरुमाथी अल्लाह सर्वशक्तिमानको अधिकार भनेको उहाँको उपासना गर्नु र उहाँसँग कसैलाई साझेदार नगर्नु हो "। यही कारण हो कि पैगम्बरलाई आफ्नो उम्मतमा जुन कुराको सबैभन्दा ठूलो डर र चिन्ता थियो, त्यो शिर्क-ए-खफी हो [अर्थात देखावटिका गरिने उपासना] । यो हदीसमा भनिएको छ कि: सबैभन्दा डरलाग्दो कुरा हो: शिर्क-ए-अस्गर । यसको बारेमा सोधियो, उहाँले भन्नुभयो: देखावटी


[यस हदिसलाई इब्ने-बाज़ ले सहि भनेका छन् र अल्बानीले भनेका कि यसको सनद ‘जय्यिद’ छ]


दोस्रो कुरा: मानिसहरूमाथि अल्लाहको दया र उहाँको नम्रता र करुणा किनकि सबैभन्दा ठूलो उपासना जसद्वारा अल्लाहको नजिक पुग्न सकिन्छ बैभवशाली मानिसहरुका लागी सहज बनाएइको छ चाहे जति सुकै सानो किन नहोस् वा ठूलो होस्, बलियो होस् वा कमजोर होस्, धनी होस् वा गरिब होस्, हरेक मानिसले [अल्लाह को उपासना] गर्न सक्छ ।


तेस्रो: अगमवक्ता मुहम्मद ﷺको शिक्षण गर्ने र ध्यानकर्षण गराउने कौशल । मुआज़् [रज़िअल्लाहु अन्हु] लाई उहाँको तर्फबाट विशेष ध्यान र निकटता प्राप्त थियो 'उनी अल्लाहका रसूलसँग एक्लै थिए' तैपनि उहाँले उहाँ मुआज़लाई तिनको र तिनको बुबाको नामले बोलाउनुहुन्थ्यो' र जब मुआज़्ले उहाँको पुकारलाई जवाफ दिँदै भन्थे कि मा हाजिर छु, र त्यसबखत उहाँ मौन रहनु भएको थियो, हाम्रो अनुमान छ कि तीन पटक पुकार्द उनी मौन भए र मौनताका ती पलहरूमा मुआज़को दिमाग उत्सुकताका साथ् चरैतिर घुमेको हुनुपर्छ ! किनभने यो पुकार उत्सुकता जगाई ध्यानकेन्द्रित गर्ने किसिमको थियो ! मुआज़को मन एकदमै सजग अवस्थामा भए पनि, उहाँले दिन चाहेको शिक्षा भने प्रश्नको रूपमा आयो: "के तिमीलाई थाहा छ अल्लाहको अधिकार उहाँका सेवकहरूमा के हो?" मुआज़्ले भने कि “अल्लाह र उनका रसूल बढी जानकार छन्”


उहाँले भन्नुभयो, “मानिसहरुमाथी अल्लाह सर्वशक्तिमानको अधिकार भनेको उहाँको उपासना गर्नु र उहाँसँग कसैलाई साझेदार नगर्नु हो”


चौथो बुँदा: मुआज़् [रज़िअल्लाहु अन्हु] बीस वर्षको प्रारम्भमा मात्र थिए, तैपनि उहाँले यस्तो अनौठो ज्ञान सिकाउन तिनलाई छनोट गर्नुभयो, र उहाँले मानिसहरूलाई यसको बारेमा जानकारी गराउन तिनलाई अनुमति दिनुभएन यसकारण कि अरु व्यक्तिहरूले पनि मुआज़् जसरी बुझ्न सक्षम नहुन सक्ने आशंका थियो । यसले के थाहा दिन्छ भने प्रत्येक विद्यार्थीलाई उसको बुझाई, बौदिकता, र आवश्यकता अनुसारको ज्ञान सिकाउनुपर्छ ।


पाँचौं बुँदाः हजरत मुआज़् [रज़िअल्लाहु अन्हु] को धर्मपरायणता र इमान्दारिता थियो कि उनले आफ्नो मृत्युको समयमा यसको खबर ज्ञान लुकाउने पाप आफ्नो शिरमा नआओस् भन्ने डरले दिनुभयो । यस हदीसका बयानकर्ता भन्छन् कि : "तब हजरत मुआद (उनको मृत्युको नजिक) उहाँले यो हदीस मानिसहरूबाट ज्ञान लुकाउने पापबाट बच्नको लागि सुनाउनुभयो” ।


अल्लाह हजरत मुआज़् [रज़िअल्लाहु अन्हु] लगायत पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) का सबै साथीहरु संग प्रसन्न होउन र उहाँ संग सँगै हामीबाट पनि प्रसन्न होउन । निस्सन्देह अल्लाह अत्यन्त उदार र अपार दयालु हुनुहुन्छ । अल्लाहसँग आफ्नो पापहरुबाट माफी माँग्नुहोस् । निश्चय नै उहाँ सबैभन्दा क्षमाशील हुनुहुन्छ । अतः सम्पूर्ण प्रशंसा अल्लाहकै लागी हुन्...

 

दोस्रो प्रवचन:

الحمد لله وكفى، وسلام على عباده الذين اصطفى.

 

प्रशंसा र प्रार्थना पछि:

छैटौं बिन्दु: हजरत मुआज़् [रज़िअल्लाहु अन्हु] जसलाई पैगम्बरले यो महान खबर दिएका थिए, उहाँ उपासना र प्रार्थनामा नियमितताको लागि प्रसिद्ध हुनुहुन्थ्यो । यो प्रसङ्ग उहाँसँग सम्बन्धित छ कि उहाँले आफ्नो मृत्युको समयमा भन्नुभयो: "हे अल्लाह म हजुरसँग डराई राख्थें, तर आज म हजुरसँग आशा गर्छु, हे अल्लाह! हजुरलाई थाहा छ मैले यो संसार र यसको लामो जीवनलाई खोलाहरू बगाउन र रूखहरू रोप्ने कार्यका लागी चाहना गरेन बरु दिउसोको प्रचण्ड गर्मीको समयमा तिर्खाएको अवस्थामा मिहिनेत गर्नु र ज़िक्र्को बैठकमा आलिमहरु [विद्वानहरूको] संगतको कारण (म यो संसार र यसको जीवनलाई माया गर्थे)।


तसर्थ, पैगम्बरको सुसमाचार जसको बारे उहाँले हजरत मुआज़् [रज़िअल्लाहु अन्हु] लाई मात्र अवगत गराउनुभयो, यसबाट उहाँ त्यहि कुरामा मात्र भरोसा गरेर बस्नु भयो र उपासनाका कर्महरू गर्न छोड्नुभयो र पाप र कुकर्म गर्न थाल्नुभयो भनेर बुझ्नु हुँदैन, बरु यो शुभ समाचारबाट उहाँले फिक्ह र यसको मर्मको बुझाई हासिल गर्नुभयो जसले उहाँलाई थप उपासना [आज्ञापालन], रातको लामो जागरण र तातो गर्मीका दिनहरूमा उपवासको आनन्दको चाहना जगायो ।


सातौं कुरा: जब हजरत मुआज़् [रज़िअल्लाहु अन्हु] ले आफ्नो अन्तिम सास लिइरहेका थिए, तब पनि उहाँले अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट लिएको आफ्नो जिम्मेवारी बिर्सनुभएन, जुन दावत [इस्लाम प्रतिको निमन्त्रणा] र शिक्षाको जिम्मेवारी हो ! तपाईंले स्मरण गर्न सक्नुहुन्छ कि अल्लाहका पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) स्वयं आफैंले उहाँलाई यस मिशनको लागि चुन्नुभएको थियो जब उहाँले यमनका मानिसहरूलाई एक प्रचारकको रूपमा पठाउँदा बखत भन्नुभएको थियो, "तिमी [ईश्वरीय/ अवतरित] किताबको बारेमा ज्ञानी मानिसहरूकहाँ जाँदैछौ, त्यसैले तिमीले सबैभन्दा पहिले तिनीहरूलाई यो गवाही दिन आमन्त्रित गर कि अल्लाह बाहेक कोही ईश्वर छैनन् र म अल्लाहको रसूल हुँ ..." हदीस (मुस्लिम)


अन्तिम कुरा: हाम्रा पैगम्बरﷺ गधामा सवारी गर्नुहुन्थ्यो र त्यसमा उहाँले एक अन्सारी अनुयायीलाई पनि चढाउनुभएको थियो, जसले नम्रताको उच्चतम दृश्य प्रस्तुत गर्दछ । निश्चय नै उहाँ अल्लाहका रसूल/ पैगम्बर थिए जसलाई अल्लाहले कुनै राजा नबनाई एक भक्त र सेवकको रूपमा पैगम्बर बनाई छनौट गर्नुभएको थियो ।

صلّى عليك الله يا رمز الهدى
ما لحظة مرّت مدى الأيام

 

ए हाम्रा मार्गदर्शक ! जबसम्म यो संसार रहन्छ अल्लाहले तपाईंमाथि आशीर्वाद र शान्ति बर्साउदै गरुन ।


(सल्लल्लाहु अलैहि वसल्लम).






حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • من مشكاة النبوة (1) "يا معاذ بن جبل" (خطبة) باللغة الإندونيسية
  • الدنيا بين الزاد والزهد (خطبة) - باللغة النيبالية
  • ضرورة طلب الهداية من الله (خطبة)- باللغة النيبالية

مختارات من الشبكة

  • من مشكاة النبوة في المال والاقتصاد (2) (الزيادة على أصل القرض)(مقالة - ثقافة ومعرفة)
  • من مشكاة النبوة في المال والاقتصاد (1)(مقالة - ثقافة ومعرفة)
  • سنن المطر في مشكاة النبوة (PDF)(كتاب - مكتبة الألوكة)
  • تعظيم قدر الصلاة في مشكاة النبوة - بلغة الإشارة (PDF)(كتاب - مكتبة الألوكة)
  • الأربعون في التوحيد من صحيحي البخاري ومسلم (PDF)(كتاب - مكتبة الألوكة)
  • من مشكاة النبوة (5) "يا أم خالد هذا سنا" (خطبة) - باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • زجاجة المصابيح في الفقه الحنفي لعبد الله بن مظفر حسين الحيدر آبادي(مقالة - ثقافة ومعرفة)
  • من الدلائل العقلية على صدق النبي صلى الله عليه وسلم (10)(مقالة - آفاق الشريعة)
  • مخطوطة المنتقى من دلائل النبوة(مخطوط - مكتبة الألوكة)
  • من قضاء نبي الله سليمان وميراث النبوة دروس وعبر (PDF)(كتاب - مكتبة الألوكة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • مسلمو تتارستان يطلقون حملة تبرعات لدعم ضحايا فيضانات داغستان
  • برنامج شبابي في تزولا وأوراسيي يدمج التعليم بالتكنولوجيا الحديثة
  • النسخة الثالثة عشرة من مسابقة "نور المعرفة" في تتارستان
  • موستار وبانيا لوكا تستضيفان مسابقتين في التربية الإسلامية بمشاركة طلاب مسلمين
  • بعد 9 سنوات من البناء افتتاح مسجد جديد بمدينة شومن
  • قازان تحتضن منافسات قرآنية للفتيات في أربع فئات
  • خبراء يناقشون معايير تطوير جودة التعليم الإسلامي في ندوة بموسكو
  • مسابقة قرآنية لاكتشاف حافظات القرآن في تتارستان

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 21/10/1447هـ - الساعة: 23:1
أضف محرك بحث الألوكة إلى متصفح الويب